ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, ०२ माघ ।
लायन्स क्लब अफ बुटवल सयपत्रीले ‘सेवा नै धर्म हो’ भन्ने लायन्स क्लबको मूल आदर्शलाई आत्मसात गर्दै, लायन्सका संस्थापक मेन्भिन जोन डेको सम्झनामा विविध सामाजिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डिष्ट्रिक गर्भनर लायन पुष्पोत्तम भक्त प्रधानांगले सप्ताहव्यापी कार्यक्रमले समाजसेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको बताए । तालिमको उद्घाटन सत्रमा प्रधानांगले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्ने यस्ता कार्यक्रमको महत्वलाई जोड दिँदै, लायन्स क्लब अफ बुटवल सयपत्रीको प्रयासलाई उच्च प्रशंसा गरे ।
उनले यस्ता कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै समग्र समाजको समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको मुख्य आकर्षण बुटवल वडा नं. ९ मा रहेको तितेपाती सहकारीसँग सहकार्य गरी ओम शिवशक्ति कल्याणी मन्दिर परिसरमा ८० जना महिलाका लागि आयोजित बाटेको धूप बनाउने तालिम रहेको थियो ।
क्लबका अध्यक्ष कमला बस्नेत कुंवर ले तालिमसँगै क्लबले ओम शिवशक्ति कल्याणी मन्दिर परिसर र यसको वरपरका क्षेत्रलाई समेटेर बृहत सरसफाई कार्यक्रम पनि सम्पन्न बताईन् । मन्दिरलाई स्वच्छ र व्यवस्थित बनाउँदै श्रद्धालुहरूको लागि उत्कृष्ट वातावरण निर्माण गर्न सरसफाई कार्यक्रममा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कार्यक्रमका क्रममा क्लबले क्यान्सर पीडित एक व्यक्तिलाई नगद सहयोगसमेत प्रदान गरेको थियो ।
क्लबले ओम शिवशक्ति कल्याणी मन्दिरलाई १० वटा कुर्सी र ४ वटा पि फर्म हस्तान्तरण गरी मन्दिर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत गरेको छ । उक्त अवसरमा मन्दिरका अध्यक्ष गौरी केसीले क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्लबले बुटवल उपमहानगरपालिकाको सहयोगमा युवा तथा श्रमिक वर्गलाई लक्षित गर्दै वैदेशिक रोजगारीसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा विशेषज्ञहरूले विदेश जाने क्रममा ध्यान दिनुपर्ने कानुनी प्रक्रिया, आवश्यक कागजात तथा सुरक्षाका उपायहरूको जानकारी गराएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले लायन्स क्लबले स्थानीयस्तरमा पु¥याएको योगदानको प्रशंसा गर्दै सामाजिक विकासमा क्लबको महत्वपूर्ण भूमिका रहेको बताए ।
निर्वतमान डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुले क्लबले गरेको उल्लेखनीय कार्यहरूको उदाहरण प्रस्तुत गर्दै क्लबको भावी योजनाहरूलाई अझै उचाइमा पु¥याउन सुझाव दिए ।
त्यस्तै, कार्यक्रमको समापनमा फष्ट डिष्टिक गर्भनर बालाराम भट्टराई, सेकेण्ड भिडिजी संदिप कसौधन, क्लब सल्लाहकार ज्ञानेन्द्र सिमानगैडा, फूलबारी क्लबका अध्यक्ष महेन्द्र भारी, तितेपाती सहकारीका सल्लाहकार तुलसी क्षेत्री लगायतले बोलेका थिए भने प्रमुख प्रशिक्षक तथा क्लबका पूर्व अध्यक्ष सबिना श्रेष्ठले धन्यवाद व्यक्त गरेकी थिइन । क्लबकी सचिव शान्ती नेपालका अनुसार कार्यक्रममा क्लबका सदस्य, तितेपाती सहकारीका पदाधिकारी, मन्दिरका संरक्षक, र स्थानीय समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?