ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

गुल्मी, ०१ माघ ।
मकर संक्रान्तिको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रुरु क्षेत्रमा मकर संक्रान्ती मेला शुरु भएको छ । कालीगण्डकी नदीमा स्नान गर्न र पूजा अर्चनाका लागि गुल्मी लगायत टाढाटाढादेखि मानिसहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।
मकर संक्रान्तिको अवसरमा रुरु क्षेत्रको कालीगण्डकी नदीमा एकाबिहानैदेखि बेलुका अबेरसम्म स्नान गरिरहेका हुन्छन । रुरु क्षेत्रमा रहेको कालीगण्डकी नदीमा स्नान गरेपछि मानिसहरू नजिकै रहेको ऋषिकेश मन्दिरमा दिनभर पूजाआजा अर्चनाका लागि जाने गर्दछन । कालीगण्डकी नदीमा स्नान गरेमा आफूले अञ्जानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । माघी संक्रान्ति पर्व हिन्दू धर्मावलम्बीहरूको लागि एक विशेष महत्व राख्दछ । यस अवसरमा भक्तजनहरू नदीमा स्नान गरि र पूजाअर्चना गर्छन । मेलामा यसपटक पनि विभिन्न प्रतियोगिता, धार्मिक पूजा र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने भएको छ । सबैको लागि यो मेलाले विशेष पारिवारिक र सामाजिक भेटघाटको अवसर जुराउने गर्दछ ।
माघी सँङ्क्रान्ती मेलाले स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र धार्मिक आस्थालाई जीवन्त बनाउने गर्दछ । रिडी क्षेत्र धार्मिक दृष्टिकोणबाट एक महत्वपूर्ण स्थलको रूपमा परिचित छ । यहाँ प्राचीन मन्दिरहरू र पूजा स्थलहरू पनि रहेका छन् जसका कारण रुरुक्षेत्र एउटा धार्मिक आस्थाको केन्द्र बनेको छ । यहाँका धार्मिक पर्व र मेलाहरूले स्थानीय संस्कृतिको संरक्षण र विकासमा योगदान पुराउँदै आएका छन ।
चार धाम मध्यको एक धाम
रुरुक्षेत्र चारधाम मध्यको एक धाम मानिन्छ । यस पबित्र धार्मिक स्थल पुगेर पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । त्यसै आस्था र विश्वासका कारण कालीगण्डकीमा स्नान गर्नका लागि भारतको अयोध्या र वनारसबाट समेत भक्तजनहरू आउने गर्दछन । रुरुक्षेत्र गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल हो । यहाँ विषेशगरि जेठी, माईली र कान्छी संक्रान्ति गरि तीन दिनसम्म मकर संक्रान्ति पर्व मनाईन्छ । भक्तजनहरू यहाँ आस्थाका साथ पूजा र स्नान गर्नका लागि जाने परम्परा छ ।
माघी सँङ्क्रान्तीमा कालीगण्डकी नदीमा स्नान गर्दा, भक्तजनहरूलाई पापहरूबाट मुक्ति मिल्छ भन्ने विश्वास छ । यसले मानिसको जीवनमा शुद्धता र शान्ति ल्याउँछ । यहाँ पूजा अर्चना गर्दा भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता छ । यसले भक्तजनहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक लाभ पुर्याउँछ । रुरु क्षेत्रमा हजारौं भक्तजनहरूको जमघट हुन्छ । जसले समुदायमा आपसी मेलमिलाप र सामाजिक एकता समेत बढाउँछ । भक्तजनहरूले यहाँ पुग्दा आफूलाई पवित्र मान्दै, परिवारको सुख–शान्तिको कामना गर्छन ।
कृषि मेला प्रर्दशनी
मकर सँक्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा जिल्ला स्तरी कृषि मेला प्रर्दशनी राखिने भएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना लगायतका विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा रैथानेवाली संरक्षणका लागि प्रर्दशनी राखिने भएको हो । प्रर्दशनीमा स्थानीय सुन्तलाजात फलफुल, तरकारी, खाद्यान्न तथा विउवीजन लगायतका स्थानीय रैथाने वस्तुहरू प्रर्दशन गरिने रुरुक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो । प्रर्दशनका लागि कृषकहरूले आफ्ना कृषि उपजहरू मेलामा लैजाने गर्दछन ।
व्यापार प्रबद्र्धन
छ दिनसम्म सञ्चालन हुने मेलामा व्यापारका लागि मानिसहरू टाढाटाढाबाट रुरुक्षेत्रमा आईसकेका छन मेलामा विशेषगरि उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयाँवाट निर्मित सामग्रिहरू, ओखरका घाँजी, गुड, सुन्तला लगायतका वस्तु बिक्रिका लागि राखिने गर्दछ । मेला अबधिभर यस्ता प्रकारका वस्तुहरूको यस क्षेत्रमा राम्रो व्यापारहुने गर्दछ ।
मेलामा अर्घाखाँची, प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका जिल्लाहरूबाट व्यापारीहरू आउने गर्दछन । गिठीको काठबाट बनाएका ठेकाहरूको पनि मेलामा राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त फेन्सी कपडा किन्नेहरूको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।
तीनमुखे पुल
रुरुक्षेत्रमा रहेको तीनमुखे झोलुङ्गे पुल रुरु क्षेत्रको महत्वपूर्ण संरचना हो । यो पुल कालीगण्डकी नदीमाथि बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने यो पुलले त्यस क्षेत्रको महत्वपूर्ण मार्ग हो । उक्त पुलले रुरु क्षेत्रलाई यात्रा र व्यापारलाई थप सजिलो बनाएको छ । यो पुल हेर्नका लागि हजारौं मानिसहरू रुरुक्षेत्रमा आउने गर्दछन ।
पछिल्लो समयमा आन्तरिक एवं वाह्य पर्यटकहरूका लागि यो पुल मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको छ । यसले पर्यटन क्षेत्रको प्रबद्र्धनका साथै रुरु क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुराएको छ । यस पुलबाट तीनै जिल्लामा रहेका विभिन्न धार्मिक स्थलहरू र मन्दिरहरूलाई नजिक बनाएको छ । जसका कारण स्थानीय समुदायलाई पनि आवतजावत गर्न थप सहज बनेको छ । पुल अवलोकनका लागि मेलाभर मानिसहरूको घुँईचो लाग्ने गर्दछ ।
छ दिनसम्म मेला सञ्चालन
उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेण्डस क्लव र फ्रेण्डस क्लब रिडीको संयुक्त आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो । मकर संङ्क्रान्तीको अवशरमा कारीकोट स्पोर्टस क्लवले स्याङ्जाले ठूलो राशीको पुरस्कार सहित भलीवल प्रतियोगिता समेत सञ्चालन गर्ने जनाएको छ । त्यसैगरी रुरुक्षेत्रमा पाल्पाको स्थानीय वडा कार्यालयको तर्फबाट रमाईलो मेला समेत सञ्चालन गर्ने भएको छ । माघ एकदेखि ६ गतेसम्म सञ्चालन हुने रिडी मेलामा यस पटक निशुल्क रूपमा राष्ट्रिय एवं स्थानीय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने रुरु फ्रेण्डस क्लवका सल्लाहकार सुन्दर कशजुले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?