ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

उत्प्रेरक बन्ने सुन्दर सपना

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

धेरैका आमाबाबाले सन्तानलाई शिक्षादीक्षा दिन्छन् । तर, आफ्नै आमालाई पढाएकी थिईन् छोरीले भन्ने कुरो अनौठो लाग्न सक्छ । प्रसङ्ग, प्रौढ शिक्षाको हो । यो कुरो २०५२ सालतिरको हुनुपर्छ । प्रौढ शिक्षामार्फत पढ्न र लेख्न सिकेपछि घरमा खुबै मिहिनेत गरिन् आमाले । यतिबेला मोबाईलमा गीत, भजन सुन्छिन् । सुनेको कुरालाई कापीमा उतार्छिन् । सुन्दर अक्षर कोर्छिन् । मन पनि अक्षरजस्तै सुन्दर लाग्छ उनको । उमेरले तीनबीस कटिन् । तर पढाईमा, लेखाईमा निरन्तर तल्लीन छिन् । जाँगर र हिम्मतले उनलाई अघि बढाई रह्यो । घर उनको काभ्रेको पाँचखाल नगरपालिका, वडा नं.११ मा पर्छ । उनी पित्तथैलीको अप्रेसन गर्ने क्रममा बुटवलमा छोरीघर आईपुगेकी थिईन् । उनलाई प्रौढ शिक्षा पढाउने उनकी छोरी सबिना लामा यतिबेला क्रिमसन हस्पिटलको अप्रेसन थिएटरमा नर्स छिन् । छोरी र आमा ढुक्क हुन यतै अप्रेसन गरेका थिए ।
सबिनाले आफ्नी आमा, नानीमाया तामाङलाई पहिला अक्षर र अहिले अप्रेसनमा सहयोग गर्न पाउँदा छोरीको जिम्मेवारी पूरा गर्न पाएकोमा गौरव गरिन् ।
नानीमाया तामाङ, लेख्न र पढ्नमात्र होईन भाषण गर्न समेत उस्तै माहिर छिन् । मनमा लागेका कुरा सबैका अघि परिपुराएर गर्छिन् । निडर भएर बोल्छिन् । लाज, धक मान्दिनन् । ओैपचारिक शिक्षा हासिल नगरेकोमा उनलाई कुनै आत्मग्लानी छैन । बरु गौरव गर्छिन् प्रौढ शिक्षामार्फत लेख्न, पढ्न सिकेकोमा । प्रौढ शिक्षाले आफूलाई तेस्रो आँखा दिएको,बोल्ने हौसला र आँट प्राप्त भएको अनुभव सुनाईन् । २०५४ सालमा उनी महिला जनप्रतिनिधिका लागि उम्मेदवार थिईन् ।
प्रत्येक शनिवार उनी सत्सङ्ग जान्छिन् । आफ्ना देवीदेउता सम्झेर भजन गाउँछिन् । आफूले जानेका र बुझेका कुरा सबै सहभागीहरूकाबीच प्रस्तुत गर्छिन् । धार्मिक एवम् आध्यात्मिक प्रवचन दिन्छिन् । ‘जसले जे धर्म मानेपनि सबैका भगवान एक हुन’ उनी बताउँछिन् । उमेर ढल्किदै जाँदा उनमा आध्यात्मिक चिन्तन गर्ने बानी बढेको छ ।
सत्सङ्गमा हिड्न थालेपछि उनका भगवानले उनको हातगोडा सिस्नुले पोलेजस्तै गर्ने समस्या निको भएको र उनका श्रीमानको ढाड दुख्ने पिरलो कम भएको समेत सुनाईन् । त्यो उनको विश्वास हो । विश्वास र आस्थाले नै आफूलाई धैर्यवान बनाएको उनले बताईन् ।
निरन्तर भगवानको सेवा गर्नाले आफूलाई स्वस्थ रहन पनि सहयोग मिलेको उल्लेख गर्ने उनले आफूले जानेका,बुझेका कुराहरू सुनाउनका लागि जिरी, दमक, खुर्काेट र मन्थलीलगायतका स्थानहरूमा पुगेको सुनाईन् । त्यस्तो शिक्षा बाँड्न पाउँदा आत्मसन्तुष्टि मिलेको रहेछ उनलाई । आफ्ना छोरा, छोरीलाई समेत सत्यकर्म र सत्यवचनमा लाग्न प्रेरणा दिदै आएकी नानीमायालाई भविष्यमा असल उत्प्रेरक र गुरुआमा बन्ने रहर जागेको छ ।
करिव छ, सात वर्ष उनी प्रेमवादमा समेत सहभागी भईन् । केही कुरा सिकिन् । यतिबेला सत्यवचन र कर्ममा विश्वास गर्छिन् र सोही अभियानमा निरन्तर गतिशील छिन् । उनका लागि विश्व एक घर हो । सबै मानिस,आफ्ना परिवार हुन् । सबैको हितले नै विश्वको उन्नति र प्रगति हुने उनको ठहर छ ।
नानीमायालाई जीवन, सुन्दर फूलजस्तै लाग्छ । उनलाई जीवन र जगत प्रिय लाग्छ । अप्रिय वचन र व्यवहारले समाज र विश्वको अहित हुने उनको तर्क छ । त्यसैले सत्य बोल,स्वच्छ व्यवहार प्रदर्शन गर । त्यसैले नै जीवन सार्थक सावित हुनेछ । यो नै उनको जीवनदर्शन हो । यतिबेला नानीमाया छोराबुहारी, नातिनातिना र श्रीमानसँग सुखका साथ आदर्श जीवन गुजार्दै आएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?