Butwal Today

सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू

१ माघ २०८१, मंगलवार
अ+
अ-

चौतारा, १ माघ ।

सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू भएको छ।

सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता आजबाट शुरू भएको हो। सो खेल माघ ५ गतेसम्म जारी रहने छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो बीच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन्।

नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता शुरू भएको हो।

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिएको छ, जुन खेल अहिले सुकुटे स्थित सुनकोशी नदीको किनारामा जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?