ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

स्वतस्फूर्त मानिसहरू ठूलो संख्यामा जम्मा भएर रिडी मेला लाग्ने गर्दछ । पाल्पा, गुल्मी र स्याङजा जिल्लाको सम्मिलन भएको ठाउँ रिडी खोला र कालीगण्डकी नदीको संगमस्थल रिडी, जसलाई बेलायती लेखक पर्सिभल लण्डनले नेपाल सम्बन्धी आफ्नो पुस्तकमा नेपालको वनारस भनेर चिनाएका छन् । रिडी आसपासका ठाउँहरू पनि धार्मिक एवम् पौराणिक महत्वका रहेकोले पनि यो सानो उपत्यकालाई रुरुक्षेत्र पनि भन्ने गरिन्छ । रिडी (रुरु क्षेत्र) एउटा पवित्र तीर्र्थस्थलका रूपमा स्नान एवम् दर्शनका लागि वर्षैभरी मानिसहरू जाने गर्दछन् । रिडीमा पाल्पाली राजा मणिमुकुन्द सेनले बनाएको गुम्बज आकारको ऋषिकेश मन्दिरका साथै गायत्री मन्दिर, शिवालय, भिमसेन मन्दिर, भगवती मन्दिर, गणेश भैरव मन्दिर, सत्यश्वर मन्दिर, सुगन्धबिहार, बुद्ध स्तुपा, विभिन्न पौवाहरू, राममन्दिर, विभिन्न महादेव मन्दिरहरू जस्तै गुप्तेश्वर महादेव मन्दिर, रुरुकन्या मन्दिर, गल्फुले गुफा, देवदत्त र रुरुकन्याका मूर्तिहरू जस्ता धेरै धार्मिक महत्वका स्थलहरू छन् । रिडी नजिकै कमलपोखरी, और्व ऋषिको तपस्यास्थल अर्गली, राममन्दिर रुद्रवेणी, श्रृंगेश्वर ऋषिको तपस्यास्थल बलेटक्सार लगायतका महत्वपूर्ण धार्मिक एवम् ऐतिहासिक स्थलहरू रहेका छन् ।
नेपालका मुख्य चारवटा पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, रुरुक्षेत्र र बराह क्षेत्रमध्ये कालीगण्डकी किनारमा अवस्थित मुक्तिनाथ र रुरुक्षेत्र हुन् । रुरुक्षेत्र जसलाई सामान्यतया रिडी भन्ने गरिन्छ । एउटा रुरु नामकी परिकन्याको नामबाट रुरु नाम रहनगएको किम्बदन्ती छ । यस अनुसार उनको जन्म प्रमलोचा नामक परिबाट भएको र हरिणले हुर्काएकी थिइन् । यी कन्याबाट खुसी भएका भगवान विष्णुले बरदान माग्न भन्नुभएको र यीनै रुरुकन्याले भगवान विष्णुलाई सँधै रिडीमा बस्न आग्रह गरेकी हुनाले ऋषिकेशवको स्वरूपमा भगवान विष्णु ऋषिकेशव मन्दिरभित्र चार हातभएका प्रस्तर मूर्तिमा हुनुहुन्छ भन्ने विश्वास गरिन्छ । अर्को भनाई अनुसार भगवान विष्णुका भक्त राजा मणिमुकुन्द सेनले कालीगण्डकी स्नानका क्रममा भगवान विष्णुको मूर्ति प्राप्त गरी मन्दिर स्थापना गरेको भन्ने विश्वास पनि छ । यस क्षेत्रमा देवदत्त नामका एउटा ब्राह्मणले तपस्या गर्दथे । भगवान इन्द्रलाई यो कार्य मन परेन । त्यसैलै देवदत्तको तपस्या भंग गर्नका लागि इन्द्रले सुन्दर गीत गाउने कामूक परीहरू पठाई तपस्या तोडिदिएको र पुनः भगवान शिवसँग प्रार्थना गरी देवदत्तले गरेको तपस्याबाट प्रसन्न भै सहश्रलिंग बरदान दिएकोले भृगतुंगेश्वर शिवको स्थापना भयो । अहिले पनि भृगतुंगेश्वर महादेव अर्को धार्मिक महत्वको स्थल यही रिडीमा छ । त्यहाँ नदीमा स्नान गरी यी लिंगहरूको पुजा गर्नाले वरदान पाइन्छ भन्ने विश्वास छ । त्यसैगरी कालीगण्डकी नदीमा पाइने शालीग्रामलाई समेत भगवान विष्णुको प्रतिमूर्तिका रूपमा विशेष महत्वका साथ पुजा गर्ने गरिन्छ । यो शालीग्राम कालीगण्डकी बाहेक नेपाल र विश्वका अन्य कुनैपनि नदीमा पाइदैन ।
हिन्दु धर्मावलम्बीहरूका लागि नदी, तालखोला, पानीका मुहान सबै पवित्रस्थलहरू हुन् । त्यसैले ती क्षेत्रमा फोहर नगर्ने, धार्मिक महत्वकासाथ स्नान गर्ने, पुजापाठ गर्ने, जलको उपयोग गर्ने, दाहसंस्कार र श्राद्ध गर्ने चलन छ । त्यसमाथि कालीगण्डकी सभ्यताको महिमा ठूलो छ । रिडीमा हरिबोधनी एवम् हरिसयनी एकादशी, जेठी सक्रान्ति, माइली सक्रान्ति र कान्छी सक्रान्ति गरी तीन दिनसम्म मनाइने माघे सक्रान्ति, माघे औंशीमा विशेष मेला लाग्दछ भने अन्य सबै दिनमा कालीगण्डकी स्नान र ऋषिकेश दर्शन गर्नेका भीड लागिरहन्छ । मृत ब्यक्तिको दाहसंस्कार रिडीमा कालीगण्डकीमा गर्नाले मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वासका साथ पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङजाका मानिसहरूले मात्र नभै भर्खरभर्खर तराईतिर बसाइसराई गरका मानिसहरूले तराईबाट समेत रिडीमा दाह संस्कारका लागि शव लैजाने चलन छ । भनिन्छ– कुनै दिन रिडीमा लास जलेन भने पुत्ला बनाएर भएपनि जलाउने गरिन्छ ।
मकर सक्रान्ति अर्थात् माघे सक्रान्तिका तीन दिन कालीगण्डकीमा स्नान गर्नाले मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । रिडीमा माघे सक्रान्ति, माघे औंशी र कार्तिक ठूलो एकादशीको द्वादसीका दिन विशेष मेला लाग्दछ । माघे सक्रान्ति मेलाका तीन दिनसम्म हजारौंको संख्यामा मानिसहरू भेला हुन्छन् । टाढाटाढाबाट आएका मानिसहरूको नुहाउने भीड नदी किनारभरी देखिन्छ भने स्नान पश्चात् ऋषिकेशको दर्शन गर्ने र सयौंको संख्यामा खोलिएका अस्थायी पसलहरूबाट आफूलाई आवश्यक सामग्री किन्ने चलन देखिन्छ । सामान्यतया भेंडाको ऊनबाट बुनिएका कम्बल, बाँसबाट बनेका घरायसी सामान, काँगियो, डोको डालो, नाङ्लो आदि, ओखर जिम्मु लगायत हिमाली जडिबुटी, स्थानीय गुँड, उखु, लगायत खानेकुरा, फेन्सी कपडा पसल, खेलौनाहरू लगायत सामग्रीको ब्यापारका साथै खेल तथा साँस्कृतिक कार्यक्रमका रमाइलोका साथै समूह समूहमा गरिने रमाइलो पनि माघे सक्रान्ति मेलाका आकर्षण हुन् । माघे औंशीका दिनमा पनि धेरै मानिसहरू कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेश दर्शन गर्ने भएकोले कतिपय पसलहरू माघे सक्रान्तिदेखि औंशीसम्म पसल राखिरहेका हुन्छन् । त्यसैगरी कार्तिक ठूलो एकादशीको दोस्रो दिनमा यहाँ ऋषिकेश रथयात्रा हुने र भण्डारा लगाइने गरिन्छ । यस दिन हजारौं मानिसहरू रथयात्रामा सहभागी हुन्छन् । पछिल्ला केही बर्षमा रिडीमा निर्माण गरिएको पाल्पा, गुल्मी र स्याङ्जा जिल्लालाई जोड्ने तीनमुखे पुल थप आकर्षणको वस्तु बनेको छ । पुलबाट तीनवटै जिल्ला जाने, पुलमा फोटो खिच्ने र पुलबाट नदीको बहाव तथा परपरको भूगोल र बजार क्षेत्र अवलोकन गर्दा सबैलाई आनन्द आउँछ । रिडीमा भक्तिनी भनेर चिनिने बृद्धबृद्धाहरूका लागि बासस्थान (आश्रम) उपलब्ध छ । यी जेष्ठ नागरिकहरू गण्डकी स्नान गर्ने, देवालयमा दर्शन गर्ने र बत्ती कातेर दिनचर्या बिताउने गरेको पाइन्छ । धार्मिक अनुष्ठानमा सहभागी हुने, साँझ बिहान भगवानको नाम जप्ने, प्रार्थना गर्ने गर्दछन् । परिवारका सदस्य,, आफन्तको सहयोगमा बाँचेका यी समूहलाई श्रद्धालुहरूले स्वेच्छिक रूपमा सहयोग गर्ने गरेको पनि देखिन्छ । यस प्रकारको मानव सेवाका साथै यहाँ गौशाला ब्यवस्थापन गरिएको छ । आजकल गुरुकुल शिक्षा प्रदान गर्ने गरिएको छ । रिडीमा संस्कृत विद्यापिठ सञ्चालनमा छ ।
बुटवल–पाल्पाहुँदै तम्घास र बुटवल–पाल्पा–रिडी हुँदै बागलुङ बुर्तिबाङ जाने नियमित सवारी साधन वा निजी साधनबाट, स्याङजाको कोटाकोट र कारिकोटतर्फबाट र अर्घाखाँचीको छत्रदेवबाट समेत रिडीका लागि सडक विस्तार भएको छ । साविक लुम्बिनी अञ्चलका सबै जिल्ला, स्याङजाको पश्चिमी क्षेत्रबाट एकै दिनमा पुगेर गण्डकी स्नान, देवदेवीको दर्शन र घरेलु आवश्यकताका सामग्रीको खरिदसमेत गरेर साँझ घरमै फर्कन सकिने अवस्था बनेको छ । तसर्थ अहिले मानिसहरू हतारमा हिंडिरहेको देखिन्छ । तसर्थ पहिलाको लामा चौपारी र बगरमा रातभर हुने रमाइलो अहिले हराएको छ । स्थानीय क्लब तथा संघ संस्थाहरूले कहिलेकाँही साँस्कृतिक कार्यक्रम राख्ने गरेतापनि उहिलेको मौलिक मनोरञ्जन भने अचेल अनुभव गर्न पाइदैन । त्यसो त त्यहाँका पुराना पहेंली पौवा जस्तै अरू पौवाहरू, चौपारी, गौमुखे धाराहरू पनि भेटिदैनन् । कालीगण्डकी जलविद्युत परियोजनाले पानी थुनेर बेलटारीमा खसालेपछि रिडीमा मुक्तिनाथको जलआउन छाडेको छ । जलप्रवाह रोकिएपछि तटीय क्षेत्रको वातावरण, शालीग्राम र माछा पनि प्रभावित बनेको छ । तथापि मानिसहरूको श्रद्धा भक्ति घटेको छैन । यदि माघे सक्रान्ति, माघे औंशी, एकादशीहरूमा विद्युत प्राधिकरणको समन्वयमा मिर्मी बाँधबाट केही जलप्रवाह हुन दिने ब्यवस्था मिलाउन सक्ने हो रिडी, रुद्रवेणी, रानीघाटको धार्मिक महत्वका साथै तटीय क्षेत्रको पर्यावरणीय अवस्थामा पनि थप सकारात्मक प्रभाव पर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?