ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

बौद्ध धर्ममा बाल अधिकारको कुरा र मान्यता

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

जन्मदेखि वयस्क हुने उमेरसम्मका केटाकेटीलाई बालबालिका भन्न भनिन्छ । बाल अधिकार महासन्धिले बालबालिका भन्नाले १८ वर्षभन्दा कम उमेरको समूह भनी परिभाषित गरेको छ । बालबालिका भविष्यका वयस्क मानिस भएकाले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । त्यसैले मानव सभ्यतालाई सुसंस्कृत बनाउन पनि बाल अधिकार जरुरी हुन्छ । बालअधिकार अन्तर्गत अस्तित्वको अधिकार, विकासको अधिकार, सुरक्षाको अधिकार, सहभागिताको अधिकारजस्ता विविध अधिकारहरू पर्दछन् । यसै सन्दर्भमा बौद्ध शिक्षाले मानिसको दीगो भविष्यका निम्ति बालअधिकारको महत्वपूर्ण भूमिका रहने कुरा बताएको छ । बालबालिकाको अधिकारसम्बन्धी बौद्ध दृष्टिकोण मुख्यतः मातृत्व, पिता कर्तव्य, पारिवारिक जिम्मेवारी र समाजमा बालबालिकाको सशक्तिकरणजस्ता क्षेत्रमा आधारित छ । यस प्रकार महत्वपूर्ण मानवीय गरिमा, करुणा, अहिंसा र परोपकारको सन्दर्भमा बौद्ध धर्मले बालबालिकाहरूलाई विशेष महत्व दिएको पाइन्छ ।
बालअधिकारको अवधारणा र विकास
‘बाल’ शब्द अंग्रेजी शब्द ‘चाइल्ड’ बाट आएको हो, जुन जर्मन भाषाबाट भित्रिएको मानिन्छ । यसको अर्थ भ्रूण, वा शिशु वा नवजात व्यक्ति हुन्छ । अक्सफोर्ड शब्दकोशले यसलाई यौवनको उमेरभन्दा कम वा कानूनी उमेरभन्दा तलको व्यक्ति मान्दछ । क्याम्ब्रिज शब्दकोशमा यसलाई जन्मदेखि वयस्क हुने उमेरसम्मको केटा वा केटी भनिएको छ । संक्षेपमा बालबालिका अविकसित मानवको रूप हुन्, जसलाई बयस्क मानिसको संरक्षण र हेरचाहको आवश्यकता पर्दछ । संयुक्त राष्ट्रसंघले सन् १९५९ मा बाल अधिकारको घोषणा गरेको थियो, जसले बालबालिकाका अधिकारहरू जस्तै सुरक्षा, शिक्षा, स्वास्थ्य सेवा, आश्रय र पोषणसम्बन्धी अधिकारको सुनिश्चितामा जोड दिएको छ । बालअधिकार महासन्धिले बालबालिका भन्नाले १८ वर्षभन्दा कम उमेरको समूह भनी परिभाषित गरेको छ । बालबालिका भनेका भविष्यका वयस्क मानिस हुन् । त्यसैले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । बालबालिकाहरू शारीरिक, मानसिक एवम् भावनात्मक रूपमा परिपक्व नभएकाले उनीहरूको विशेष संरक्षण र अधिकारको आवश्यकता हुन्छ । अतः बालअधिकार बालबालिकाका निम्ति मात्र नभएर समग्र मानव जातीकै निम्ति अति महत्वको विषय हो । बालअधिकारको अवधारणा सामान्यतयामा अस्तित्वको अधिकार, विकासको अधिकार, विकासको अधिकार, विकासको अधिकार, सुरक्षाको अधिकार र सहभागिताको अधिकार पर्दछन् । यी अधिकारहरूले बालबालिकाको जीवन र अस्तित्व सुनिश्चित गर्ने अधिकार जस्तै स्वास्थ्य, पोषण र आधारभूत सेवाहरूको पहुँचको अधिकार तथा शारीरिक, मानसिक र सामाजिक विकासको लागि शिक्षा, मनोरञ्जन र सांस्कृतिक गतिविधिहरूमा सहभागी हुने अधिकार समेटेका छन् । यसैगरी यसअन्तर्गत् हिंसा, दुव्र्यवहार, शोषण र दुव्र्यवहारबाट बालबालिकाको संरक्षणको अधिकार तथा निर्णय प्रकृयाका लागि बालबालिकाहरूको विचार, धारणा र इच्छाहरू राख्न पाउने अधिकारसमेत पर्दछन् ।
बौद्ध धर्ममा बाल अधिकार
बौद्ध साहित्यमा बालबालिकासम्बन्धी अपच्छ, आत्रज, बालक, बालिका, दहरÞक, दारिकाजस्ता विभिन्न शब्दहरूको प्रयोग गरिएको पाइन्छ । बौद्ध धर्मले मानव जीवनलाई पवित्र एवम् अमूल्य ठान्ने भएकाले यसमा मानव जीवनको अस्तित्व बोक्ने बालबालिकाहरूको जीवनलाई विशेष संरक्षण र मार्गदर्शन प्रदान गर्ने सिद्धान्त समाविष्ट छ । बालबालिकाको अधिकारसम्बन्धी बौद्ध दृष्टिकोण मुख्यतया मातृत्व, पिता कर्तव्य, पारिवारिक जिम्मेवारी र समाजमा बालबालिकाको सशक्तीकरणजस्ता क्षेत्रमा आधारित छ । यस प्रकार महत्वपूर्ण मानवीय गरिमा, करुणा, अहिंसा र परोपकारको सन्दर्भमा बौद्ध धर्मले बालबालिकाहरूलाई विशेष महत्व दिएको छ । बौद्ध शिक्षामा बालबालिकाको हेरचाह र पालनपोषणलाई विशेष प्राथमिकता दिइएको छ । केही बौद्ध सुत्तहरूमा त बालबालिकाको अधिकारबारे प्रष्ट उल्लेख गरिएको छ । उदाहरणको लागि ‘सिगालोवाद सुत्त’मा बालबालिकाको पालनपोषण र शिक्षा अभिभावकहरूको मुख्य कर्तव्य भएको उल्लेख छ । उक्त सुत्तमा अभिभावकहरूले बालबालिकाप्रति पालना गर्नुपर्ने पाँच कर्तव्यहरूलाई स्पष्टरूपमा किटान गरिएको छ । यी कर्तव्यहरू क्रमशः शिक्षा दिनु, विनम्रता सिकाउनु, व्यवसाय सिकाउनु, विवाहको उचित व्यवस्था र उचित समयमा सम्पत्ति हस्तान्तरण गर्ने (सम्पत्ति हस्तान्तरण) कतव्र्यहरू उल्लेख गरिएको छ ।
बौद्ध शिक्षाले कर्मको सिद्धान्तलाई आधार बनाएको छ । यस सिद्धान्तले पनि बालबालिकाको अधिकारको संरक्षण गर्न सहयोग गरेको छ । महाकर्मविभङ्ग सुत्तमा, बालबालिकाको भविष्यको कर्मलाई अभिभावकहरूको आचरण र शिक्षाले प्रभावित पार्ने कुरा उल्लेख गरिएको छ । यसले अभिभावकहरूलाई बालबालिकाका निम्ति नैतिक शिक्षा र उचित आचरण सिकाउन प्रेरित गर्दछ । यसले बौद्ध परम्परामा बालबालिकाका अधिकार सुनिश्चित गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बौद्ध धर्म अहिंसाको सिद्धातमा आधारित छ । अहिंसाको सिद्धान्तले बालबालिकालाई कुनै पनि किसिमको हिंसा, शोषण र दुव्र्यवहार गर्न नहुने कुरा प्रष्ट पार्दछ । बौद्ध धर्ममा बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक सुरक्षालाई विशेष महत्व दिइएको छ । यसैगरी बौद्ध धर्ममा रहेको करुणाको सिद्धान्तले बालबालिकाप्रति विशेष स्नेह र हेरचाहको व्यवहार गर्न प्रेरित गर्छ ।
बौद्ध धर्मले शिक्षालाई मानव जीवनको महत्वपूर्ण अङ्ग मानेको छ । बुद्धले आफैँले पनि बाल्यकालदेखि नै शिक्षाको महत्वलाई स्वीकार गरेका थिए । बौद्ध धर्ममा पञ्ञा अर्थात् ज्ञानको मार्गमा बालबालिकालाई प्रेरित गर्नु महत्वपूर्ण कार्य मानिन्छ । साथै यसमा बालबालिकालाई नैतिक र आध्यात्मिक शिक्षा प्रदान गर्ने परम्परा रहेको छ । त्यसैले बौद्ध शिक्षाले बालबालिकाहरूलाई सही मार्गमा लग्न उत्प्रेरित गर्दछ । यसले उनीहरूलाई जीवनको उद्देश्यबारे बुझ्न र समाजमा सकारात्मक योगदान पु¥याउन प्रोत्साहित गर्छन् । बौद्ध धर्मले परिवारलाई बालबालिकाको पहिलो शिक्षालयको रूपमा लिन्छ भने अभिभावक र बच्चाहरूको सम्बन्ध पारिवारिक जिम्मेवारी र करुणामा आधारित हुनुपर्ने तर्क राख्दछ । यो सम्बन्धले बालबालिकाको अधिकारको संरक्षण र प्रवर्धनमा बल पु¥याउँदछ । बौद्ध धर्ममा रहेको अभिभावक र बालबालिकाको कर्तव्य र जिम्मेवारी स्पष्टसँग तोकिएको छ । अभिभावकहरूको जिम्मेवारीअन्तर्गत् अभिभावकहरूलाई बालबालिकाको सही मार्गदर्शन गर्ने, हेरचाह गर्ने र शिक्षा दिने जिम्मेवारीको रहन्छ भने बालबालिकाको कर्तव्य अन्तर्गत् अभिभावकको सम्मान गर्ने, उनीहरूको आदर गर्ने कर्तव्य रहेको हुन्छ । यस प्रकार बौद्ध धर्मको सार्वभौम नैतिकताले बालबालिकाको अधिकारलाई मानवअधिकारकै रूपमा सम्बोधन गरेको छ । बालबालिकाको आधारभूत आवश्यकताहरू पूरा गर्ने कर्तव्य परिवार तथा सम्पूर्ण समाजको हो भन्ने बौद्ध दृष्टिकोण रहेको छ ।
निष्कर्ष
बालबालिकाहरू मानव सभ्यताकोे भविष्य हुन् । त्यसैले मानव सभ्यतालाई सुसंस्कृत बनाउन बाल अधिकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । बौद्ध शिक्षाले पनि मानिसको दिगो भविष्यका निम्ति बाल अधिकारको महत्वपूर्ण भूमिका रहने कुरा बताएको छ । बौद्ध धर्मले कुनैपनि मानवको स्थितिलाई उसको उमेर, जाति, जातीय समूह वा सम्पत्तिको अवस्था आदिका आधारमा कहिल्यै विभेद गर्दैन । प्रत्येक बालबालिका समाजकै एक हिस्सा हुने भएकाले उनीहरूले स्वतः रूपमा शिक्षा र सुरक्षाको अधिकार प्राप्त गर्नु भन्ने मान्यता बौद्ध धर्ममा छ । बौद्ध शिक्षाले मानिसको दीगो भविष्यका निम्ति बालअधिकारको महत्वपूर्ण भूमिका रहने कुरा बताएको छ । यतिमात्र होइन, बौद्ध धर्मले बालबालिकालाई उनीहरूको संरक्षण, विकास र अधिकार सुनिश्चित गर्न मार्गदर्शन प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?