ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा

पहिलो सेमीफाईनलमा एभरेष्टले कुंवरवर्ती र दोस्रो सेमीफाईनलमा कालिकाले न्यू होराइजनको सामना गर्ने
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल,२ माघ। बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगितामा अन्तिम चार टिमको टुगो लागेको छ । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार भएका क्वाटरफाइनल खेलहरुमा विजयी हुदै एभरेष्ट, कुंवरवर्ती, कालिका र न्यू होराइजन अन्तिम चारमा स्थान बनाएका हुन । पहिलो क्वाटरफाईनलमा एभरेष्टले ग्रीनप्लान्ट, देवदहलाई ३–० को सोझो सेट, कालिका मानव ज्ञान माबिले कान्ति माविलाई ३–१ को सेट, कुंवरवर्ती ईगलिस बोर्डिङ स्कुलले बुद्ध पब्लिकलाई ३–० को सोझो सेट तथा न्यू होराइजनले नवज्योति बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गरेका हुन ।

बिहीबार एभरेष्ट र कुंवरवर्तीबीच पहिलो सेमिफाइनल तथा मानवज्ञान मावि र न्यू होराइजन मावि बिच दोस्रो सेमिफाइनल खेलका साथै फाइनल प्रतिस्पर्धा पनि हुने विद्यालयका खेल संयोजक मिलन रानाले बताए । १२ टिमले भाग लिएको भलिबलको उपाधि विजेताले नगद नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने छन् ।

यस्तै न्यू होराइजन स्पोर्टस क्लबको आयोजनामा जारी बास्केटबल प्रतियोगिताको छात्रतर्फ ब्रिटिस ग्रामर स्कूल र एभरेष्ट बोर्डिङ तथा छात्रा तर्फ एभरेष्ट र सिद्धार्थ बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएका छात्र सेमिफाइनल खेलमा ब्रिटिस ग्रामरले दीपलाई २४–११ अंक तथा एभरेष्टले न्यू होराइजनलाई १५–१३ अंकले पराजित गरेका हुन । यस्तै छात्रातर्फ एभरेष्टले न्यू होराइजनलाई १३–४ अंक तथा सिद्धार्थले दीप बोर्डिङलाई ११–० अंकले पराजित गरेको छ ।

बास्केटबलको फाइनल र पुरस्कार वितरण पनि बिहीबार नै हुने न्यू होराइजन स्पोर्टस् क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले बताए । बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गरेका छन् । बास्केटबलमा विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया नगद सहित पुरस्कृत गरिने विद्यालयका खेल संयोजक मिलन रानाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?