Butwal Today

सुन तोलामा १६ सय रुपैयाँले बढ्यो

२८ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं, २८ पुस । 

नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?