ट्रेंडिंग:

>> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

गुल्मीमा शताब्दी पुरुष पन्थीको १०४ वर्षको उमेरमा निधन

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

गुल्मी, २८ पुस ।

गुल्मीमा शताब्दी पुरुष पर्शुराम पन्थीको १०४ वर्षको उमेरमा निधन भएको छ । रेसुङ्गा नरपालिका –९ स्थीत उपल्लो तम्घास निवासी कान्छा पण्डीतको नामले परिचित उहाँको शुक्रबार राती निधन भएको हो ।

लामो सयमदेखि रेसुङ्गाको संस्कृति, संरक्षण र आध्यात्मीकताको क्षेत्रमा काम गर्दै आएका पन्थीको शुक्रबार राती अचानक निधन भएको हो । भारताको बनारसबाट मध्यमासम्म अध्ययन गरेका पन्थीले एक हजार भन्दा बढी ठाउमा सप्ताह र पुराण बाचन गरेका थिए । पन्थीले मोहन शम्सेर र जुद्ध शम्सेरको घरमा समेत पुगेर सप्ताह समृत गरेकोे जानकारहरू बताउँछन ।

पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोईराला र गणेशमा सिंह भ्रमणको शिलसिलामा गुल्मी आउँदा तम्घास स्थीत पन्थीकै घरमा बसेका थिए । रेसुङ्गामा तपस्या गरि बसेका स्वामी यदुकानन्दको देहवसानपछि पन्थीकै नेतृत्वमा लामो समयसम्म रेसुङ्गामा दैनीक पुजाआजा हुने गर्दथ्यो ।

रेसुङ्गाको नाममा गुठी धेरै भएको र उक्त गुठी अर्घाखाँचीमा रहेको हुँदा स्थानीयले आफ्नो नाममा भोगचलन गर्न थालेपछि उनले गुठीको संरक्षणका लागि मुद्दा लडेर उक्त गुठी फिर्ता गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । मध्यम परिवार, सरल खानपिन, सादगी जीवन शैली र ध्यान साधनामा लाग्नु भएका पन्थी अन्तिम समयसम्म पनि स्वस्थ थिए । शुक्रबार राती खना खाएर परिवारसँग कुरा गर्दागर्दैैको अबस्थामा उनको निधन भएको नाती शुदर्सन खनालले जानकारी दिएका छन ।

नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं गुल्मी क्षेत्र नं १ का सांसद डा.चन्द्र भण्डारीले उनकोे निधनले आफुलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन । सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले पन्थीले नेपाली समाज, संस्कृति र धार्मिक क्षेत्रलाई दिएको योगदान र ज्ञानको सदैब स्मरणीय रहने भन्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बुवा हरिलाल पन्थीका पाँच भाइ छोरा र चार छोरीहरू मध्य उनी कान्छा छोरा हुन । उनकोे पार्थिव शरिरमा प्रदेश सभा सदस्य डिल्लीराज भुसाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायत जिल्ला स्थीत विभिन्न राजनीतिक दल एवं संघ सस्थाका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । शताब्दी पुरुष पन्थीको हिन्दु बैदिक परम्परा अनुसार सनिबार रिडी स्थीत कालीगण्डकीमा अन्त्यष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?