Butwal Today

विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग

२ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २ माघ ।

संघीय संसदका विपक्षी ६ दलहरू एकजुट भएका छन्।

आज बसेको विपक्षी दलको संयुक्त बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिए।