Butwal Today
१२ औँ फर्साटिकर कप २०८१

आयोजक फर्साटिकरलाई उपाधि

२ माघ २०८१, बुधबार
अ+
अ-

बुटवल, २ माघ । रुपन्देहीमा सम्पन्न शुद्घोधन गाउपालिका १२ औ फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले चुमेको छ । बुधबार भएको फाईनलमा अभिषेक चर्च, रहजरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक फर्साटिकर युवा क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै फर्साटिकर नगद ३ लाख ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता अभिषेक चर्च भने १ लाख ५० हजार ५ रुपैयासहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा भैरव एफसीका सुरज आले हाई स्कोरर, फर्साटिकरका गोलकिपर सुभान्कर जिसी उत्कृष्ट गोलकिपर र फर्साटिकरकै नरेन्द्र चौधरी म्यान अफ दी टुर्नामेन्टबाट पुरस्कृत भए । फर्साटिकर माबिको खेलमैदानमा बुधबार भएको फाईनल खेलमा फर्साटिकरका आशिष रानाले खेलको छैटौ मिनेटमा गोल गरे । रानाले कर्नर प्रहारलाई आर्कषक गोलमा परिणत गरेका थिए । खेलको २५ औ मिनेटमा अभि लामाले गोल थपे । खेलको ३० औ मिनेटमा फर्साटिकरका खेलाडीले डिबक्सभित्र अभिषेकका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा एरोन थापाले गोल गरे । यो गोलसंगै खेल अभिषेकको पक्षमा आयो । पहिलो हाफमा १ गोलले पछि परेको अभिषेकका लागि एरोनले बराबरी गोल गरे । निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलियो ।

एक समारोहका बिच शुद्घोधन गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद बश्याल, पालिका उपाध्यक्ष शान्तादेवि उपाध्याय, दिर्घ बहादुर केसी, लोक बहादुर पुन, क्लबका अध्यक्ष मुकेश कुँवर, आर्थिक संयोजक सिद्धान्त भट्टराईले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।