ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

महंगी दर उच्च, सरकार राहत खोई ?

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

सरकारले आम उपभोक्तालाई राहत दिने ठोस कार्यक्रम नल्याउँदा मूल्यबृद्धि १४ महिनायताकै सवैभन्दा उच्च भएको छ । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको ५ महिनामा बढेर चुली छुन लागेको छ । सरकारले समयमै नियन्त्रणका प्रयास नगर्ने हो भने यो मूल्यबृद्धिको मारमा आम नेपाली उपभोक्ता पीडित बन्नुपर्ने अवस्था छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याँक अनुसार २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८०-८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसले आम नेपाली उपभोक्ता महंगीको चर्को मारमा परेको देखिएको छ । सरकारले जनतालाई राहत दिने प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेपछि प्रत्यक्ष असर पर्ने महंगी नियन्त्रणमा सरकार असफल देखिनु चिन्ताको कुरा हो । यसले के संकेत गर्दछ भने देशको आर्थिक अवस्था सही दिशामा छैन । अर्थात देश आर्थिक संकटमा छ जसको प्रत्यक्ष असर आम नेपाली जनताले भोग्नुपरिरहेको छ । राष्ट्रबैंकले महंगी दर बढ्दै जाँदा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको उल्लेख गरेको छ । यो भनेको मूल्यबृद्धि अत्याधिक हो । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेयपदार्थ समूहको महंगीदर करिब दोब्बरले वृद्धि भएको यो तथ्याँकले देखाएको । खाद्य तथा पेयपदार्थ समूहमा पनि उपभोक्ताको दैनिक भान्सामा प्रयोग हुने तेल, दाल, चामल, मसला, तरकारी, पिठो लगायत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशतले बढेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महंगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । जसका कारण आम सिमान्तकृत उपभोक्ता महंगीको चेपुवामा पिल्सिन बाध्य वनेका छन् । ग्रामिण क्षेत्रमा बजार अनुगमन गर्ने निकाय वा संयन्त्र नहुँदा जसले जति मूल्य बढाएपनि बोल्ने कोही छैन । जनताको पीरमर्कामा बोलिदिने कोही छैन भन्ने कुरा राष्ट्र बैंकको तथ्याँकले देखाएको छ ।

खाद्यान्नमा मात्रै होइन, पेट्रोलियममा समेत अहिले मूल्य बढेको बढ्यै छ । नेपाल आयल निगमले लिटरमा एक दुई रुपियाँ हरेक साता बढाउँछ । मूल्य कम बढेको देखिएपनि लगातार बढ्दा पेट्रोलियमको बृद्धिले सवैतर्फ प्रभाव परेको छ । पेट्रोलियमको मूल्यबृद्धिसंगै हरेक वस्तु र सेवामा मूल्यबृद्धि हुन्छ । त्यसै त बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छ । सामानमा कालोबजारी भएको छ भने अस्वाभाविक रूपमा मूल्य बढेको छ । मूल्य नियन्त्रणमा सरकारले अहिलेदेखि नै सकृयता नदेखाउने हो भने बजार नियन्त्रणभन्दा बाहिर जाने निश्चित छ । नेपालमा महंगी बढ्नुमा विश्व बजारमा भैरहेको उथलपुथल समेत जिम्मेवार छ । यद्यपि वस्तुको मूल्य नियन्त्रण सरकारको दायित्व र जिम्मेवारी हो तर सरकारले बजार अनुगमन नगर्दा मूल्य नियन्त्रण बाहिर गएको छ । यो बिषयमा सरकार गंभीर छ । त्यसो त रुस युक्रेन युद्धको कारण पनि विश्व बजार विगत दुई तीन बर्षदेखि प्रभावित भैरहेको छ । ठूला उद्योग कारखाना वन्द हुँदै गएका छन् । नेपालमा पनि त्यसको असर प्रत्यक्ष परेको छ । जसका अप्रत्यक्ष असरले बजारमा अहिले कुनैपनि बस्तुको मूल्य छोइनसक्नु छ । नेपाली जनता महंगीको मारमा पर्दा समेत सरकारले वेवास्ता गर्नु चिन्ताको विषय हो । अव आम नागरिकले महंगीबाट परेको मर्काका बिषयमा सरकारको ध्यानाकर्षण गराउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?