ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हरित बसपार्कको निर्माण सुस्त

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

पाल्पा, ०२ माघ ।
जिल्लाकै प्रतिष्ठासँग जोडिएको पाल्पा बस पार्कको निर्माणमा ढिलाई भएको छ । काठमाडौं स्वयम्भूको रेड आर्य जे.भीले भ्याट बाहेक १५ करोड ९३ लाखमा आगामी कार्तिकमा सम्पन्न गर्ने गरी उक्त बसपार्क निर्माणको ठेक्का संझौता भएको थियो । झण्डै सय रोपनी क्षेत्रफलमा फैलिएको बस पार्कको निर्माणको भौतिक प्रगति अहिलेसम्म ३० प्रतिशत मात्र भएको छ ।
वन क्षेत्रमा निर्माण हुन लागेको बसपार्क नगर बिकास कोषको ऋण सहयोगमा बन्न लागेको बस पार्कमा ५२ वटा बस अट्न सक्ने क्षमताको निर्माण हुन लागेको तानसेन नगरपालिकाका प्राविधीक राम प्रसाद श्रेष्ठ बताउँछन् ।
सुबिधा सम्पन्न निर्माण हुन लागेको यस बस पार्कमा चौकीदारको लागि आवास, व्यापारीक प्रयोजनका लागि सटर, प्रवेशद्वार, प्रवेश र निकासको सडक निर्माण हुन लागेको प्राविधिक शिब शर्मा बताउँछन् । पटक पटक छलफल र वहश भएर प्रस्तावित गरिएको यस क्षेत्र छनोटमा परेको हो । सिद्धार्थ राजमार्गको बुटवल पाल्पासडक खण्ड निर्माण संगै निर्मित तानसेनको बस पार्कमा प्रतिदिन सवारीको चाप र संख्या बढदै गएपछि सानो र साँघुरिदै गयो यो बसपार्क नयाँ ठाउँमा प्रस्तावित गरिएको नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् ।
करिब ५ वर्ष अगाडि सरकारको मन्त्रिपरिषदको निर्णय अनुरूप तानसेन गुल्मी सडकखण्डको सल्लाघारीमा प्रस्तावित गरिएको हो । नगर बिकास कोषको ऋण सहयोगमा निर्माण गरिन लागेको बस पार्क निर्माणका लागि प्रकृया अगाडि बढाउन नगर सरकारले आलटाल गरेपछि डिभिजन बन कार्यालयले निर्माणको प्रकृया अगाडि नबढे प्रस्तावित जमिन फिर्ता हुने चेतावनी दिएपछि नगर सरकारले निर्माणको प्रकृया अगाडि बढाएको वन कार्यालयका प्राविधीकहरू बताउँछन् ।
बस पार्क निर्माणको गुरु योजना अनुरूप पेट्रोल पम्प मोटर मर्मतको ग्यारेज समेत प्रस्तावित गरिएको छ । दोस्रो चरणको योजना अनुरूप निर्माण हुनेछ । दोस्रो चरणको कार्यका लागि नगर बिकास कोष संग पुन संझौता गर्नु पर्ने हुन्छ । पहिलो चरणको निर्माणको कार्य पुरा भएपछि दोस्रो चरणको प्रकृया अगाडि बढाइने नगर सरकारले जनाएको छ ।
हरियाली सल्लाको बिचमा निर्माण हुन लागेको बस पार्कको नामाकरण पनि हरित बसपार्क भन्ने छ । यो बस पार्कको निर्माण कार्य पुरा भएपछि तानसेनको पर्यटन व्यवसायमा थप टेवा पुग्ने पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन् ।
झण्डै ५ दशक अगाडि निर्मित बसपार्क सानो र साँघुरिदै गएका कारण सदरमुकाम तानसेन बाट ग्रामिण क्षेत्रका लागि छुुटने साना सार्वजनिक यातायात विशाल बजार, नारायणस्थान, टँुडिखेल बाट छुट्ने गर्दछन् । ठाउँ ठाउँ बाट सार्वजनिक यातायात छुट्दा गन्तब्यमा पुग्ने यात्रुले सवारी साधन भेट्न कठिन भएको थियो । व्यवस्थित बसपार्क निर्माण भएपछि यात्रु, सवारी चालक सबैलाई सहज हुने सवारी चालक शिव राना बताउँछन् ।
निर्माण कम्पनीलाई रनिड्ड विलको आधारमा भुक्तानी हुने भएकाले हाल सम्म १८ प्रतिशत वित्तिय प्रगती भएको र आउने कार्तिक महिना भित्रमा निर्माण कार्य पुरा गर्ने गरी निर्माण व्यवसायी लागि परेको प्राविधीकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?