Butwal Today

नेप्से परिसूचक २५.४१ अंकले घट्यो

२८ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं, २८ पुस ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक आइतबार २५.४१ अंकले घटेको छ।

यसअघि सामान्य अंकले बढिरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको हो।

नेप्सेका अनुसार आजको कारोबारमा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ। यस दौरान ४३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको पनि उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?