ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
पृथ्वी कप २०८१ खुला टेनिस बल क्रिकेट प्रतियोगिता

लुम्बिनी नवयुवालाई पृथ्वी कपको उपाधि

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

बुटवल, १९ पुस । क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ रुपन्देहीमा सम्पन्न पृथ्वी कप २०८१ खुला टेनिस बल क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी नवयुवाले चुमेको छ । शनिबार भएको फाईनल खेलमा ग्राण्ड कस्मोलाई ५ बिकेटले पराजित गर्दै लुम्बिनी नवयुवाले उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। उपविजेता कास्मो भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा गोलपार्क क्रिकेट क्लबका बिक्रम गौतम प्लेयर अफ दी सिरिज, ग्राण्ड कास्मोका रमजाद अलि उत्कृष्ट ब्याट्सम्यान, गोलपार्क क्रिकेट क्लबका बिक्रम गौतम घोषित हुँदै पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा पृथ्वी नारायण शाह स्पोट्र्स प्रतिष्ठानको आयोजनामा बुटवल १६ स्थित नरेनापुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर ग्राण्ड कास्मोले निर्धारण २० ओभरमा ७५ रन बनाएको थियो । कोस्मोका ईन्द्रजित यादवले ३६ तथा प्रदिप जैसवालले १९ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन । कम स्कोरमा रोक्न लुम्बिनीका अहमद हुसैनले ३ तथा प्रदिप जैसवालले २ विकेट लिए । झिनो लक्ष्यलाई पछ्याएको लुम्बिनी नवयुवाले ५ विकेटको नोक्सानीमा केवल १४.२ ओभरमा जित निकाल्यो । लुम्बिनीका एजाज अहमदले २९ तथा प्रदिप जैसवालले १६ रनको नटआउट पारी खेले । कोस्मोका अमित पाठकले २ बिकेट लिए । खेलमा लुम्बिनीका अहमद हुसैन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, सदस्य सरोज सिह, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, प्रतिष्ठानका अध्यक्ष निरजप्रताप खाडले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले क्रिकेटको क्रेज बढेको तर पुर्वाधारको अभाव रहेको स्विकार्दै क्रिकेटको खेलकै विशिष्टिकृत मैदान निर्माण गर्ने गरि बुटवल १६ स्थित नरेनापुर मैदानलाई बजेट बिनियोजन गरिएको बताए । यो वर्ष डिपिआर गर्न ५० लाख रुपैया बजेट बिनियोजन भएको छ । उनले भने। स्थानिय पालिका खेल गतिविधिसंगै पुर्वाधारमा विशेष चासो दिएको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निरजप्रताप खाडले क्रिकेटमा पुर्वाधार अभाव रहेको बताए। स्थानिय पालिकाबाट कार्यविधि तयार गर्न नसक्दा धेरै समस्या भएको उनले दुखेसो गरे। मैदान तयारीकै क्रममा ५० हजार रुपैया बढि खर्च भएको उनले बताए । पुस १९ देखि शुुरु भएको प्रतियोगितामा १३ टिमहरुले भाग लिएको खेल संयोजक राजु रानाले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?