© २०२३
काठमाडौं, २८ पुस ।
त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप अन्तर्गत मधेश प्रदेशलाई ८ विकेटले हराउँदै शानदार जीत हासिल गरेको छ।
आर्मीले मधेश प्रदेशले दिएको २८ रनको लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गर्यो।
पहिला ब्याटिङ गर्दै आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएको थियो। मधेश प्रदेशको टोली भने १०२ रनमै समेटिएको थियो र फलोअनमा परेको थियो। दोस्रो इनिङमा मधेश प्रदेशले १५० रन मात्रै जोड्न सके।
आर्मीले २८ रनको सानो लक्ष्य पछ्याउँदै त्रितराज दास र सन्तोष कार्कीलाई गुमाए पनि ओपनर इमरान सेख र बसिर अहमदले २ विकेटका क्षतिमा टिमलाई जीत दिलाए।
यस जितसँगै त्रिभुवन आर्मी क्लब फाइनल नजिक पुगेको छ भने मधेश प्रदेशको टिम प्रतियोगिताबाट बाहिरिएको छ।