ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

लन्डन, १ माघ ।

बेलायतका राजा चार्ल्स तृतिय पोल्याण्ड भ्रमणमा जाने भएका छन्।

पोल्याण्डको आशविट्ज़–बिरकेनाउ मुक्तिको ८० औं वार्षिकोत्सव मनाउने समारोहमा भाग राजा चार्ल्स तृतियाले भाग लिन जान लागेका हुन्।

बकिंघम प्यालेसले जारी गरेको विज्ञप्ति अनुसार सो क्रममा पूर्व जर्मन नाजी यातना शिविरको पहिलो भ्रमण गर्न लागेका हुन्।

क्यान्सर उपचार गराइरहेका राजा चार्ल्सले जनवरी २७ को सम्झनामा हुने विशेष कार्यक्रममा सहभागिताका साथै विश्वका धेरै नेताहरूसँग पनि भेटवार्ता गर्नेछन्। सो क्रममा पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग वार्ता गर्ने बेलायती दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सन २०१० पछि पोल्याण्डमा यो यात्रा हुन लागेको हो र बेलायती राष्ट्र प्रमुखको पोल्याण्डको यो पाँचौं यात्रा हो। सोभियत रेड आर्मीले आशविट्ज़ बिरकेनाउलाई मुक्त गरेको ८० औं वर्षको स्मरण समारोहमा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

दोस्रो विश्वयुद्धमा पोल्याण्डमा आक्रमण गरेपछि नाजी जर्मनीले यहाँ मृत्यु शिविर निर्माण गरेको थियो, यो शिविर नाजी जर्मनीको ६० लाख युरोपेली यहूदीहरूको नरसंहारको प्रतीकको रूपमा लिइन्छ। जसमध्ये १० लाख १९४०–१९४५ बीचमा मारिएका थिए भने, साथै १ लाख गैर यहूदीहरूलाई पनि यही नरसंहार गरिएको विश्वास गरिन्छ।

यसैगरी, गत हप्ता पोल्याण्ड सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि सो समारोहमा भाग लिन निम्ता दिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत नोभेम्बरमा जारी गरेको पक्राउ पुर्जीको बाबजुद पनि यो समारोहमा उपस्थित हुन चाहेमा इजरायली अधिकारीलाई सुरक्षा दिइने जनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?