ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

प्रेस चौतारी पाल्पाद्वारा ८ पत्रकार सम्मानित

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

पाल्पा, २८ पुस ।
प्रेस चौतारी नेपाल पाल्पाले ८ जना पत्रकारसहित, महासंघमा निर्वाचितलाई र जनप्रतिनिधीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ । लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, पुरस्कारदाता, प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्य र जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले टिका, माला, दोसल्ला, नगद सहित सम्मानपत्रबाट पुरस्कार वितरण गरे ।
तुल बहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार बाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट नारायण न्यौपाने, राम बहादुर राउतले स्थापना गरेको तुलसा÷तुल बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट भुवन रायमाझी,, द्धारिका प्रसाद नेपालले स्थापना गरेको सिता देवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार बाट विजय वौडेल, विष्णु बहादुर कार्कीले स्थापना गरेको गिता स्मृति पत्रकारिता पुरस्कार बाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कार बाट गुणवती के.सी. राजु प्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी-लोक कुमारी पत्रकारिता पुरस्कार बाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी/रूपनारायण स्मृति पत्रकारिता पुरस्कार बाट शोभाकान्त पाठक पुरस्कृत भएका छन । प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरू लाई बार्षिकरूपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी प्रेश चौतारीलाई संस्थागत रूपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पुर्व नगर प्रमुख अशोक कुमार शाही, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीलाई सम्मान गरेको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित सबै पदाधिकारी, कार्यसमिती सदस्य र पाल्पाबाट प्रतिनिधीत्व गर्ने प्रदेश सदस्यहरूलाई प्रेश चौतारी पाल्पाले सम्मान गरेको छ ।
बधाई तथा सम्मान कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले राम्रो काम र कर्म गर्नुस सम्मान हुने अवशर सवैको आउने बताए । स्वास्थ्यमन्त्री सारुले विचार आ आफ्नो भएपनी समाचार निष्पक्ष, बस्तुनिष्ट, सन्तुलित हुनुपर्नेमा र गलतलाई, गलत हो भन्ने हिम्मत र शाहस पत्रकारमा हुनुपर्नेमा जोड दिए । प्रेश चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेश चौतारी पाल्पा शाखा देशकै नमुना शाखा भएको र सबैलाई बाटो देखाउने काम गरेको बताए । कार्यक्रममा प्रदेश सासद राजु प्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन, डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनितिक दल देखी पत्रकाारहरू सम्मलाई चुनौतीको विषय बनेको बताए । बरिष्ट पत्रकार मेघराज शर्माले सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले चाडै फड्को मार्ने बताए ।
— कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्र्रका जिल्ला संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्विनी संचार समन्वय परिषदका अध्यक्ष यम गाहा मिलन, तानसेन नगरपालिकाका पुर्व प्रमुख अशोक कुमार शाही, प्रेश चौतारी इन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत र सम्मानितहरू लाई बधाई दिदै सबैले आ आफ्नो जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?