ट्रेंडिंग:

>> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

मुलुक बनाउनका लागि धेरै चिजविज थुपार्नु भन्दा एउटा कुरा मनामा संकल्पका साथ लिने हो भने सार्थक रूप लिन सक्छ । त्यो भनेको दृढ इच्छा शक्ति हो । मनमा सबैभन्दा पहिले म यो गर्छु र यो गर्दैन भनेर दृढ अठोट लिने हो भने मुलुक बन्न धेरै समय लाग्दैन । अहिलेसम्म हाम्रो मुलुकम कमी देखिएको यही कुरा हो । यो कुरा सर्वसाधारण नागरिकको अठोटले हुँदैन । जसले राज्य सञ्चालनको जिम्मेवारी लिएर अगाडि बढनु भएको छ, उहाँहरूको मन मस्तिष्कमा यो कुरा जागृत हुनुपर्दछ । दृढशक्ति जागृत नभएसम्म आवरणले मात्र केही फरक हुनेछैन । कसरी आउँछ जागरण ? पहिले यसको सुत्र जान्नुपर्दछ । मनमा जागरण आउनका लागि दिलैदेखि राष्ट्र र जनताप्रति समर्पित हुनु पर्दछ । समर्पित भन्ने कुरा कुनै देखावटीले हुँदैन । अरूले पनि अनुभूत गर्ने खालको हुनुपर्दछ । केही परिवर्तनको संघार नाघेको हुनुपर्दछ । हिम्मतिलो स्वभाव हुनुपर्दछ । वास्तवमा समर्पणका निम्ति केही त्याग गर्नसक्नु पर्दछ । त्यागभित्र पहिलो त लोभ, लालच, मोह, नाताबाद, कृपावादबाट टाढा हुुनुपर्दछ । मोह भित्रपनि धनको मोहले छिटो असर गर्दछ । धनको प्रयोग त गर्नुपर्दछ । पहिलो राज्यका निम्ति त्यो पनि उचित स्थानमा । दोस्रो राज्यको ढुकुटी आफूले उपयोग गर्ने भए वैधानिक रूपले र आवश्यक्ता भएजति मात्र ग्रहण गर्ने हो भने लोभ मोह त्याग भएको देखिन्छ । नातावाद वा फरियावादमा नफस्ने हो भने दिलैदेखि राज्य र जनताप्रति समर्पित हुन सकिन्छ । यस्ता त्यागी व्यक्तिहरू विदेशी मुलुकमा र हाम्रै मुलुकमा पनि पाउन सकिन्छ । त्यो हेर्नका लागि पनि आफ्नो दृष्टि सफा हुनुपर्दछ । दृष्टि र दृष्टिकोणमा केही फरक छ । दृष्टि सिधा हेर्नु वा देख्नु भन्ने बुझिन्छ भने दृष्टिकोण भनेको विचार हो । विषयमा प्रतिपादित कसैको मन वा आफ्नो चिन्तनबाट बनेको राय पनि दृष्टकोण हो । विचारलाई पनि हेर्न वा दृष्टि दिन सक्नुपर्दछ । सही विचार छ तर हामीले राम्रो दृष्टिले हेर्न सकेनौ भने त्यसबाट राम्रो विचार पनि ग्रहण गर्न सकिदैन । विचार बुझ्नका लागि पनि दृष्टि अर्थात हेराइ सहजहुनु पर्दछ । हामी संगसंगै वा हामी भन्दा केही पछि स्वतन्त्र भएका मुलुकले आज कति के गरे ? ब्रह्माण्ड नै पिइ सके, हामीले अहिलेसम्म दलका नाममा र बलका नाममा आली नाघ्न सकेका छैनौ । हुन त भन्नका लागि हामीले २००७ साल यता धेरै फट्को मारेका छौं भनिन्छ तर फट्को मारेको कुराको प्रभाव त हाम्रो घर आँगनमा, हाम्रा खेतबारी वा भान्सामा र सडक तथा मैदानमा देखिनुपर्दछ । आम नागरिकको शरीरमा न्यानो तातो पनि पुगेको छैन । भान्सामा पुग्नुपर्ने जति तत्व पुगेको छैन । जनशक्ति उत्पादन गर्ने शिक्षालय छैनन् । नीति अपुरो छ । परम्परागत खेती प्रणाली छ । विदेशबाट मल बीउ तथा औजार ल्याउनु परेको छ । त्यही खेतबारीका निम्ति चाहिने मल तथा किटनाशक पदार्थ विदेशीको भरमा पर्नुपरेको छ । हाम्रा कुलानाला फेरिएको छैनन् । बाटोघाटो पुल पुलेसा फेरिनु पर्ने जति फेरिएको छैन र नयाँ निर्माण हुनु पर्ने ठाउँमा पनि निर्माण भएको छैनन् भने हामीले कहाँ के फड्को मारेको संकेत भयो त ?
बाटो र साधन उपयोगको नाममा हामीले विदेशमा निर्माण भएका विभिन्न साधन खरिद र प्रयोग गरेका छौं । त्यसलाई सामान्य मर्मत गर्नुपरेमा विदेशबाट त्यही जनशक्ति झिकाउनु पर्दछ भने अरू कुरा छोडौं अहिलेपनि हामीले टमाटर र प्याज समेत आफू पुग्दो उत्पादन गर्न सकेका छैनौं । ठूलो मल कारखानाको कुरा किन गर्नु र ? भएका कारखाना बेचेर खायौं । मुलुकमा परिवर्तन आएको त छ तर जुन ठाउँमा परिवर्तन आएको छ त्यही कुरा उठाउँदा पछाडि परिने डर पनि छ । परिवर्तन आएको ठाउँ भनेको राज्य सञ्चालकको गोजीमामात्र हो भन्ने गरिन्छ । यस कुरामा धेरै विश्वास त लाग्दैन तर अधिकांशको जीवनशैली देख्दा होइन भन्ने ठाउँ पनि रहँदैन । यो जीवनशैली फेरिएको केही वर्षमात्र भयो । यसलाई विकास वा निर्माण भनिदो रहेनछ र यसले आम नागरिकका समस्यालाई समाधान गर्न सक्दो रहेनछ । हाम्रा समस्या अनगिन्ति छन् । जुन जायज पनि छन् । जता फर्केर हेरे पनि आशाको दियो बलेको देखिदैन, जुन यथा समयमा देखिनुपर्ने थियो । हुन त हामीले जे जति उपलब्धि पाएका छौं यसैलाई विश्लेषण गर्ने हो भने राम्रो छ, धेरै भयो, सन्तोष गर्ने ठाउँ छ भनिएला तर जता फर्केर हेरेपनि नेपालीले चाहना गरेको चित्र देखिदैन भन्नेहरू अत्यधिक छन् । यो समस्या एउटा प्रदेशमा मात्र होइन । हाम्रा सातै प्रदेशमा र हिमाली पहाडी र तराइ प्रदेशमा यही चित्र देख्न र सुन्न पाइन्छ ।
आज धेरै नागरिकमा व्यवस्थाप्रति वितृष्णा आएको भन्ने हल्ला चलाईएको छ । यो पंक्तिकारले पनि त्यो हल्ला धेरैका मुखबाट प्रसस्त सुनेको छ । सत्यताको वारेमा चिन्तन गर्न बाँकी छ । यो हल्ला नचल्नु पर्ने हो । यो व्यवस्था राणा शासन जस्तो या पञ्चायती व्यवस्था जस्तो व्यवस्था होइन । राणाहरूको जहानीया शासन व्यवस्था जंगबहादुरको चलाखीले ल्याएको शासन थियो । यो जनताले युद्ध गरेर वा जनआन्दोलको बलमा आएको व्यवस्था थिएन । यस्तै पञ्चायती व्यवस्था पनि जनताले आन्दोलन गरेर जनयुद्धबाट ल्याएको व्यवस्था होइन । र यी दुबै शासन जन अनुमोदित पनि होइनन् । जनताको संलग्नतामा ल्याइएको पनि होइन तर प्रजातन्त्र, गणतन्त्र भन्ने व्यवस्था जनताले जनयुद्ध वा जनआन्दोलको बलमा ल्याइन्छ र नेपालमा पनि त्यही जन आन्दोलनको बलमा ल्याइएको थियो । चाहे सात सालको कुरा गरौं चाहे ४६ सालको कुरा गरौं चाहे २०६२/६३ को कुरा गरौं । यी तिनवटै अवस्थामा जनता संलग्न भएर मात्र होइन जनताको रगले साटेर ल्याएको व्यवस्था हुन तर जनताको यति ठूलो मूल्यलाई पत्याउनै नहुनेगरी लत्याइयो । आजको चित्रले त्यही बोलेको छ यसकारण लत्याईएको हो भन्दा फरक पर्दैन । यसको मतलव केही भएन भन्ने होइन, जुन गतिमा हाम्रा राज्य सञ्चालकमा यति गति र लयमा अघि बढनुपर्ने थियो त्यो गतिमा जानुभएन । यसकारण देशले गति लिन सकेन भन्ने नै हो । जनताका आकांक्षा भन्दा पनि सत्ता लिप्सा र सत्ता स्वार्थमा बढता केन्दीत हुनुभयो भन्ने पनि हो । अव मिसन ८४ को कुरा गर्नुस चाहे जादुगरी सिटको कुरा गर्नुस जेगरे पनि एकपटक दृढ संकल्प गर्नुस । जसरी कुनै कर्मकाण्ड गर्ने समयमा हातमा जउ कुश र तिल लिएर मन्त्रोच्चारणका साथमा संकल्प लिइन्छ अनि कतै भूलचुक भयो कि भनेर अच्यूताय नमः भन्ने गरिन्छ र क्षमा याचना गरिन्छ त्यसैगरी नेतृत्वमा जानेहरूले एकपटक हातमा के समाएर संकल्प लिनुहुन्छ या बाचा कवोल गर्नुहुन्छ, त्यो देखाउन सक्नु भएन भने चौरासीमा न केही हात लाग्ला न जादूगरी सिट बच्न सक्ला । त्यतिवेला तपाईहरूमात्र रहनु हुनेछ । नागरिक अलग धारमा देखिनेछन् । मुलुक बनाउने हो भने यही समयमा दृढ संकल्प लिनुस् । अन्तमा यही अनुरोध छ तथा कामना छ । यो आवाज एकल होइन भन्ने बुझ्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?