ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार
दाङ, २५ पुस ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत भएको पहिलो दिनको खेलमा दाङ र नवलपरासीले विजयी शुरुवात गरेका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा बिहीबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरु भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा दाङले पाल्पालाई ८७ रनले र नवलपरासीले बर्दियालाई ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन् ।
लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगिताको उदघाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दाङले निर्धारित ओभरमा २ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।
दाङकी सरस्वती जिएमले कप्तानी पारी खेल्दै अविजित ६९ रन बनाइन ।  १ सय ४१ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको पाल्पा १२ दशमलव ५ ओभरमा अलआउट हुँदै ५३ रनमा समेटियो । पाल्पालाई सस्तैमा समेट्न दाङकी अनिता चौधरीले दुई दशमलव ५ बलमा १ मेडनसहित ५ रन दिएर ३ विकेट लिइन् ।
प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए ।
यसैगरी, दोस्रो खेलमा नवलपरासीले टर जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । नवलपरासीका लागि कप्तान सरस्वती पुनले अविजित ३० रनको योगदान दिँदा सुम्निमा नेपालीले २१ रन, साक्षी भण्डारीले १२ रनको योगदान दिए । बलिङतर्फ बर्दियाकी दीपा कुँवर, रितिसा मानन्धर, विमला मगरले १–१ विकेट लिए ।
१ सय २५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बर्दियाको टीमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९३ रन मात्रै बनायो ।
बर्दियालाई सस्तैमा रोक्न सुम्निमा नेपालीले ४ ओभरमा २४ रन दिएर महत्वपूर्ण २ विकेट लिइन्  । यसैगरी, सशी पाण्डेले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिँदा वन्दना बिकले २ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन्  । २१ रनसहित २ विकेट लिन सफल नवलपरासीकी सम्निमा नेपाली प्लेयर अफ द म्याच भइन ।
प्रतियोगिता अन्तरगत अब शुक्रबार बिहान बाँके र पाल्पा बीच खेल हुँदा दिउँसो नवलपरासी र रुपन्देही बीच खेल हुने आयोजकले जनाएको छ । यसैगरी, पुस २७ गते दाङ र बाँके बीच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दिया बीच खेल हुने सचिव रोका मगरले जानकारी दिए ।
उनका अनुसार, पुस २८ गते समुह ‘ए’ को विजेता र समुह ‘बी’ को उपविजेता बीच बिहान पहिलो सेमिफाईनलको खेल हुनेछ भने दिउँसो समुह ‘बी’ को विजेता र समुह ‘ए’ को उपविजेता बीच दोस्रो सेमिफाईनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाईनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिए ।
महिला क्रिकेट छनोट प्रतियोगितामा समुह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समुह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् ।
क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजनामा शुरु भएको  छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गरेको छ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारी स्वरुप लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता शुरु भएको हो । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?