ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

सुनवल, ०२ माघ ।

पश्चिम नवलपरासीका स्थानीय तहले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट वितरणमुखी भएको पाईएको छ । परिणाम दिने खालको भन्दा पनि धेरै कार्यक्रम वितरणमुखी मात्रै देखिएको कृषि विज्ञहरूले टिप्पणी गरेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीले स्थानीय तहका कृषि शाखाका कार्यक्रमका विषयमा जानकारी लिने क्रममा अधिकांश स्थानिय तहका कार्यक्रम वितरणमुखी भएको पाईएको हो ।

अधिकांश स्थानीय तहका कार्यक्रम अनुदानमा सिमित छ । उत्पादनमा ठुलो परिर्वतन गर्ने र आत्मनिर्भर हुने खालका भन्दा पनि अनुदानमा बढि केन्द्रित देखियो कृषि ज्ञान केन्द्र परासीका वरिष्ठ बाली संरक्षण अधिकृत उमाशंकर पौडेलले भने । गहुँ, तोरी, आलु लगायतका बालिका विउमा अनुदान, पकेट क्षेत्रको नाममा टुक्रे कृषि कार्यक्रम, मिसन कार्यक्रम, यन्त्र उपकरण वितरण, कृषक पाठशाला, बाली प्रर्वद्धन लगायतका कार्यक्रममा बजेट बाँडिएको छ । मिसन कार्यक्रमका नाममा दुई तिन लाख बजेट विनियोजन गरेर कार्यक्रमलाई फितलो बनाएको पाईएको छ ।

पर्याप्त तयारी बिना विनियोजन गरिएको बजेट र कार्यविधि अभाव लगायतका कारण किसान संग कार्यक्रम मेल नखादा कतिपय कार्यक्रममा किसान अनिच्छुक हुदा बजेटनै फ्रिज हुने अवस्था आएको छ । सुनवलमा आलु खेति प्रवद्र्धन कार्यक्रम अन्र्तगतको बजेट पटक पटक सुचना आह्वान गर्दा पनि किसान नआएपछि कार्यक्रमनै संञ्चालन हुन नसकेको कृषि अधिकृत पुष्प अर्यालले बताए । किसानको सबैभन्दा बढि माग हुने सिचाँईको सुविधा विस्तारमा स्थानीय तहको ध्यान गएको छैन् ।

धेरै स्थानीय तहमा सिचाँईका कुनै पनि कार्यक्रमनै समेटिएको छैन् । सात स्थानिय तहले कृषिमा १० करोड बढि बजेट विनियोजन गरेको देखिएपनि उपलब्धिमुलक कार्यक्रम समेटिएको छैन् । प्रतिशतका आधारमा अनुदानमा यन्त्र उपकरण दिने, अनुदानमा बिउ वितरण गर्ने कार्यक्रममा बढि केन्द्रित हुदा त्यसको दुरूपयोग भएको प्रति सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।

केरा, उखु, बदाम, खरभुजा लगायतका बालिमा अब्बल रहेको सुस्तामा गाँउपालिकाले च्याउ प्रर्वद्धन, कृषक पाठशालामा प्याज खेतिको विषयमा प्रयोगात्मक जानकारी लगायतका कार्यक्रममा बढि जोड दिएको पाईएको छ । कृषि शाखा प्रमुख अशोक रावलले केरामा रोगकिरा व्यवस्थापन, च्याउ प्रर्वद्धन, कृषिक पाठशाला र गहुँको बिउ वितरण लगायतका कार्यक्रम सुस्तामा संञ्चालन गरिएको बताए । प्रदेश तथा संघिय सरकार मार्फत संञ्चालन हुदै आएका कतिपय अनुदानमुलक कार्यक्रम स्थानिय तहले पनि संञ्चालन गरेको पाईएको छ ।

‘स्थानिय तहका कार्यक्रमहरू प्रतिफलमा आधारीत कम पाईयो, कार्यक्रमले कस्तो नतिजा दिन्छ भन्नेमा केन्द्रित भएर स्थानिय सरकारले कृषि विज्ञसंग पनि छलफल गरेर कार्यक्रम ल्यायो भने बल्ल प्रभावकारी हुन्छ, कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौवेले भने ।’ साथै स्थानिय तहमा प्राविधिक कर्मचारी र विज्ञतामा पनि कमि देखिएको पाईएको छ । साथै समन्वयकारी भूमिका समेत कृषि शाखाले निभाउन नसकेको ज्ञान केन्द्रले जनाएको छ ।

विषादीको प्रयोग घटाउदै लानुपर्नेमा धेरै स्थानिय तहले विषादिनै निशुल्क वितरण गर्ने गरेको पाईएको छ । विषादिको प्रयोग आवश्यक भएपनि त्यसको सहि प्रयोग र प्रयोग गर्दा मानविय सुरक्षाका उपाय अपनाउनुपर्नेमाज्ञान केन्द्र प्रमुख चौवेले जोड दिए । स्थानिय तहका कृषिका योजनाको प्रभावकारी कार्यान्वयन र सहजिकरणका लागी स्थानिय तहका कृषि शाखा संग त्रैमासिक रूपमा अन्तरक्रिया गर्दे आएको ज्ञानकेन्द्रका कृषि अधिकृत नविन गैरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?