ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

काठमाडौं, १ माघ ।

चलचित्र ‘कार्साङ’ को टिम माघ २ गते पूर्वका विभिन्न हलमा पुग्ने भएका छन्।

फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएकी छिन्।

उनले खुशी व्यक्त गर्दै भनिन्, “यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।”

‘कार्साङ’ चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्छ।

यस फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन्। ‘कार्साङ’ को रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ।

चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ। दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन्। निर्देशक यम शेर्पाले भने, “हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ।”

‘कार्साङ’ को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा विश्वास, समाजको परम्परा र आर्थिक गतिविधिहरू देखाइएको छ। समाजको बहिष्कार, द्वेष र परिवारमा देखिने विचलनको कुरा गर्दै मुख्य पात्रको स्वाभिमानको संघर्ष प्रस्तुत गरिएको छ। फिल्म पारिवारिक कथावस्तुमा आधारित छ र ग्रामीण परिवेशमा आधारित रहेको निर्देशक यम शेर्पाले बताए। यस फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।

‘कार्साङ’ फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स को प्रस्तुतिमा बनेको हो। फिल्मका निर्माता र छायाँकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?