ट्रेंडिंग:

>> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली

जीर्ण बन्दै ‘सहस्रधारा’

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

बुटवल, ०१ माघ ।
माघे संक्रान्ती मेलाको दिन कुनै बेला भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक भित्रने सहस्रधारा मन्दिर ओझेलमा परेको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ र पाल्पा क्षेत्र गरि दुई जिल्लामा पर्ने रमणिय धार्मिकपर्यटकीय स्थल सहस्रधाराको संरक्षणमा सरकार उदासिन देखिन्छ । दुबै जिल्लाले अपनत्व नलिदा यो थलो ओझेलमा परेको हो । किवंदन्ती अनुसार यस भुमिमा सिद्धयोगीहरूको बास भएको स्थलको रूपमा परिचित छ । माघको चिसोमा धार्मिक भक्तजनहरू नुहाउने र पूजापाठ गर्ने यो स्थल धार्मिक र पर्यटकिय रूपमा चिनिन्छ । तितोत्तमा नदी अस्थाई काठको पुल तरेर ठूलो झरनासंगैको तातोपानी यहाको विशेषता हो । प्राकृतिक रूपमा तातोपानी बग्ने यो स्थलमा धार्मिक पर्यटकहरू माघे संक्रान्तीमा भित्रने गरेका छन ।
सह्रसधारा शिवालय मन्दिर समितिका अध्यक्ष राजकुमार पाण्डेले तिनाउ नदी पारी एकान्त, शान्त मनोरम वातावरणमा योगीहरू ध्यानमा बस्ने गरेको किवदन्ती बुढापाकाबाट सुनेको बताए । ‘यहाँ एउटा गुफा छ ।’–उनले भने । झरनाको तल्लो स्थानमा रहेको गुफासंगै तातो पानीको मुहार पनि छ । जहाँबाट गर्मीमा चिसो र जाडोमा तातो पानी आउने गर्छ । आज नुहाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । बुढापाकाहरू यहाँ सत भएको मान्छन । माघे सक्रान्ती अर्थात माघ महिनाको प्रथम दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म बढ्दै जाने मान्यता छ । यो वर्ष मन्दिर जाने बाटो भत्किएको तथा झरनाबाट बग्ने पानीले धेरै क्षति गर्दै गएको उनले दुखेसो गरे । पत्रे चट्टानमा पर्ने यो झरना क्षति हुँदै गएको छ । स्थानीय सरकारसँग गुहार गरेर बाटो बनाउने काम सम्पन्न गरेको उनले बताए । स्थानीय समाजसेवीको अगुवाईमा मन्दिर निर्माण र नियमित पूजा शुरु गरेको भएपनि वर्षामा स्थायी बाटो नहुँदा पूजालाई निरन्तरता दिन नसकेको उनले बताए । केही महिनाअघि मन्दिरको घण्ट समेत चोरी भएको उनले बताए । ‘हामीले प्रहरीमा उजुरी दिएका छौ ।’–उनले भने ।
माघे संक्रान्ति र शिवरात्रीमा यहा पूजाआजा गरिँदै आएको छ । पुजाआजाबाट उठेको रकमबाट संरक्षणको काम हुँदै आएको छ । सरकारबाट ब्यवस्थापनको पाटोमा काम सुस्त हुँदा ओझेलमा परेको उनले दुखेसो गरे । प्रत्येक वर्ष सामुदायिक वनको सहयोगमा अस्थायी पुल निर्माण गर्ने काम स्थानिय युवाहरूले गर्दै आएको छ । मन्दिर समिति र युवाहरूको श्रमदान गरेर काठबाट अस्थायी पुल बनाउने काम गर्दै आएको उनले बताए । मन्दिर ब्यवस्थापन समितिबाट दर्शनार्थीहरूलाई तातो चिया, तरुल, प्रसाद बितरण गरिँदै आएको छ ।
मेलामा साथीभाईसँग रमाईलो गरेको वयोवृद्ध केशव पौडेल (चश्मे हल्दार) लाई आजै जस्तो लाग्छ । ‘कुनै समय सह्रसधारामा ठूलो मेला लाग्थ्यो ।’—उनले भने । मेलामा सहयोगीका रूपमा खटिने गरेको उनले बताए ।
बर्षेनी माघे संङक्रान्तिको दिन पर्यटक र ब्यापारीहरूको भिड लाग्ने उनले सुनाए । त्यो बेला बाटैभरि पुजा सामग्री, मिठाई, मालाका परिकारहरूले झकिझकाउ हुने गरेको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले सह्रसधाराको ऐतिहासिक, धार्मिक महत्वलाई बचाउन जरुरी रहेको भन्दै पाल्पा र रूपन्देही जिल्लाको समन्वयमा दीर्घकालिन योजनासहित डिपिआरको प्रक्रिया अघि बढाउन थालेको बताए । झरनाबाट बग्ने नदीलाई ब्यवस्थापन गर्ने र स्थायी बाटो निमार्ण गर्न जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?