ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

योजना तथा कार्यक्रमको बजेट रकमान्तर गर्दै अधिवेशन सम्पन्न

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

पाल्पा, २७ पुस ।
पाल्पाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगर सभा सकिएको हो । हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरूको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । नगर सभा सदस्यहरूले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताए ।
जनप्रतिनिधि र कर्मचारीहरू जनतालाई सहज रूपमा सहज रूपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको बताए । नगरपालिकाले संघ र प्रदेश संग समन्वय गर्दै लागि रहेको बताए । उनले हल्लाको पछि नभै सेवामा प्रतिवद्ध भएर लाग्न अनुरोध गरे ।
नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिए । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले अब जनप्रतिनिधिहरूले गम्भीर रूपमा सोच्ने समय आएको बताए । नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु आवश्यक रहेको बताए । सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताए । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने जोड दिए ।
रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताए । नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्नु आवश्यक रहेको बताए । शुन्य समयमा रामपुर ८ का वडा सदस्य दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा जोड दिए ।
रामपुर–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताए । सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराएका थिए ।
यस्तै नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट हुनु भएका विप्लप गुरुङ, पूर्व कर्माचारीलाई सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको खेलाडी मध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो ।नगरपालिकाले करारमा कार्यरत रही यस वर्ष उमेर हदका कारण विदा दिनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको थियो । नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १ सय ६० रुपियाँ ९८ पैसा सहित सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?