ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ?

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

नवलपरासी, ०२ माघ ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ मा पर्ने एतिहासिक नन्दन ताल र प्राचीन नन्दन नगरसँग जोडेर विकासका अवधारणा अगाडी सार्न गाउँपालिका अग्रसर देखिएको छ । गाउँपालिकाले जिल्लास्थित सरोकारवालाहरूसँग वृहत छलफल गरि तालको ऐतिहासिकता र नगरको प्राचिनता प्रवद्र्धन र स्थापित गर्दै एक पर्यटकिय गन्तब्यको रूपमा विकास गर्न कस्सिएको छ ।
बेला बेलामा यस्ता छलफल हुने तर बीचमै सेलाउने अवस्था पनि नआएको होईन्,अतिक्रमणमा रहेको ताल खाली गराई त्यसलाई ब्यवस्थापन गर्नका लागि एक साहसिक कदम चाल्न आवश्यक रहेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताउँछन् । यसका लागि राजनीतिक इच्छा शतिm नै प्रमुख कुरा हो, उनले भने,सार्वजनिक सम्पदा संरक्षण भन्दा आफ्नो स्वार्थी राजनीतिका कारण ताल र नगर ओझेलमा छ । तर हालका गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता लगातार दोश्रो कार्यकालका अध्यक्ष हुन्,उनी तेश्रो पटक अध्यक्ष बन्न संविधानले नै रोक्छ,त्यो भएर अहिले अध्यक्षले देखाएको चाँसो केही आशाबादी देखिन सक्छ ।
भोट राजनीतिको स्वार्थले बाहिर नेताहरूले इच्छा ब्यक्त गर्ने तर अतिक्रमणकारीलाई फेस गर्न चुनौती जस्तै बनेको छ । त्यो चुनौतीको सामना गर्न अहिलेका अध्यक्षको इच्छाशक्ति हेर्न बाकी नै रहेको उनले औल्याएका थिए । कर्मकाण्डी छलफल हो कि बास्तविकता भविष्यमा हुने कामले नै देखाउने उनको भनाई थियो । अति बेला स्थानीयको अतिक्रमणमा परेको छ । नेपालको तेश्रो ठूलो तालको रूपमा रहेको नन्दन तालको संरक्षणका लागि पुरानै स्वरूपमा फर्काउन जनताले माग गरिरहेका छन् ।
नवलपरासीको नन्दन तालको केही किंवदन्तीहरू अनुसार, भगवान कृष्णले आफ्नो नारायणी सेना लगाएर नन्दन ताल खनेका थिए भने केहीका अनुसार बुद्धकालमा भगवान गौतमबुद्धका अग्रश्रावक भिक्षु आनन्दको नामसँग पनि नन्दन तालको इतिहास जोडिने गर्छ । यसरी हिन्दू र बौद्ध धर्म संग जोडिएको एतिहासिक तालको संरक्षणमा सरकारी प्रयास पनि भएका थिए,तर स्थानिय नेताहरूकै असहयोगका कारण सरकारी मौनता पनिे देखिन्छ । नक्सामा तालको जग्गा भए पनि अधिकांश तालमा पानी छैन भने ताल क्षेत्रसमेत अतिक्रमण भएर व्यापक मात्रामा खोतीबाली गर्ने गरेको पाइन्छ । ताल क्षेत्रको जग्गामध्ये केही जग्गालाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा दर्ता समेत गरेका छन् ।
“ताल अहिले अतिक्रमणमा परेर सबै खेतमा परिणत भएको छ, ताल सुकेर पोखरी बनेको छ” स्थानीयले अतिक्रमण गरेर खेतीपाती गर्दै आएका भए पनि सरकारी निकायको उदासिनताका कारण अतिक्रमण रोकिएको छैन । राजनीतिक दलको दबाब र अतिक्रमण गर्ने स्थानीय कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध भएकाले यसलाई राजनीतिक मुद्दाको रूपमा सरकारी निकायले लिएको कारण स्थानीय तहले समेत तालको अतिक्रमण रोक्न सकेको छैन ।
नन्दन ताल स्थानियहरूको अतिक्रमणका कारण तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भए पछि सरोकारवाला संग छलफल गरी संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया कार्यक्रम, गुरुयोजना निर्माण,आउने दिनमा रेखांकन गर्ने पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दिपक)ले बताएका थिए । तर तालमा रंगशाला सहितको डिपिआर प्रति अधिकाँश सहभागिहरूले ताललाई ताल अनुसारको विकास गर्न सुझाएका थिए । तालमा रंगशालाको औचित्य नरहेको भनाई राजनीतिक तथा जनप्रतिधिहरूको रहेको थियो । नन्दन ताल पर्ने क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले नवलपरासीबाट त्रिवेणी धाम लगायतको धार्मिक तथा पर्यटकीय स्थलहरू अलग भए पछि जिल्लाको पहिचान मेटिँदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्ने बताएका थिए ।
सोही क्षेत्रका नेता समेत रहेका पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रूपमा रहेको बताउदै यसलाई अवसरको रूपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । उनले भने “बहाना बाजि गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ र यहाँ उपस्थित राजनीतिकका प्रतिनिधिहरूले एक्यबद्धता जनाई अघि बढ्नुपर्छ । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
उनले भने प्रदेश सरकार संग सहयोगको लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
हालको पाल्हिनन्दन ६ साबिक हकुई र सनई गाबिसको सिमाना रहेको नन्दन ताल तीन कित्ता गरी झन्डै ८० विगाहा र त्यस नजिक सनई र रगरगन्जको बीचमा रहेको सनई ताल ८२ गरी झन्डै १ सय ६२ बिगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले स्थानीयले अतिक्रमण गरी खेतिपाती गर्दै आएका हुना तालनै मेटिँदै गएको छ । वि.सं. २०४९ सालदेखि २०५६ साल सम्म तत्कालीन सनई गाउँ विकास समितिका अध्यक्ष रहेका राजेन्द्र सहानीले आफ्ना राजनीतिक स्वार्थसिद्ध गर्नका लागि ८२ बिगाहा क्षेत्रफलमा सनई तालमा ७ सय ५० जना लाई र नन्दन तालमा ३६ जनालाई जोतभोग गर्न दिइएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
वि.सं. २०७३ साल सम्म तालमा रहेको सानो–सानो पोखरीमा माछापालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तिव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ । ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल बनस्पतीसमेत लोप हुँदै गएका छन् । नन्दन ताल अतिक्रमणको चपेटामा परेका कारण अतिक्रमण रोकेर ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसके यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?