ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

थपिदै खुसीका थोपा…

सानो प्राविधिक तथा आर्थिक सहयोग पाएका महिलाहरू आम्दानी हुने काम शुरु गरेका छन् । यसले उनीहरूको परिवारमा आम्दानीसँगै खुसी पनि भित्रिएको छ ।
२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

कपिलवस्तु, २७ पुस ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम मैनिहवाकी उर्मिला रैदासलाई अहिले घर चलाउन कसैको मुख ताक्नु पर्दैन । २ महिना अघि व्यवसाय प्रबद्र्धनका लागि उनलाई आत्मनिर्भर समुहको सिफारिसमा गरिएको १५ हजार सहयोगले उनले अहिले सानो घुम्ती पसल सञ्चालन गरेकी छन ।
श्रीमान भगेलुको २०७७ सालमा मृत्यु भए पछि ५ सन्तानको पालन पोषणको जिम्मा उनले लिनु पर्यो । उनको नाममा भएको १४ धुर जग्गामा जनता आवास कार्यक्रमले दुई कोठे घर बनाईदिएको भए पनि खेती गरेर खाने अन्य जग्गा जमिनउनका नाममा छैन । श्रीमान हुदै उनले सानो टङ्कीमा घुम्ती पसल चलाउदै आएको भए पनि भगेलुको मृत्यु पछि पसल निरन्तर चलेन । पछिल्लो समय उनी गाउँमा बनेको सगरमाथा आत्मनिर्भर समुहमा आबद्ध भएकी छन । उनी अहिले समुहमा सचिव पदमा छिन । उनले चलाएको घुम्ती पसलमा उनी नियमित जसो खुद्रा सामाग्री सगै चिया, समोसा र पकौडा बनाउने गरेकी छन । जसबाट दैनिक १ हजार बराबरको कारोबार भएर ३ सय हाराहारीमा बचत हुने गरेको छन । जसबाट उनको अविवाहित रहेका २ छोरी र १ छोरा सहितको परिवारको पालनपोषण हुने गरेको छ । उनले घुम्तिी पसलको लगानी बृद्धि पनि गरेकी छन भने केही बचत पनि संकलन गरेकी छन ।
सोहि गाउँकी सुवासनी रैदासको श्रीमान जोगेन्दर रैदासको ५ बर्ष अघि मृत्यु भएको थियो । त्यस पछि आफु र छोराको पालन पोषणको जिम्मा सुवासनीले लिनु पर्ने बाध्यता आई लाग्यो । उनको पनि आफ्नो नाममा भएको ९ घुर जग्गामा १ कोठा सानो घर मात्रै छ । परिवार चलाउनकै लागी उनले गाउँ गाउँमा कास्मेटिकका सामाग्री बेच्न थालिन । टाउकोमा ढकियामा राखेर कास्मेटिक सामाग्री बेच्न जाँदा उनलाई समस्या हुने गरेको थियो । उनी पनि सगरमाथा आत्मनिर्भर समुहमा सदस्यको रूपमा जोडिईन । अहिले समुहको सिफारिसमा उनलाई कास्मेटिक सामाग्री बेच्न सहज होस भनेर १ थान ठेला गाडी तथा १५ हजार रूपैया सहयोग गरिएको छ । उनले अहिले दैनिक १२÷१५ सयको कस्मेटिक सामान बेचेर दैनिक ३ सय बढि बचत गर्ने गर्दछिन । उनले कास्मेटिक बेचेर गरेको बचत रकम जोहो गरेर राखेकी छन । बचत रकमले छोराको पढाई लाई निरन्तरता दिलाउने उनको योजना छ ।
उर्मिला र सुवासनी जस्तै सोहि गाउँकी बिजय आत्म निर्भर समुहकी सदस्य मिथलेश कहाँर पनि आत्मनिर्भरताको बाटोमा अग्रसर बनेकी छन । आर्थिक अवस्था कमजोर रहेकी उनलाई समुहको सिफारिसमा १५ हजार आर्थिक सहयोग मिलेको छ । जसबाट उनले घुम्ति पसल चलाएकी छन । उनले पसलमा १२ देखी १५ सय सम्मको बिक्रीले ३ सय रूपैयासम्म आम्दानी हुने गरेको बताईन । उनले दुई महिनामा परिवार चलाएर २ हजार रूपैया बचत पनि गरेकी छन । लगानी गरेको रकममा आम्दानी जोडेर उनले १५ हजारको लगानीलाई २५ हजार बढिको बनाएकी छन । पश्चिम मैनिहवाका तिनै जना महिला उद्धमी अहिले सानो लगानी सहयोगले पनि धेरै उत्साहित बनेका छन । उनीहरूलाई दलित सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित “हाम्रो शक्ति” परियोजनाबाट आर्थिक तथा प्राविधिक सहयोग भएको हो ।
“हामीहरूलाई सानो सहयोग भए पनि आयआर्जनको लागी श्रोत मिलेको छ । हिजो परिवार चलाउन रिन धन गर्नु पथ्र्यो, अहिले आफै आत्मनिर्भर हुन थालेका छौं ।” उद्धमी उर्मीला रैदासले भनिन । “हिजो आफ्नो हातमा १०÷२० रूपैया हुदैन्थ्यो । अहिले हातमा सय पचास घट्दैन । हामी धेरै खुसी छौं ।” उनले थपिन । आफुले सहयोगको रकमको पुजीलाई थप गर्दै व्यवसाय बढाउने योजनामा रहेको उर्मीलाले योजना सुनाईन । आफुहरूले पाएको सहयोगले दैनिकी सहज हुनुका साथै आयआर्जनको बाटो खुलेको सुवासनीको बुझाई छ । वास्तबिक गरिब र बिपन्नलाई गरेको लगानी खेर नजाने गरि आफुहरूले मेहनत गर्दै आएको उद्धमी मिथिलेश कहाँरले बताईन । गरिब र बिपन्न परिवारका सदस्य छनौट गरि गरिएको लगानी उपयोगी देखिएको शिवशक्ति युवा क्लवका अध्यक्ष बिश्वम्भर रैदासले बताए । लाभग्राहीलाई बचत गर्न र व्यवसाय प्रबद्र्धन गर्न उत्प्रेरणा मिल्ने आत्मनिर्भर समुहले गरिब परिवारलाई सहयोग सगै समुह मार्फत बाल बिवाह, लैङ्गिक विभेद, बालिका शिक्षा र सरसफाई बारे सचेतना प्रवाहमा भुमिका खेल्दै आएको अध्यक्ष रैदासले दावी गरे ।
उक्त कार्यक्रम जिल्लाका कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिकाका केही वडाहरूमा संचालनमा छ । सामाजिक श्रोत नक्शा निर्माण, बिवरण संकलन, सम्पन्नता स्तरीकरण गरि ग बर्गका गरिब र घ बर्गका अति गरिब परिवार मध्यका एकल महिला, आर्थिक अवस्था कमजोर र बिपन्नलाई सहयोग गर्ने गरिएको छ ।
दुवै पालिकामा ३५ वटा महिला समुह, १५÷१५ वटा किशोर किशोरी र युवा समुह तथा पालिकास्तरीय संजालमा आबद्ध १ हजार ५ सय ३५ समुह सदस्य सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?