ट्रेंडिंग:

>> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने

अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

काठमाडौँ ।

अबदेखि विद्यार्थीले गर्ने घरायसी कामलाई समेत मूल्यांकनमा समावेश गरिने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आन्तरिक मूल्यांकनमा समावेश गर्ने निर्णय गरेको थियो । सोही आधारमा आगामी शैक्षिक सत्रदेखि आधारभूत तह कक्षा ६ देखि ८ र माध्यमिक तह कक्षा ९ र १० को आन्तरिक मूल्यांकनमा घरमा गरिने कामलाई समेत समावेश गरिने भएको हो ।

त्यसका लागि परिषद्को पुस २४ गते बसेको बैठकले पाठ्यक्रम विकास केन्द्रलाई आवश्यक तयारी गर्न सैद्धान्तिक सहमति दिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले आगामी शैक्षिक सत्र २०८२ देखि कार्यान्वयनमा आउनेछ । हाल ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड २०८०’ को आधारमा आन्तरिक मूल्यांकन गरिदै आएको छ ।

सक्षमतामा आधारित पाठ्यक्रमको अवधारणा अनुसार नै विद्यार्थीहरूको मूल्यांकन गर्न लागिएको महानिर्देशक श्रेष्ठले बताए । केही वर्षअघि विद्यार्थीले के जानेको छ भन्ने कुरालाई बढी केन्द्रित गरिन्थ्यो भने अहिले आएर विद्यार्थीले के गर्न सक्छ भन्नेतर्फ बढी केन्द्रित भइरहेको उनको भनाइ छ ।

‘अहिले कम्पिटेन्सीलाई फोकस गरिएको छ । हाम्रो पाठ्यक्रम कम्पिटेन्सी बेस हो । यसलाई हामीले सक्षमतामा आधारित पाठ्यक्रम भन्छौँ । यसमा ज्ञानसँगै स्किल पनि हुन्छ,’ उनले भने ।

राष्ट्रिय पाठ्यक्रम प्रारूपले विद्यार्थीले विद्यालय शिक्षा पूरा गरिसकेपछि थुप्रै सक्षमता हासिल गर्ने खालको भयो वा भएन भन्ने हेर्ने गरेको छ । श्रमप्रति सम्मान, जिम्मेवार नागरिक, सामाजीकरणमा सहयोग गर्ने, दैनिक जीवनका समस्या समाधान गर्नेजस्ता क्षमता भएको विद्यार्थी तयार गर्ने भन्ने प्रारूपको उद्देश्य हो । सोही अनुसार विद्यार्थीलाई जोड्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ ।

‘श्रमप्रति सम्मान हुनुपर्ने भन्ने हुन्छ । तर, अहिले ठ्याक्कै उल्टो छ । श्रमप्रति सम्मान होइन, वितृष्णा छ । पढिनस् भने कोदालो खन्लास्, हलो जोत्लास् भन्ने खालको भाष्य निर्माण भएको छ,’ उनले भने, ‘त्यसलाई ठिक उल्टो गर्न खोजेको हो । हलो जोत्ने, कोदालो खन्ने, घाँस काट्ने पनि दैनिक जीवनको कार्य भनेर पढाइसँग जोड्न खोजिएको हो ।’

पढेको कुरा कहाँ प्रयोग गर्ने भन्ने नभएकाले घरायसी कार्यमा यस्ता कार्यलाई जोड्न सकिने श्रेष्ठले बताए । ‘दैनिक जीवनको कार्यलाई पढाइसँग जोड्न खोजिएको हो । साइन्समा विभिन्न केमिकल पढ्छन्, त्यो लुगा धुँदा जान्न सक्छ । त्यसले श्रमप्रति सम्मान बढ्छ । अर्को भनेको आफ्नो काम आफैँले गर्नुपर्छ भनेर जिम्मेवारीपन बढ्ने,’ उनले भने, ‘यसले सिप पनि बढ्ने भयो । यसबाट ज्ञान भनेको किताबमा मात्र होइन, ज्ञान जहाँसुकै हुन्छ भन्न खोजिएको हो ।’

कार्यान्वयन कसरी हुन्छ ?

अहिले कक्षा १ देखि ३ सम्म १०० प्रतिशत नै आन्तरिक मूल्यांकन हुन्छ । त्यस्तै ४ देखि ८ सम्म ५० प्रतिशत आन्तरिक मूल्यांकन हुन्छ भने कक्षा ९ देखि १२ सम्म २५ प्रतिशत आन्तरिक मूल्यांकन हुने व्यवस्था छ ।

अहिलेसम्म विद्यार्थीले गरेको प्रोजेक्ट वर्कका आधारमा आन्तरिक मूल्यांकन हुँदै आएको छ । त्यसका लागि मापदण्ड अनुसार नै नम्बर दिने गरिएको छ ।

विद्यार्थीको कक्षाकोठामा भएको उपस्थिति, विद्यार्थीले दिने परीक्षाहरू लगायतलाई आधार मानेर आन्तरिक मूल्यांकन गर्ने गरिएको छ ।

अब घरायसी कामका आधारमा गरिने मूल्यांकनमा आन्तरिक मूल्यांकनको नम्बरबाट निश्चित अंक छुट्ट्याइनेछ ।

कक्षा ६ देखि ८ सम्मको हकमा ३६ नम्बरको प्रोजेक्ट वर्क हुन्छ । त्यहीभित्रबाट ८ नम्बरको घरायसी कामको मूल्यांकनका लागि छुट्ट्याइने महानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार यो गणित, विज्ञान र सामाजिक विषयमा मात्रै लागु गर्न खोजिएको हो ।

त्यस्तै कक्षा ९ र १० को हकमा १६ नम्बरको प्रोजेक्ट वर्क हुन्छ । त्यसबाट ३ वा ४ नम्बर घरायसी कार्यका लागि छुट्ट्याइने उनको भनाइ छ ।

‘अब प्रोजेक्ट वर्क २ खालको हुने भयो । एउटा विद्यार्थीले क्लासमा गर्ने वर्कको आधारमा हुने भयो । अर्को भनेको घरमा गर्ने कार्यका आधारमा हुने भयो,’ महानिर्देशक श्रेष्ठले भने ।

घरायसी कार्यको मूल्यांकन एकदमै सहज बनाउन खोजिएको उनको भनाइ छ । विद्यार्थीलाई घरायसी काम गरेको विवरण राख्न लगाइने उनले बताए । त्यही आधारमा शिक्षकले विद्यार्थीको मूल्यांकन गर्नेछन् ।

कक्षा ६ देखि ८ कक्षासम्मको हकमा एक घण्टा काम गरे बापत ०.४ नम्बर दिने व्यवस्था मिलाइएको छ । त्यस्तै कक्षा ९ र १० को हकमा एक घण्टा काम गरे बापत ०.२ अंक दिने भनिएको छ ।

यसले कसरी क्वालिटी कन्ट्रोल गर्छ ?

महानिर्देशक श्रेष्ठका अनुसार घरायसी कामको मूल्यांकन गर्नु भनेको एक प्रकारको इन्टर्नसीप हो । घरायसी कार्यका लागि शिक्षक घर–घरमा गएर हेर्नेभन्दा पनि स्थानीयको सहकार्यमा अघि बढाइने उनको भनाइ छ ।

मूल्यांकन गर्दा भने शिक्षकले अभिभावकसँग छलफल गर्ने श्रेष्ठले बताए । ‘कापीमा टिपाएको समयमा विद्यार्थीले काम गरेको थियो वा थिएन भनेर शिक्षकले अभिभावकसँग रूजु गर्ने हो,’ उनले भने, ‘यसले अभिभावकलाई समेत जिम्मेवार बनाउँछ । अहिलेसम्म मूल्यांकनमा अभिभावकको कुनै भूमिका छैन । अब अभिभावकको समेत भूमिका देखाउन खोजेका हौँ ।’

क्वालिटीको आधारमा भन्दा पनि समयका आधारमा मूल्यांकन गरिने उनको भनाइ छ ।

यसको प्रभावकारिता

शिक्षकहरूलाई मूल्यांकन कसरी गर्ने भन्नेमात्रै सिकाएर नहुने महानिर्देशक श्रेष्ठ बताउँछन् । मूल्यांकन गर्दा हुने फाइदाका बारेमा बुझाउनै नसकिएको उनको भनाइ छ । जसले गर्दा आन्तरिक मूल्यांकन प्रभावकारी नदेखिएको उनले बताए ।

‘विद्यार्थीहरूमा सक्षमता विकास गर्नुपर्ने छ । प्रोजेक्ट वर्क गर्दा त्यो कुराहरूको विकास हुन्छ । यसको महत्त्व शिक्षकहरूले बुझ्न सकेका छैनन्,’ उनले भने, ‘शैक्षिक सिकाइ भनेको ज्ञानमात्रै हो भन्यो भने हुँदैन । शैक्षिक सिकाइ भनेको ज्ञानसँगै सिप पनि हो भन्यो भने हो । यो त स्किलको लागि हो ।’

यसका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले अध्ययन गरेको थियो । त्यस क्रममा दिनमा दुई घण्टा घरको काम गर्ने विद्यार्थीको उपलब्धि बढी देखिएको थियो । जसले गर्दा घरायसी कार्यलाई आन्तरिक मूल्यांकनमा समावेश गर्न सहयोग पुगेको महानिर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?