ट्रेंडिंग:

>> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर)

किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

सल्यान, २७ पुस ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) खोप अभियान अन्तर्गत सल्यानका करिव १३ हजार किशोरीहरूलाइ खोप लगाइने भएको छ । यसले पाठेघरको क्यान्सरको प्रमुख कारण मानिने एचपीभी भाइरसको संक्रमणलाई रोक्न महत्वपुर्ण भुमिका खेल्ने बताइएको छ ।
देशब्यापी अभियान अन्तर्गत सल्यानमा २ सय ३७ खोप केन्द्रमार्फत १२ हजार ९ सय ३८ किशोरीहरूलाई खोप दिनका लागि तयारी गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमख डा. अर्जुन बुढामगरका अनुसार विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप केन्द्र निर्माण गरी खोप लगाइनेछ भने विद्यालय बाहिर रहेका किशोरीहरूलाई अभियानको अन्तिम दिन खोप दिने योजना छ । खोप कार्यक्रम आगामी माघ २२ गतेदेखि सञ्चालन हुनेछ ।
बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइनेछ । किशोरीहरूलाइ खोप दिनुको मुख्य कारण उनीहरूको शरीरले खोपप्रति राम्रो प्रतिक्रिया दिने तथ्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
यस उमेरमा खोप लगाउँदा भाइरसविरुद्ध बलियो प्रतिरक्षा प्रणाली विकास हुन्छ । सरकारको यो अभियान मार्फत किशोरीहरूलाई खोप लगाउने मात्रै नभई ३० देखि ४९ वर्षका महिलाहरूलाई पनि पाठेघरको क्यान्सर परीक्षणमा ल्याउने लक्ष्य राखेको छ । यो कदमले महिलाहरूको स्वास्थ्य सुरक्षामा थप पहल हुने अपेक्षा गरिएको छ । डाक्टर बुढामगरका अनुसार जिल्लाका खोप केन्द्रमा २ सय ५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग खोप अभियान सञ्चालन गर्न समन्वयात्मक कार्यक्रम गरिने उनले जनाए ।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने दोस्रो सबैभन्दा धेरै क्यान्सर हो । ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमणका कारण यो क्यान्सर हुने तथ्य अनुसन्धानले देखाएको छ । एचपीभी भाइरस सामान्यतया यौन सम्पर्कबाट सर्ने रोग हो र यसको संक्रमण धेरैजसो किशोरावस्थामा सुरु हुन्छ । समयमै खोप लगाएर यो संक्रमण रोक्न सकिने भएकाले किशोरीहरूलाई लक्षित गरेर सरकारले अभियान सुरु गरेको हो ।
९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरु गरेको स्वास्थ्य सेवा कार्यलय सल्यानका खोप अधिकृत तारा रिजालले जनाए ।
महिलाहरूमा पाठेघरको क्यान्सर रोकथामको यो प्रयासले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र ग्रामीण समुदायमा सचेतना फैलाउन सघाउ पु¥याउने बिश्वास गरिएको छ । स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर संचालन हुने यस अभियानले स्थानीय समुदायमा सचेतता फैलाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?