ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

गुल्मी, १ माघ ।

मकर (माघे सङ्क्रान्ति) को अवसरमा गुल्मीको पवित्र धार्मिक स्थल रुरुक्षेत्रमा आज बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्न र पुजाअर्चनाका लागि गुल्मी लगायत टाढाटाढादेखि आएका भक्तजनहरुको बिहानैदेखि नदी किनारमा बाक्लो उपस्थिति रहेको छ ।

मकर सङ्क्रान्तिको अवसरमा रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्न र पुजाआजाका लागि बिहानदेखि बेलुका अबेरसम्म नदी र मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रुरुक्षेत्रमा रहेको कालीगण्डकी नदीमा स्नान गरेपछि मानिसहरु नजिकै रहेको हृषीकेश मन्दिरमा पुगेर पुजाआजा गर्ने परम्परा छ ।

रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गरेपछि आफूले अञ्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास रहिआएको छ । त्यही आस्था र विश्वासका कारण यहाँ नेपालका विभिन्न ठाउँ लगायत भारतको अयोध्या र बनारससम्मबाट तिर्थालुहरु यहाँ स्नान गर्नका लागि आउने गर्दछन् ।

मकर सङ्क्रान्ति पर्वले हिन्दू धर्मावलम्बीहरूको लागि एक विशेष महत्व राख्नुका साथै स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र धार्मिक आस्थालाई जीवन्त बनाउन मद्दत पुर्याएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्र धार्मिक दृष्टिकोणबाट एक महत्वपूर्ण स्थलका साथै एउटा धार्मिक आस्थाको केन्द्र बनेको छ । जसका कारण यस क्षेत्रका मानिसहरुका लागि यो पर्व विशेषगरी पारिवारिक र सामाजिक भेटघाटको अवसर जुराउने स्थल पनि हो ।

रुरुक्षेत्र चारधाम मध्येको एक धाम मानिन्छ । यस पवित्र धार्मिक स्थल पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भइन्छ भन्ने जनविश्वास छ । त्यसै आस्था र विस्वासका कारण कालीगण्डकीमा स्नान गर्न भक्तजनहरुका लागि आजको दिन बिशेष मानिन्छ । यहाँ विषेशगरी जेठी, माइली र कान्छी गरी तीन दिनसम्म मकर सङ्क्रान्ति पर्व मनाइन्छ । माघे सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्दा मानिसको जीवनमा शुद्धता र शान्ति ल्याउँने र पूजा अर्चना गर्दा भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता छ । भक्तजनहरूले यहाँ पुग्दा आफूलाई पवित्र मान्दै परिवारको सुख–शान्तिको कामना समेत गर्छन् ।

कृषि मेला प्रदर्शनी

मकर सङ्क्रान्ति पर्वको अवसरमा रुरुक्षेत्रमा जिल्लास्तरी कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र एवं प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना लगायतका संस्थाहरुको आयोजनामा प्रदर्शनी राखिएको हो । प्रदर्शनीमा रैथाने बाली, स्थानीय सुन्तलाजात फलफूल, तरकारी, खाद्यान्न तथा बिउबिजन लगायतका वस्तुहरु राखिएको छ । प्रदर्शनीका लागि कृषकहरुले आफ्ना कृषि उपजहरु मेलामा लिएर आएका छन् ।

छ दिनसम्म सञ्चालन हुने माघे सङ्क्रान्ति मेलामा व्यापारका लागि मानिसहरु टाढाटाढाबाट रिडीमा आइसकेका छन् । माघे सङ्क्रान्तिको अवसरमा विशेषगरी उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयाँवाट निर्मित सामग्रीहरु, ओखरका घाँजी, गुड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

मेलामा अर्घाखाँची, प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट मानिसहरु व्यापारका लागि रुरुक्षेत्रमा आईपुगेका छन् ।

तीन मुखे पुल

रुरुक्षेत्रमा रहेको तीनमुखे झोलुङ्गे पुल रुरु क्षेत्रको महत्वपूर्ण संरचना हो । यो पुल कालीगण्डकी नदीमाथि निर्माण भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने यो पुलले त्यस क्षेत्रको व्यापार व्यवसायलाई थप सहज बनाएको छ । यो पुल हेर्नका लागि हजारौं मानिसहरु रुरुक्षेत्रमा आउने गर्दछन् ।

पछिल्लो समयमा आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि यो पुल मुख्य पर्यटकीय स्थल बनेको छ । उक्त पुलले तीनै जिल्लामा रहेका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरूलाई समेत जोडेको छ । पुल अवलोकनका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेण्डस क्लव र फ्रेण्डस क्लव रिडीको संयुक्त आयोजनामा रिडीमा छ दिनसम्म मेला सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?