ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पृथ्वीनारायण शाहको बुटवल यात्रा र ढुङ्गाको तिहुन

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

पृथ्वीनारायण शाहको जन्म गोरखाका राजा नरभूपाल शाहका माहिली महारानी कौशल्यावतीको गर्भबाट वि.सं. १७७६ पौष २७ गते भएको हो । जेठी महारानी चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई बाल्य– जीवनमा राम्रो हेरविचार गरी हुर्काइन् । उमेरदार भएपछि पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंग भयो । तर विवाह हुनासाथ छोरीलाई लगत्तै बिदा नगर्ने मकवानीहरूको चलन हुनाले केही काल छोरीलाई बिदा नगर्ने कुरा हुँदा त्यसमा खटपट परी पृथ्वी नारायणको मकवानीसंग मनोमालिन्य भयो र पृथ्वीनारायण रित्तै घर फर्के । त्यसपछि पृथ्वीनारायणले काशीका राजपूत दयाराम सिंहकी छोरी नरेन्द्रलक्ष्मीसंग दोस्रो विवाह गरे । वि. सं. १७९९ मा राजा नरभूपाल शाहको स्वर्गवास भएपछि पृथ्वीनारायण शाह राजसिंहासनमा बसे । पृथ्वीनारायणका प्रतापसिंह शाह र बहादुर शाह दुई छोरा भए । बहादुर शाहले पाल्पाली राजा महादत्त सेनकी छोरी विद्यालक्ष्मीसङ्ग वि.स. १८४२ मा बिहे गरे । त्यसपछि पश्चिम नेपालकै शक्तिशाली राज्य पाल्पाले बहादुर शाहको पश्चिम तर्फको नेपाल एकीकरण अभियानलाई सघायो । बहादुर शाह शक्तिशाली रहँदासम्म सुरक्षित रहेको पाल्पालाई रणबहादुर शाहले पाल्पाली राजा पृथ्वीपाल सेनलाई झुक्काएर काठमाण्डौ बोलाएर हत्या गरि पाल्पालाई नेपाल राज्यमा मिसाएपछि पाल्पाको स्वतन्त्र राज्यको अस्तित्व अन्त्य भयो । सेन राजाहरूले धेरै पहिलेदेखि र दिल्लीका मुगल सम्राटहरूलाई रिझाएर बुटवल र दक्षिणको भूभाग (तिलकपुर र विनायकपुर प्रगन्ना) उपभोग गर्दै आएका थिए । अवधमा नवाबी शासन शुरु भएपछि अवधसंग पाल्पालीहरूले राम्रो सम्बन्ध राखेका थिए । अवधका पहिलो नवाव सआदत अलि खान प्रथम (१६८०–१७३९) राज्यको आर्थिक अवस्थाको बन्दोवस्त मिलाउन गोरखपुर आएको समयमा कसैले बुटवलबाट प्रसस्त आम्दानी हुने गरेको तर पाल्पाले थोरै रकम तिर्ने गरेको बताएपछि ८/१० हजार सेना सहित बुटवल आएका थिए ।

पाल्पासँग विवाद हुने अवस्था आएपछि गोर्खाली राजाका भारदार सुल्तान शाह बुटवल आएर नवावसंग वार्ता गरि सम्झौता गराएका थिए । गोर्खालाई कमजोर र गरिब ठान्ने पाल्पाले त्यसपछि मात्र गोर्खासङ्ग समानताको आधारमा दोस्ती गरेको थियो । पछि पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशिल्यावतीसङ्ग नरभूपाल शाहको विवाह भएको थियो । यी माहिली रानी कौशल्यावतीबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह र छोरी पद्मकुमारी भए । यिनै घटनाक्रमले गोरखा राज्य पाल्पा र बुटवलसङ्ग जोडिएको थियो । पृथ्वीनारायण शाहको मावली पाल्पा भएपनि उनको जीवनीमा पाल्पासङ्गको सम्बन्धको बारेमा उल्लेख गरेको पाईदैन । पाल्पा शक्तिशाली राज्य भएकोले पाल्पालाई गोर्खाले जिस्काउन नचाहेको हुनुपर्छ वा पाल्पासँग नाता सम्बन्धले गर्दा पनि गोरखाले निहुँ नखोजेको हुनुपर्छ ।
पृथ्वीनारायण शाह १७९९ वैशाख ३ गते गोरखाको राजसिंहासनमा बसे । उनी आफ्नो राज्याभिषेकपछि बनारस भ्रमणमा निस्केका थिए । इतिहासकार बाबुराम आचार्य श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको संक्षिप्त जीवनीमा उनी सन् १७४३ अक्टोवर (वि.सं. १८००, असोज÷कात्तिक) तिर बनारस प्रस्थान गरेको अनुमान गरेका छन् । पृथ्वीनारायण शाहको बनारस भ्रमण बाहिरी रूपमा हेर्दा आध्यात्मिक जस्तो मात्र देखिन्छ । उनको भ्रमणको मुख्य उद्देश्य तीर्थस्थलको दर्शन मात्रै थिएन, तत्कालीन राजनीतिक परिस्थितिको विषयमा गहन अध्ययनका साथै युद्धका लागि हतियार खरीद गरि ति हतियारले उपत्यका लगायतका राज्यलाई जितेर राज्यविस्तार अभियानलाई सफल बनाउनुपनि रहेको आचार्यको विश्लेषण छ । ‘प्राचीन नेपाल’ (सङ्ख्या २१, २०२९ कात्तिकः१६) मा उल्लेख भए अनुसार बनारस भ्रमणबाट फर्किदा गोरखपुरको बाटो पाल्पा हुँदै गोरखा पुग्ने पृथ्वीनारायण शाहको योजना थियो । भारतबाट फर्किदा बाटोमा पर्ने एक जगात भन्सार उठाउने चौकीदारले उनको भारी खोल्न कर लगाए । पृथ्वीनारायण शाहले ती कर्मचारीको ब्यवहारबाट आफ्नो अपमान भएको सम्झे । कुरा बढ्दै जाँदा कर्मचारीले हातै छाड्न थालेपछि आफ्ना अङ्गरक्षक लगाएर कटाइदिए । तत्कालिन वनारस राज्य अन्तर्गतको बरुणा चौकीमा भएको यो घटनापछि पृथ्वीनारायण शाहलाई त्यहाँका सुरक्षाकर्मीबाट सुरक्षा चुनौती आउने ठानेर भेष बदलेर पैदल यात्रा शुरु गरे । पछि नागा बैरागी गुण्डादलका एक नाइकेलाई प्रशस्त धन दिने लोभ देखाई गुण्डादलको सहयोगमा पृथ्वीनारायण शाहसहित गोरखाली टोली सुरक्षित रूपमा बुटवल पुग्न सफल भयो ।

प्राचिन नेपाल (सङ्ख्या २१, २०२९ कात्तिक) मा नेपाल देशको इतिहास भनेर पृथ्वीनारायण शाह र उनको टोली बुटवल आएको कुराहरू उल्लेख गरिएको छ । उनको ईतिहासमा बुटवल आउने भनेको यहि मात्र हो । बुटवल पुगेपछि बुटवलका बजारको तमाशा हेर्दै आफ्ना भाइछोरा र थरघरहरूलाई “नेपाल र बुटवल कुन असल छ ?“ भनी पृथ्वीनारायणबाट सोधनी भयो । संगै गएका चन्द्रप्रकाश शाह लगायतले “काशी, काश्मीर, नेपाल भन्ने कहावत चलेको हुनाले नेपाल भनेको नेपाल हो । सकल तीर्थ र देवताहरूले पनि आश्रय गरेका हुनाले त्यहाँको जमीन अपूर्व छ । हजुर नै त्यहाँको राजा हुनु उपयुक्त हुनेछ’ भन्ने लगायतका बिन्ति गरे । सबैको कुरा सुनेर पृथ्वीनारायणले जुघाँमा ताउ दिदै “नेपाल नमारी छाड्दिन“ भने । त्यस दिनदेखि चन्द्रप्रकाश शाह अतिनै प्रीतिपात्र बने । पाल्पाली राजा हरसाल फागुनका पन्ध्र बीससम्म बुटवलमा बस्ने र घाम ज्यादा चर्केपछि मात्र पाल्पा जाने गर्ने हुनाले उक्त दिन त्यहीं बसेका रहेछन् । श्री ५ ले खरीद गरेको नयाँ पाल बोक्ने मानिस आई नपुग्दा उसको खोजीलाई विराज बखेती गएका थिए । त्यसै बखतमा श्री ५ लाई आलस्य लागी अवेर दिसा गएका थिए । दिसा गर्दा ठूलो शब्द भएको सुन्दा पाल्पाली साहेबहरू (राजकुमार) ले आफ्ना मधिसे रैतीसंग सोधे । उनीहरूले “साना मुलुकका कंगाली राजा कचपच कुरो खान्छन् । खाएपछि पेटमा दर्द हुन्छ ।” भन्ने निन्दित वचन बोलेको पृथ्वीनारायणले सुनेछन् ।

यस्ता पाजी मधिसेहरूको हेला वचन सहें भने बढा काम कसरी गरौंला भन्ने सोची शौचादी कर्म छिटो गरि अंगद द्वारे र चौतारा द्वारेलाई “जाऊ, ती मधिसेलाई काट” भन्ने हुकुम भयो । उनीहरूले ती मधिसेलाई शमशेर चलाई छटाछुट काटे । यसबाट ठूलो हल्ला उठ्दा पाल्पालीहरू धेरै जम्मा भए । अनि गोरखालीहरूलाई आफ्ना हतियार चलाउन लागे । तरवार लिई “जय काली ! जय गोरखनाथ !” भनी पृथ्वीनारायण शाह आफै अगाडि सरे । त्यस लडाईमा कसैको शिर, कसैको बाहू, कसैको कटि दुई टुक्रा भए । यसमा पाल्पालीका साठी असी जना जति खती भए । बुटवलका दोकानदारहरू पनि डरले भागी लुके । यस्तो मारकाट भएपछी पाल्पाली साहेबहरूले राजा गन्धर्व सेनलाई घटना बिन्ति गरे । गन्धर्व सेनले हतपत कुराकानी गर्न कुशल दश आठजना ब्राह्मणलाई खटाई पठाए । तिनीहरूले पृथ्वीनारायण शाह बसेका ठाउँमा गई “भान्जा महाराज हुनुहुँदो रहेछ । मामाको शरण पीछा लिइबक्सियोस्” भनी बिन्ति गरे । श्री ५ ले बाहुलीको तरवार मियानमा हाली “आमा कि मामा भन्छन् । मामाजीबाट त्यस्तो हुकुम भएको भए मैले माने ।” भन्ने हुकुम भयो । अनि ती ब्राह्मणहरूले पाल्पाली महाराजसंग गई “हामीले क्षमापन गराई आयौं’ भनी बिन्ति गरे । पाल्पाली राजाले पनि आफ्ना छोरा र मेजमानी सरजामसमेत लिई भेट गरे । कुशलवार्ता हुँदा “हजुरलाई गोरखालीको मेहेर छ । पाल्पा मात्रै के चाहियो ? सकल पहाडखण्ड पूर्वपश्चिम जहाँसम्म मनसुवा गर्नुहुन्छ, त्यहाँसम्म हजुरको तरवार अड्कनेछन भनी पाल्पाली राजाले बिन्ति गरे । अनि दायाँतर्फ भानिजलाई र बायाँतर्फ आफ्ना पुत्रलाई राखी आफ्ना पुत्रलाई देखाउदै “यसको जानअनजान बिराम क्षमा होओस्” भनी दुई हजार रुपियाँको मेजमानी चढाए । अनि “आजदेखि पाल्पाले गोरखासित इतराजी नगर्नू गोरखालीले पनि पाल्पालीलाई दये राख्नु । यहाँ पनि हाम्रा दूधका लिग हुनुहुन्छ । यो पनि मेरो पुत्र हो । हजुरको र मेरो पुत्रको धर्म बन्देज होवास्” भनी बिन्ति गरे । “यो कुरा मामाले बेश हुकुम भयो, मैले पनि माने” भन्ने पृथ्वीनारायण शाहले बिन्ति गरे । उल्लेखित घटनाक्रम हेर्दा पृथ्वीनारायण शाह पाल्पाली राजाका भान्जा भएको देखिन्छ । तर इतिहासकारहरूले रानी कौशिल्यावती गन्धर्व सेनकि छोरी भनि उल्लेख भएकोले गन्धर्व सेनले भान्जा नभनी उनका छोरा युवराज उद्योत सेनले भनेको हुनुपर्छ । युवराज उद्योत सेनसंगको यो भेटपछि श्री ५ पृथ्वीनारायण शाहले आफ्ना राजनैतिक गुरु मानेका थिए । नेपाल एकिकरणको बेलामा उनले बारम्बार आफ्ना मामासङ्ग सल्लाह लिने गरेको दिव्योपदेशमा समेत उल्लेख गरेका छन् । त्यसैवेला रघुनाथ भट्टले श्री ५ ले जहाँजहाँ हानमार गर्दै जे जे कीर्ति गरी आएको हो त्यहाँ त्यहाँको सबै कविता बनाई बयान गर्दा श्री ५ ले अतिखुशी भई दोसल्ला र दुई हजारको इनाम दिए । पाल्पाली राजा पाल्पातर्फ गएपछि “बुटवलका मधिसेलाई त्रास मात्र भयो, आस त केही भएन । राजा भएपछि आसत्रास दुवैथोक दुनियाँमा भएन भने त्यस्ता राजाले कुनै कार्य सिद्ध गर्न सक्दैन” भनी पृथ्वीनारायण शाहले पटना मोहर पैसा फकीर र गरीबगुरुवाहरूलाई लुट गराइदिए । त्यस्तो देख्दा बुटवलका रैतीहरूले दान र पराक्रम सबै गुणमा गोरखाली महाराज अद्वितीय रहेछन् भनी बयान गरे ।
तिनाउका ढुंगाको तरकारीः
पृथ्वीनारायण शाह बुटवलमा बसेको बेलाको एउटा रोचक घटना प्राचिन नेपालमा उल्लेख गरिएको छ । पाल्पालीहरूसङ्ग झडप भएकै दिन उनको समुहले पाल्पाली राजाको मेजमानी नखाई विहानको छाक आफैले खाना तयार गरि खाएका थिए । यसै दिन पृथ्वीनारायण शाहले नित्यकर्महरू सकी ज्यूनार हुँदा यज्ञेश्वर जोसी अज्र्यालले तिहुन तरकारी तयार गर्दा एक थोक नदीका ढुंगा पकाई ढुङ्गा फालेर रस कचौरामा राखेको रहेछ । सो समेत टक्र्याउँदा “माछाको झोल जस्तो छ यो त । के गरेको यस्तो ? तिथ्र्यभोज गरेकै छैन ।” भन्ने हुकुम हुँदा “यो माछाको झोल होइन, नदीका ढुङ्गा पकाई फालेको त्यसको झोल हो” भनी बिन्ति गरे । पृथ्वीनारायण शाहबाट खुशी भई “आजको यस्तो परिश्रम, भोक पनि लागेको, तिहुन तरकारी पनि अति मीठो पकाएछौ । आजको रिझ म केही दिनमा गरुला” भन्ने हुकुम भएछ । केहि विद्वानहरूले भान्सेले माछा पकाएर झोल मात्र खान दिएको हुनसक्ने अनुमान गरेपनि तिनाउको स्वच्छ पानीमा ढुंगामा लाग्ने लेउ स्वादिलो भएको र माछाको जस्तो स्वाद भएको हुने बताउँछन् । खोलाको लेउ संकलन गरी तरकारी खाने प्रचलन धेरै देशमा छ । यो घटनापछि पृथ्वीनारायण शाह तनहुँ हुदै गोरखा गए र केहि समयपछि नै नेपाल एकीकरण अभियान शुरु गरे । उनी दोश्रोपटक पाल्पा वा बुटवल आएको कुनै अभिलेख भेटिदैन । तर, विजययात्रामा पाल्पाली मामाको सल्लाह र आशिर्बाद लिएको भने भेटिन्छ । उनीपछि छोरा बहादुर शाहको पाल्पासँग राम्रो सम्बन्ध बन्यो र यो सम्बन्ध नेपाल एकीकरणलाई सतलजसम्म पु¥याउन सहयोगी बन्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?