ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

माघीमा मस्त थारु गाउँ

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

लमही, ०१ माघ ।
तराइको थारु बस्तिमा माघीको रौनकता छाएको छ । दाङको देउखुरी लगायत बाँके, बर्दिया, रूपन्देही, नवलपरासी, कपिलवस्तुमा माघी पर्वले चहलपहल बढाएको छ । कामको लागि गाउँ बाहिर गएकाहरू घर फर्किइसकेका छन् ।
थारू समुदायको मौलिक चाड माघी पर्वले सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई उजागर गर्दै राष्ट्रिय एकताको प्रतीकका रूपमा मनाइन्छ । पुस महिनाको अन्तिम दिन सुरु हुने यस पर्व थारू समुदायको नयाँ वर्षको रूपमा समेत परिचित छ ।

माघी पर्वले थारू समुदायको मौलिक पहिचान झल्काउँदै पारिवारिक सम्बन्ध, आपसी प्रेम र समाजिक सहकार्यलाई बलियो बनाउने थारु बुद्धिजीवी छबिलाल कोपिला बताउँछन् । उनले माघीथारू समुदायको नयाँ र आर्थिक वर्ष लिने गरेको बताए । थारू समुदायका मानिसहरूले विशेष परिकारहरू तयार गर्छन्, जस्तै ढिक्री, माछा, घोंगी, चिचर र स्थानीय परिकारहरू ।

माघीको मुख्य विशेषता पारिवारिक भेला र नयाँ सुरुवात हो । यस दिन परिवारका सदस्यहरू भेला भएर आफ्नो परिवारको नेतृत्व गर्ने व्यक्ति (मुखिया) चयन गर्छन्, आर्थिक तथा सामाजिक योजनाहरू बनाउँछन् र पुराना समस्याहरू समाधान गर्ने प्रयास गर्छन् ।

माघी पर्वको सांस्कृतिक महत्त्वसँगै आर्थिक योगदान पनि रहेको छ । मेलापर्वको आयोजना, थारू परिकारको व्यापार र स्थानीय उत्पादनको प्रदर्शनले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउँछ । साथै, यो पर्वले थारू समुदायको सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न पनि मद्दत पु¥याएको छ ।
नेपाल सरकार र स्थानीय तहहरूले माघी पर्वको संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

थारू समुदायका सांस्कृतिक सम्पदाहरूको जगेर्ना गरी यस पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने प्रयास भइरहेको छ ।
माघी केवल चाडपर्व मात्र नभई सामाजिक एकता, सांस्कृतिक विविधता र आर्थिक समृद्धिको सन्देश बोकेको महŒवपूर्ण अवसर हो । यसले नेपाली समाजमा सहिष्णुता र सहअस्तित्वको भावना बलियो बनाउने विश्वास गरिन्छ ।
थारू समुदायको यस मौलिक पर्वलाई राष्ट्रव्यापी रूपमा मनाउने परिपाटीले नेपालका विभिन्न जातजाति र संस्कृतिहरूबीचको सहकार्यलाई झल्काउँछ। माघी पर्वले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने सामथ्र्य राख्छ।माघी पर्वको ऐतिहासिक पृष्ठभूमि माघी पर्व थारू समुदायको प्राचीन चाड हो, जसको इतिहास थारू समुदायको उत्पत्तिसँग गहिरो सम्बन्ध राख्दछ। थारूहरूको मूल स्थान तराई क्षेत्र भएको र उनीहरू प्राचीन कालदेखि नै कृषि प्रधान जीवनशैलीमा आधारित रहेकाले माघी पर्वले खेतीपाती, मौसम चक्र, र सामुदायिक जीवनशैलीलाई अभिव्यक्त गर्दछ ।
माघी पर्वको सुरुवातलाई कृषि युगसँग जोड्न सकिन्छ। पुस महिनामा वर्षभरि गरिएको मेहनत र खेतीपातीको फसलबाट प्राप्त उत्पादनलाई आत्मसात् गर्दै नयाँ वर्षको स्वागत गर्न थारूहरूले यो चाड मनाउने चलन चलाए ।
माघी पर्वले विशेषगरी प्राचीन थारू समाजमा पारिवारिक तथा सामाजिक संरचनालाई व्यवस्थित गर्ने परम्परा बोकेको छ। परिवारका सदस्यहरू एक ठाउँमा भेला भएर भविष्यका योजना बनाउने र पारिवारिक जिम्मेवारी बाँडफाँड गर्ने परिपाटी यस पर्वमा महत्वपूर्ण मानिन्छ ।

थारू समुदायले माघ महिनालाई शुद्धता, पुनर्जन्म, र नवीनताको प्रतीक मानेका छन् । यस पर्वमा विशेषगरी “गंगा स्नान“ (नदी, पोखरी, वा तलाउमा स्नान) गरेर आत्मशुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । थारूहरूको विश्वासअनुसार, माघ महिनाको सुरुवातले पुराना दुखलाई टाढा लगेर समृद्धि र खुशी ल्याउँछ ।
थारू समुदायको इतिहाससँग सम्बन्धित पुराना कथाहरू, किम्बदन्ती र संस्कारहरूले माघी पर्वलाई थारूहरूको सामाजिक एकता र सांस्कृतिक अस्तित्वको प्रतीकका रूपमा चित्रण गरेका छन् । थारूहरूको इतिहासका दस्तावेज र मौखिक परम्पराले यस पर्वलाई ‘नयाँ वर्षको चाड“ र “समृद्धिको प्रतीक’ को रूपमा चित्रण गर्छ । थारू समुदायको इतिहासमा माघी पर्वले सामूहिक निर्णय गर्ने थलोका रूपमा भूमिका खेलेको देखिन्छ । ऐतिहासिक रूपमा, यो पर्वको अवसरमा गाउँका मुखिया चयन गर्ने, सामाजिक समस्या समाधान गर्ने र नयाँ योजनाहरूको घोषणा गर्ने चलन थियो ।
समयसँगै माघी पर्वले थारू समुदायमा मात्र सीमित नभई सम्पूर्ण नेपाली समाजमा विविधता र एकताको सन्देश दिन थालेको छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने अन्य जातजातिले पनि माघी पर्वलाई सम्मानका साथ मनाउन थालेका छन् ।
यसरी, माघी पर्व केवल धार्मिक वा सांस्कृतिक चाड नभई थारू समुदायको ऐतिहासिक पहिचान, परम्परागत जीवनशैली र सामाजिक संरचनाको प्रतिबिम्ब हो। यो चाडले थारू समुदायको विगतलाई सम्झने र भविष्यको यात्रालाई समृद्ध बनाउने प्रेरणा प्रदान गर्दछ ।
आधुनिकता र भूमण्डलीकरणले सांस्कृतिक विविधतालाई सम्मान गर्ने अवसर सिर्जना गरे पनि केही मौलिक चाडपर्वहरू अझेलमा पर्ने स्थिति आएको छ। थारू समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा माघी पर्वसमेत आधुनिकतासँग जुध्दै आफ्नो मौलिकता जोगाउने संघर्षमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?