ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार
दाङ, २९ पुस ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा  दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको प्रदेश स्तरीय छनोट फाईनल खेलमा दाङ प्रतियोगितामा अपराजित रहँदै फाईनल जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो । शुरुवाती ब्याटर आउट हुँदै पेभेलियन फर्किएपछि बाँकेका खेलाडीलाई रन बनाउन संघर्ष गर्नु पर्याे । कप्तान मनिषा रानाले अविजित १८ रन बनाउँदै टीमलाई उकास्ने कोशिस गरिन । सुस्मिता बजगाईले १ छक्कासहित १२ रन, सम्झना पुन मगरले ९ रन, आशिका विश्वकर्माले ११ रन, स्वस्तिका बजगाईले ६ रन, सुरक्षा पुन मगरले ५ रन, आईसा शाहीले अविजित ४ रन तथा रञ्जु श्रेष्ठले २ रनको योगदान दिइन् । बाँकेलाई कम स्कोरमा समेट्न आस्ना चौधरीले दोस्रो ओभरको अन्तिम बलमा रञ्जु श्रेष्ठलाई बोल्ड गरेपछि बाँकेको टिम दवावमा परेकोे थियो । बलिङमा दाङकी अनिता चौधरी, आस्ना चौधरी र मधु डिसीले समान २–२ विकेट लिइन ।
८६ रनको मध्यम स्कोरको लक्ष्य पछ्याएको दाङले जित हासिल गर्न अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्याे । १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै जित हासिल गरेको हो । छनोट प्रतियोगितामा खेलेका चार वटै खेलमा अविजित खेलेकी सरस्वतीले फाईनल खेलमा पनि ६१ बलमा ९ चौकासहित ५१ रनको अर्धसतकीय योगदान दिइन्  । मधु डिसीले १४ रन, अनिता चौधरीले ५ रन, स्मृति मगरले अविजित ४ रन बनाइन । १२ दशमलव २ ओभरमा ५५ रन बनाएर खेली रहेको बेला लगातार दुई विकेट गुमाएपछि दवावमा परेको दाङको टीमलाई उकास्न रेनु परियार र कप्तान सरस्वती जिएमले २६ रनको साझेदारी गरेपछि टिम जित नजिक पुगेको थियो ।
बाँकेका स्वस्तिका बजगाईले ४ ओभरमा १ मेडनसहित १४ रन दिएर ३ विकेट लिइन्  । यसैगरी, सम्झना पुनले २ विकेट लिँदा सुरक्षा पुनले १ विकेट लिइन्  । प्रतियोगितामा दाङलाई जिताउन महत्वपूर्ण भुमिका खेलेकी सरस्वती जिएम प्लेयर अफ द फाईनल हुनु भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । विजेता र उपविजेता टीमलाई शिल्ड प्रदान गरिएको छ ।
फाईनलमा पुग्न बाँकेले रुपन्देहीेलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गरेका थिए । लुम्बिनीका दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र नवलपरासी  जिल्लाको महिला टीमले छनोट प्रतियोगितामा भाग लिएका थिए । लुम्बिनीका ६ जिल्लाको सहभागीतामा पुस २५ गतेदेखि भएको छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीबाट  प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशको टीम तयार पारिनेछ ।
लुम्बिनीबाट ४ वैकल्पिकसहित १८ जनाको नाम सार्वजनिक हुनेछ । प्रतियोगिता खेल्न १४ खेलाडी, ३ जना अफिसियल जाने तयारी भएको प्रदेश सचिव रोका मगरले जानकारी  दिए ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल क्रिकेट संघको समन्वय तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?