ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

डुंगा शयरको शुल्क कति ?

डुंगा संचालनका लागि १ करोड ७९ लाख ७८ हजार ३०० रकममा ध्वनि कम भएको र धुवाँ नभएको डुंगा सञ्चालन गर्ने सहमति छ । तर डुगाको भाडादर सार्वजनिक नहुदा ठेक्का कम्पनीले पर्यटकबाट बढी शुल्क उठाउदै आएका छन् ।
२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

चन्द्रौटा, २९ पुस ।
गौतमबुद्धको जन्मस्थल लुुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरूले डुंगा चढ्दा ठगीने गरेको बताएका छन् । लुम्बिनी भित्रको केन्द्रीय नहरको १ हजार ६ सय मिटरमा ठेक्काद्वारा डुंगा संचालनमा रहेको छ । केन्द्रीय नहरमा डुंगा शयर गर्दा तोकिएको भन्दा बढी शुल्क लिने गरेको आरोप छ । डुंगा संचालन गर्न लुम्बिनी विकास कोष र रंगमल रिभरल्याण्ड प्रालि भरतपुर बीच ५ वर्षको लागि सम्झौता भएको छ । १ करोड ७९ लाख ७८ हजार ३०० रकममा ध्वनि कम भएको र धुवाँ नभएको डुंगा सञ्चालन गर्ने सहमति भएको छ ।
सम्झौता अनुसार नेपाली र विदेशी नागरिकलाई एकतर्फि भाडादर ५० रूपैयाँ रहेको छ । आउजाउ गर्दा २ तर्फि भाडा ८० रूपैयाँ पर्छ । तर ठेकेदार पक्षले दुईतर्फी भाडा वापत १ सय रूपैयाँ लिँदै आएका छन् । उनीहरूले दुईतर्फी टिकट नछाप्दा पर्यटकहरू अतिरिक्त शुल्क तिर्न बाध्य बनेका छन् । डुंगाको भाडादर सार्वजनिक नगर्दा पर्यटक अलमलमा पर्ने गरेको समेत पर्यटकहरू बताउँछन् ।
लुम्बिनीमा पर्यटक गौतमबुद्धको जन्मस्थल दर्शन गर्न आउने गरेको घुँइचो लाग्ने गर्दछ । सँगै त्यहाँ गएपछि ढुंगा चढेर रमाणीय स्थानको समेत अवलोकन गर्न सकिन्छ । घुम्न जाने पर्यटक केन्द्रीय नहरमा चल्ने डुंगा चढेर आनन्द समेत लिने गरेका छन् । स्वादेश तथा विदेशबाट घुम्न आउने पर्यटकको डुंगा चढ्ने, फोटो भिडियो खिच्ने र टिकटक बनाउन मोहित भएका देखिन्छन् । डुंगा चढ्दै नहरको दाँया बाँया रहेका बौद्ध विहार हेर्न पर्यटकहरू आन्नदित हुने गरेका छन् । तर ढुंगा
चढ्दा ठगिएको भने पत्तो पाउँदैनन् । लुम्बिनीमा डुंगा चढ्ने पर्यटक ठगिने गरेका छन् । नहरको दक्षिणी छेउमा अखण्ड शान्ति दीप छ । अर्को छेउ नजिकै लुम्बिनी संग्रहालय छ ।
विद्यार्थीलाई छुटको व्यवस्था
अवलोकन गर्न आउँदा डुंगा शायर गर्दा विद्यार्थीहरूलाई सहुलियतको व्यवस्था रहेको छ । तर त्यो कार्यान्वयन भने छैन । प्रति व्यक्ती ५० रूपैयाँ दरले टिकट बिक्री गरिदैँ आएको छ । तर विद्यार्थीको हकमा एक तर्फी २५ रूपैयाँ र दुई तर्फी ५० रूपैयाँ भाडादर रहेको छ । टिकट काउन्टरका कर्मचारीले विद्यार्थीहरूलाई छुट भएको दाबी गर्छन् । समूहमा आउदा ३०/३५ जना विद्यार्थी आउदा ५ ओटा टिकट निःशुल्क दिने काउन्टरका कर्मचारीहरू बताउँछन् ।
बिहीबार डुंगा चढेर लुम्बिनी दर्शन आएका त्रिचन्द्र मल्टिपल क्याम्पसमा अध्ययनरत विद्यार्थी अविना पौडैलले एक तर्फी ५० रूपैयाँ भाडा तिरेर आएको बताईन । उनले भनिन, ‘टिकट काउन्टरमा भाडा दर उल्लेख गरिएको छैन् । ठेकेदारले एउटै टिकट मात्र देखाउछन् । भाडादर टाँस गरेको भए थाहा पाइन्थ्यो ।’ टिकट काउन्टरका एक टिकट काउन्टरमा भाडादर स्पष्ट रूपमा उल्लेख नगरिएको कारण पर्यटकले शुल्कबारे जानकारी नपाउने स्थिति छ ।


कतिपय पर्यटकले ठगी भइरहेको महसुस गरे पनि प्रमाण देखाउन सकिरहेका छैनन् । रंगमल रिभर ल्याण्डले ठेक्का पाए पनि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमानको जिम्मामा रहेको स्थानीय कर्मचारी बताउँछन् ।
यता लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले तत्काल सम्झौता अनुसारको टिकट दर कायम गर्न ठेकेदार पक्षलाई निर्देशन दिने जनाए । भर्खर टेण्डर भएका कारणले समस्या हुनसक्ने उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?