ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

न्यु होराईजनमा मंगलबारदेखि छात्रा भलिबल हुने

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

बुटवल, २९ पुस। ३५ औं वार्षिक उत्सव को अवसरमा न्यु होराईजन बोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता हुने भएको छ। न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि तेस्रो जिल्ला स्तरीय स्कुल छात्रा भलिबल प्रतियोगिता २०८१ सहित बास्केटबल र टेबलटेनिस प्रतियोगिता हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गरि न्यु होराईजन बोर्डिङ स्कुल तथा क्लबका संरक्षक लोकनाथ उपाध्यायले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनसंगै राष्ट्रिय खेलाडी उत्पादनमा विद्यालय लागेको बताए। सरकारको ठुलो लगानी भएका विद्यालयबाट उपलब्धि नदेखिएको बेला आफुहरु प्रशिक्षक नियुक्ति गरेर नै निरन्तर लागेको उनले बताए। विद्यालयमा ४ दर्जन बढि खेलाडीलाई पुर्ण छात्रवृद्घि प्रदान गर्दै आएक‍ो समेत उनले बताए । क्लबमा हाल १७ जना खेल प्रशिक्षकहरु रहेको उनले बताए। विद्यालयबाट भलिबल खेलमा यु-१९ राष्ट्रिय टिममा सुर्य बिक, लेसमन राहदी र सागर रसाईली उत्पादन गर्न सफल भएको उनले बताए।

कार्यक्रममा भलिबल संयोजक जनक कुमार श्रेष्ठले उपाधि विजेताले नगद नगद ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए। यसैगरि उपविजेतालाई नगद २५ हजार रुपैया, तेस्रो टिमलाई नगद १५ हजार रुपैया तथा चौथो टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। माघ १ गतेदेखि ३ गतेसम्म संचालन हुने प्रतियोगितामा  १२ टिमहरु बिच उपाधि प्रतिस्प्रर्धा गर्ने छन। भलिबल खेल लग कम नकआउट र बेष्ट अफ फाईभको आधारमा खेलाईने उनले बताए। पहिलो संस्करणमा एभरेष्टले उपाधि चुमेको थियो। दोस्रो संस्करणमा न्यु होराईजन प्रथम भएको थियो।

यसैगरि बास्केटबलमा छात्रमा ६ र छात्रामा ४ टिम छन। बास्केटबलमा छात्रछात्रा तर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

बिसं २०६८ सालमा स्थापना भएको क्लब विधार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्मका रुपमा खेलकुद गतिविधिलाई अगाडी बढाएको क्लबमा संस्थापक अध्यक्ष प्रकाश खनालले बताए।

कार्यक्रममा प्राडा रामकृष्ण महर्जनले शारिरिक शिक्षा तथा खेलकुद नेपाल (सोफेस) मार्फत टेबलटेनिस खेल प्रवर्घ्दनमा काम गर्दै आएको उनले बताए। सानो स्वरुपमा काठमाडौंमा शुरु गरेको खेलकुद गतिविधिलाई बिस्तारै राष्ट्रिय स्तरमा गएको उनले बताए। देशभर १० वटा होम स्कुल संचालन भईरहेको कार्यक्रम उनले बताए । न्यु होराईजन र अक्सफोर्ड दुई विधालयमा कार्यक्रम चलिरहेको उनले बताए। यसैक्रममा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता समेत संचालन हुने उनले बताए।

कार्यक्रममा क्षितिज ईन्टरनेश्नल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ,  न्यु होराईजनका उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ, क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरीले निजि विद्यालयबाट खेल क्षेत्र अहिलेको अवस्थामा धानिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?