Butwal Today

बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा

२९ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २९ पुस ।

परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटिभ (बिआरआई)’ सम्झौतामा ‘लोन’ शब्द नभएको स्पष्ट पारेकी छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री राणाले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा भएको सम्झौतामा ऋणको बारेमा कुनै कुरा उल्लेख गरिएको छैन। जसरी ऋण लिनेगरी सम्झौता भयो भनिएको छ, त्यो तथ्यहीन छ।”

उनले थपे, “सम्झौतामा ‘ग्रान्ड’ र ‘एड’ भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ शब्द कतै छैन। सय पटक पढे पनि ‘लोन’ शब्द भेटिँदैन।”

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा मंसिर १७ देखि २० सम्म यो सम्झौतामा हस्ताक्षर भएको थियो। मन्त्री राणाले भने, यो सम्झौता काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको कुरा साझा गरिन्।