ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

सैनामैना, १ माघ ।

रुपन्देहीको सैनामैना नगरपालिका–४, राधाकृष्ण मन्दिर उधान परिसरमा श्रीमदभागवत कथा ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती सुरु भएको छ ।

मन्दिर उधानमा आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले राधाकृष्ण मुर्ति प्राणप्रतिष्ठा तथा श्रीमदभागवत कथा ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती सोमबारदेखि सुरु भएको छ भने राधाकृष्ण मन्दिरमा जिर्ण बनेको मुर्तिको विधिपुर्वक प्राण प्रतिष्ठा गरिएको छ ।

आध्यात्मिक ज्ञान जिवनमा कार्यान्वयन गर्न सकियो भने जीवनलाई थप सार्थक बनाउन सकिने सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । श्रीमद्भागवत कथा ज्ञान महायज्ञको उद्घाटन गर्दै नगर प्रमुख शर्माले आधुनिक जिवनशैलीमा देखिएको भयावह मानसिक स्वास्थ्य सुधारका लागि ज्ञान, ध्यान र योगले ठुलो योगदान पुर्याउने जिकिर गरे ।

महायज्ञको माध्यमबाट धर्म, संस्कार र संस्कृतिको रक्षा गर्नुका साथै समाजमा रहेका विकृति विसङ्गति हटाउन धार्मिक कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै नगरले भौतिक विकाससंगै मानवीय विकासमा जोड दिएको बताए ।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक ऋषिराम न्यौपानेले शारिरिक स्वस्थ्य र मानसिक स्वास्थ्यको लागि योग एक महत्त्वपूर्ण पक्ष रहेको बताए । उनले भने, पछिल्लो समय मानसिक रोग सम्बन्धि स्वास्थ्य समस्या बढ्दो छ । मानिस शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वास्थ र सन्तुलित हुनुपर्छ र यो सबै योगकै माध्यमबाट सम्भव रहेकाले युवापुस्ता बालबालिका एवं सबैवर्गमा योग शिक्षाको आवश्यकता औंल्याए ।

माघे संक्रान्तिबाट देवताहरुको उदय र जागृत हुने समयमा रहेकाले विभिन्न पुजा, अनुष्ठ शुभाकार्य गर्ने उत्तम साइतमा मन्दिरमा मुर्ति स्थापना र महायज्ञ संचालन गरिएको प्रमुख कथाबाचक आचार्य विष्णुप्रसाद ज्ञवालीले बताए । उनले महायज्ञ जस्ता धार्मिक गतिविधिलाई बढाएर समाजलाई अनुशासित, नैतिकवान् बनाउनेतर्फ जानुपर्ने जोड दिए ।

समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन महायज्ञले महत्त्वपूर्ण भुमिका खेल्ने सैनामैना–४ का अध्यक्ष रामप्रसाद अधिकारीले बताए । महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोथको खाँचो रहने बताउँदै वडाको विकासको लागि आफू प्रतिबद्ध रहेको जनाए ।

महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक रामप्रसाद गौतमले धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञको पूर्वसन्ध्यामा बिहान विभिन्न आमा समुह, टोल विकास समिति, संघ संस्थाको सहभागितामा झाँकी सहित शोभा कलशयात्रासहित मुर्गिया परिक्रमा गरिएको थियो ।

महायज्ञको औपचारिक कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक रामप्रसाद गौतम, समितिका महासचिव लालप्रसाद पंगेनी कृष्णलगायतले महायज्ञ गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।

महायज्ञकै अवसरमा ध्यान तथा योग प्राणायाम, सामूहिक पुजा, मेरो स्वास्थ्य मेरो जिम्मेवारी बिषयक विद्यार्थी लक्षित प्रवचन, हरेक दिन श्रीमदभागवत कथा बाचन र साँझमा महाआरती र भजन किर्तन हुनेछ ।

महायज्ञमा प्रमुख कथाबाचक आचार्य विष्णुप्रसाद ज्ञवालीको संगितमय शैलीमा प्रवचन भइरहेको छ। माघ १ गतेदेखि सुरु भएको श्रीमद् भागवतमहायज्ञ यही माघ ७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?