ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

‘लुङ्गी महिला फुटबल’

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

बुटवल २९ पुस ।
शनिबार तिलोत्तमा नगरमा महिलाहरूले फुटबल खेले । फुटबल खेल्दा लगाउने जर्सीभन्दा फरक पोशाकमा उनिहरू मैदानमा थिए । पुसको पारिलो घाममा महिलाहरू आफनो परम्परागत पोशाकमा सजिएर फुटबलको मजा लिदै रमाए । यो फरक फुटबल भैरहेको थियो । तिलोत्तमा नगरपालिका वडा नं ९ मा बसोबास गर्ने महिलाहरूको आठ समुह बिच फुटबलको उपाधि भिडन्त रोचक बन्यो । प्रतियोगिताको नाम नै लुङ्गी महिला फुटबल हुँदा सर्तको रूपमा सहभागी खेलाडीलाई लुङ्गी अनिवार्य थियो । आमा समुहका खेलाडीसंगै खेल हेर्ने दर्शक पनि उत्साही देखिए । प्रत्येक टिममा प्लेइगमा सात जना खेलाडीहरू बल खोस्न र गोल गर्दा दर्शकबाट हुटिङ पाए ।

तिलोत्तमा वडा नं ९ का वडाअध्यक्ष ध्रुव न्यौपानेले संस्कृति जर्गेनासंगै खेलकुद प्रवद्र्धन गर्ने गरि कार्यक्रम गरिएको बताए । घरदैलोको काममा ब्यस्त रहने वडाका महिलाहरूमा एक दिन भएपनि खेलमार्फत मनोरन्जन दिन सफल भएको उनले बताए । समुदायमा समाजमा एकअर्का बिच भेटघाट र सम्बन्ध बढाउन समेत कार्यक्रम सफल भएको उनले दाबी गरे । बढ्दो प्रविधिको दुरूपयोगका कारण मानिसहरू सामाजिकीकरण हुनबाट टाढिएको बेला एउटा महत्वपूर्ण कार्यक्रम गर्न सफल भएको उनले बताए । आगामी वर्ष अझै बृहत बनाएर सो खेल खेलाइने उनले बताए ।
वडा सदस्य तथा खेल संयोजक लवसन गुरुङले समुदाय बिचमा भातृत्व, सहकार्य र विकासमा जोडि दिनु स्थानिय सरकारको दायित्वभित्र पर्ने बताए । टोलमा रहेका आमा समुहलाई विकासको काममा अग्रसर गराउन एक अर्काबिच चिनजान जरुरी हुने र खेलमार्फत यो काममा सफलता मिलेको उनले बताए ।

यसैबीच लङ्गी फुटबल सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी सृजनशील आमा समुहले चुमेको छ । निक्कै प्रतिस्प्र्रात्मक फाईनल खेलमा कल्याणकारी आमा समूह तुलसीपुरलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । शंकरपुरस्थित मैदानमा उल्लेख्य दर्शकहरूको सहभागिता रहेको खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलमा उत्कृष्ट किपर खिम कुमारी राना र उत्कृष्ट खेलाडी बिमा थापा घोषित भए ।

एक समारोहका बिच प्रतियोगिताको बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई वडा अध्यक्ष ध्रुव प्रसाद न्यौपाने, कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्य तथा खेल संयोजक लवसन गुरुङ, सदस्य कमलराज रेग्मी, मिस्सु शाही तथा वडा नम्बर ९ का ज्येष्ठ नागरिक द्वयले प्रमाणपत्र, मेडल ट्रफी सहित पुरस्कार प्रदान गरेका थिए । वडामा २५०० घरधुरी बसोबासी रहेकोमा विशेष गरि पहाडबाट बसाईसराई गरि आएका जनजातीहरू उल्लेख्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?