ट्रेंडिंग:

>> कालोसूची बढ्दा कर्जा प्रवाहमा वृद्धि भएन: गभर्नर पौडेल >> सन्तोष परियारले रास्वपा छाडे >> प्रधानमन्त्रीसहित ७ मन्त्रीले सम्पत्ति विवरण बुझाए, ३ मन्त्रीले अझै बुझाउन बाँकी >> सिस्टमले थेग्न नसक्दा अनलाइन मार्फत मतदाता दर्तामा समस्या >> कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यद्वारा ७ बुँदे मागसहित ज्ञापनपत्र >> सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो >> मधेश प्रदेशका ५ पदमुक्त सांसदहरूले मागे एक वर्षको हाजिरी विवरण >> लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड >> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा >> सिमामा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर 

मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, २ माघ ।

कपिलवस्तु महाराजगञ्जका मोहम्मद जमसा फकिर हालै नेपाल प्रहरीको जवानको परीक्षामा उत्तीर्ण हुन सकेकोमा प्रसन्न छन् । उनले महाराजगञ्जस्थित सेतो गुलाब नामक सामाजिक संस्थाबाट प्रहरी जवान जाँचका लागि निःशुल्क पूर्व अभ्यास तालिम लिएका थिए ।

त्यसैगरी महाराजगञ्जकै आशिष गडेरिया पनि प्रहरी जवान परीक्षामा उत्तीर्ण भएकोमा प्रसन्न छन् । उनले पनि सेतो गुलाब संस्थाबाट पूर्व अभ्यास तालिम लिएका थिए । ‘सेतो गुलाब संस्थाले दिएको निःशुल्क पूर्व अभ्यास तालिमले हामीलाई परीक्षा उत्तीर्ण गर्न सघाउ मिल्यो’ मोहम्मद जमसा फकिर र आशिष गडेरियाले प्रसन्न मुद्रामा भने । विपन्न वर्गका आफूले सरकारी सुरक्षा अङ्गमा रोजगारीमा प्रवेश पाएकोमा खुसी लागेको उनीहरुले बताए । मोहम्मद जमसा फकिरले ४३ औँ स्थानमा र आशिषले ३३३ औँ स्थानमा नाम निकाल्न सफल भएका थिए ।

एक वर्षअघि स्थापित सेतो गुलाब संस्थाले कपिलवस्तुको विशेष गरी महाराजगञ्ज ईलाकालाई लक्षित गरी विपन्न, पिछडिएका र सिमान्तकृत वर्गका युवालाई स्वदेशमै रोजगारीमुलक काम गर्न सन्देश प्रवाह गर्दै आएको छ । त्यस क्रममा पहिलो चरणमा राष्ट्रिय सु्रक्षा अङ्ग नेपाल प्रहरी र सेनामा भर्तीका लागि निःशुल्क पूर्व अभ्यास तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष एंव नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले बताए ।

थापाका अनुसार उक्त संस्थाले महाराजगञ्ज क्षेत्रका विपन्न, पिछडिएका र सिमान्तकृत वर्गका युवाहरुलाई नेपाल प्रहरीको जवानमा भर्नाका लागि पाँचदिने निःशुल्क अभ्यास तालिम प्रदान गरेको थियो । पूर्व अभ्यास तालिमपछि संस्थाले लिएको परीक्षामा उत्तीर्ण भएका ११ जना सबै युवा नेपाल प्रहरीको परीक्षामा पनि उत्तीर्ण भएका छन् । राष्ट्रिय सुरक्षा अङ्गमा मधेशी समुदायको सहभागिता न्यून रहेको बताउँदै पूर्व एसएसपी थापाले यसमा सुधार ल्याउनपर्ने बताए ।

मु्लुकमा रोजगारीको अवसर नभएको भन्दै युवाहरु दिनहुँ विदेश पलायन भैरहेको अवस्थामा सुधार ल्याउँदै स्वदेशमै युवालाई रोजगारीमा लगाउन आफूले नागरिकस्तरबाट पहल थालेको थापाको भनाई छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा भर्नाका लागि निःशुल्क तालिम प्रदान गर्ने कार्यक्रम थापाले बनाएका छन् । अन्य सिपमूलक र स्वरोजगारमूलक तालिमका लागि पनि सम्बन्धित संस्था र निकायसँग समन्वय गरी ग्रामीण पिछडिएका वर्गको जीवनस्तर उकास्नका लागि टेवा पु्याउने कार्यक्रम बनाएको जानकारी समेत थापाले दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?