Butwal Today

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

२९ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २९ पुस।

अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ।

गत मंगलबारदेखि सुरू भएको आगलागीमा अमेरिकाका लस एन्जलस र क्यालिफोर्नियामा २४ जनाको मृत्यु भएको हो।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ।

हिजो १६ जनाको मृत्यु भएको जानकारी दिएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ।