ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं अधिवेशन माघ २४ मा

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

बुटवल, २७ पुस ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ । शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आगामी माघ २२ गते बुटवलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तय गरेको अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार वितरण गरिनेछ । जसका लागि चौतारीका पूर्व केन्द्रीय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा चौतारीका पूर्व केन्द्रीय सचिव भरत के.सी.र पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवाली रहेका छन् ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्रताका साथ अगाडि बढाउन आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरी, नेकपा (एमाले) प्रचार विभागका पूर्व सचिव नरेश के.सी., प्रेस चौतारी रुपन्देही जिल्ला उपाध्यक्ष भगवती पाण्डे, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, सहसचिव रविन्द्र गुप्ता, जिल्ला सचिवालय सदस्य डि.बी सुस्लिङ, अस्मिना पाण्डे लगायतले भनाइ राखेका थिए ।

जिल्ला अधिवेशनको अवसरमा प्रकाशन गरिने स्मारिकाका लागि चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरीको संयोजकत्वमा गठित स्मारिका प्रकाशन उपसमितिले तयारी गरिरहेको अध्यक्ष पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?