ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

जंगलमै सड्दै हजारौ क्यूफिट काठ

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

पाल्पा, २८ पुस ।

जिल्ला भित्रका सामुदायिक वनहरुमा झण्डै १ करोड रुपैयाँको काठ नष्ट हुने अवस्थामा पुगेको छ । सरकारको अस्पष्ट नीतिका कारण साल, खयरदेखि अन्य प्रजातिका काठ दाउरामा परिणत हुन लागेको हो ।

कालीगण्डकी करिडोर विद्युत प्रसारण लाइन विस्तारका क्रममा माथागढी गाउँपालिकाका भावना सामुदायिक वन गोरेडाँडा, माथागढी, टोक्लदी, मलौटा ,चौपारी सामुदायिक वनमा कटान गरिएको झण्डै २४ हजार क्यूफिट साल सहित अन्य प्रजातिका काठ जंगलमै सड्ने अवश्थामा रहेको छ ।

विद्युत विस्तारका क्रममा बुटवल टुडे सहित अन्य सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि कटान भएका रुखका विषयमा अनुसन्धान सुरु भई मुद्धा किनारा समयमै लाग्न नसक्दा काठको गुणस्तर ह्रास आउँदा वनमै थन्किन पुगेको डिभिजन वन कार्यालयका प्राविधिकहरु बताउँछन् ।

यसैगरी तिनाउ गाउँपालिकाको १५ वटा सामुदायिक वनमा ११ हजार ३ सय ९६ क्यूफुट काठ जंगलमै सड्ने अवस्थामा रहेको छ । वन कार्यालयको स्विकृतीविना कटान गरी ओसारपसार गरेको सहित ३६ हजार २ सय ६९ क्यूफिट साल, २ सय ११ क्यूफिट खयर र अन्य ८ हजार २ सय ३१ क्यूफिटको ९७ हजार ९०६ रुपैयाँ बराबरको काठ दिन प्रतिदिन गुणस्तर खस्कँदै गएको प्राविधिकहरु बताउँछन् ।

विद्युत विस्तारका क्रममा कटान भएका काठको कानुनी जटिलता अन्त्य भएपछि पटकपटक बिक्रीका लागि सूचना प्रकाशित गर्दा लिलामको प्रकृया अगाडि बढ्न नसकेको डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई बताउँछन् ।

रुख कटान गर्दाको लागत मूल्य र घाट गद्धी गर्दा सम्मको लागत मूल्य काठमा जोडियो फेरि कटान सकिएको २ वर्षपछि बल्ल लिलामको प्रकृया अगाडि बढ्दा साल बाहेक अन्य काठको गुणस्तर खस्कियो । त्यसले पनि समस्या परेको डिभिजन वन कार्यालयका वरिष्ठ वन विकास अधिकृत वेद प्रसाद भण्डारी बताउँछन् ।

वनमा काठको हैसियत खस्किएको छ । गुणस्तरमा समेत ह्रास आएको छ । सरकारी ऐन नियमावली काठ अनुकुलको छैन । अत्यन्तै कम मूल्यमा बिक्री हुन सक्छ । सरकारी दर रेटमा यो भन्दा गुणस्तरको काठ तराईका सामुदायिक वनमा पाइने भएका कारण यहाँको काठ बिक्री हुन नसकेको स्थानीय व्यवसायी रोशन खाम्चा बताउँछन् ।

कटान सकिना साथ घाट गद्धीको काठ उठाउन पाएको भए त्यो समयमा बजार भाउ पनि राम्रो थियो । ४ वर्ष भयो बजारमा काठको खपत नभएको । अव यहाँ कटान भएका काठहरु मध्ये साल बाहेक अन्य प्रजातिका काठ दाउराको मूल्यमा पनि बिक्री हुन नसकेको उनी बताउँछन् । मुद्धाको प्रकृयाका कारण समस्या भएका कारणले गर्दा अव काठ बिक्री भन्दा जंगलमा नै सड्ने अवस्थामा आएको अन्य व्यवसायीहरु बताउँछन् । वनमा काठ रहेको अवस्थामा अथवा पुन मूल्य निर्धारणका लागि कानुनी जटिलताको कारण वनमा काठ सड्ने अवस्थामा आएको हो । पुनः मूल्यांकनको लागि कानुनी प्रावधान भए पनि कामै लागेन । वन ऐन २०७६ मा आयो, ऐन आएको दुई वर्षमा पुनः मूल्यांकन गर्नु पर्ने कानुनी प्रावधान हो । यसको मुद्धा फैसला हुन २ वर्ष भन्दा बढी समय लाग्यो । कानुन अनुरुप अव पुनः मूल्यांकन हुन कठिन भएका कारण कानुनी जटिलता उत्पन्न भएको वरिष्ठ वन अधिकृत भण्डारी बताउँछन् । वनमा काठ मुछानपछि घाट गद्धी गरिएको काठको हैसियत तथा गुणस्तर खस्कने मात्र नभई काठ हराउने संभावना पनि उत्तिकै भएको मलौटा चौपारी सामुदायिक वनका एक पदाधिकारीले बताए ।

यहाँका सामुदायिक वन रुपन्देहीसंग सिमाना जोडिएका छन् । सुख्खा मौसममा रुपन्देहीका वनबाट डढेलो सल्कँदै यता आउने हो । यो क्षेत्र डढेलोको उच्च जोखिममा रहेको क्षेत्र हो । वनमा डढेलोबाट जोगाउन कठिन भएका कारण जलेरै खरानी हुने पनि उत्तिकै संभावना रहेको सामुदायिक वनका स्थानीय सदस्यहरु बताउँछन् ।

वन मन्त्रालयका एक अधिकृतका अनुसार जिल्लाको रिपोर्टिङ अनुसार मन्त्रालयबाट यसको कानुनी जटिलताको गाँठो फुकाउन सकिने छ । उनको भनाई अनुरुप काठको पुनः मूल्याङ्कन गर्न सकिने छ ।

डेढ दशक अगाडि स्थानीय खोलाबाट उत्पादित विद्युत बिस्तारका क्रममा यहाँको वनबाट आफुखुसी रुख कटान गर्दा वनमा रहेको ठूलो परिमाणको साल सहित अन्य प्रजातिको काठ समयमै लिलाम प्रकृया अगाडि बढ्न नसक्दा केही हरायो भने बाँकी सडेर मल भएको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?