ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाहुनालाई छैन परालको गुन्द्री

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

पाल्पा, २६ पुस । तानसेन नगरपालिकाको अर्गलीको वेद कला न्यौपानेले सात दशकको उमेर पार गरिन् । हिउँदको याममा घरको आँगनमा किला गाढेर खरको डोरीको तान बनाएर परालको गुन्द्री बुनेको उनको मानसपटलमा अझसम्म ताजै छ ।

अग्ला अग्ला धानका बोट (पराल) छुट्टै दाइँ गर्ने समयमा अलग्गै राखेर त्यसैबाट वर्ष दिनको लागि साना ठूला गरी १०÷१५ बटा गुन्द्री बुन्नु पर्दथ्यो । तर आजभोलि समय र बिकासका कारणले परालका गुन्द्रीका ठाउँमा विभिन्न काठ तथा प्लाष्टिकका सामानहरूको चलन चल्तीका कारण परालका गुन्द्रीहरू हराउँदै जाँदा सिप समेत हराएर गएको उनी बताउँछिन् । मंसिरमा धान पराल घर ल्याएपछि पुस लागेपछि सबैका घर घर पहारिलो घाममा बसेर गुन्द्री बुन्ने प्रचलन थियो । जुठो परेको घर बाहेक सबैका घर घर गुन्द्री बुनेर भ्याएपछि महिलाहरू माइत जाने प्रचलन थियो तर आजभोलि यी गुन्द्रीहरू एकादेशको कथा जस्तै भएको छ ।

घरका कोही नयाँ पाहुना आए घरको पेटी वा दलानमा नयाँ गुन्द्री ओछ्याएर पाहुनालाई स्वागत गर्ने प्रचलन थियो । खाना खाने भान्सामा समेत गुन्द्री ओछ्छाउने, सुत्ने कोठामा पनि गुन्द्री नै हुन्थ्यो मानिसको अन्तिम अवस्थामा नयाँ र चोखा गुन्द्रीहरूको प्रयोग हुन्थ्यो । यस्तो झन्झटिलो र मिहीन काम गर्न देख्दा सजिलो देखिए पनि निकै कठिन हुन्छ । आजभोलि समय र प्रविधिको बिकासले कुर्ची, पलड्ड जस्ता नयाँ नयाँ बस्तुको सिर्जना भएको छ । पराल बाट निर्मीत वातावरणिय हिसाबले पनि उपयोगी स्वास्थ्यका लागि पनि बहुगुणी यसको प्रयोग हुन्थ्यो । पूजापाठको लागि कुश बाट निर्मीत साना गुन्द्रीहरू पनि बनाउने प्रचलन आजसम्म कतैकतै चलिरहेको छ । गोरुले पराल दाउने ठाउँमा थे्रसर आयो । बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका आकर्षक गुन्द्रीहरू पाइन थाल्यो । भान्सा कोठा र सुत्ने कोठामा काठ बाट निर्मीत सामग्रीहरूले सजिन थाले । हराउँदै गयो हाम्रो परम्परागत कला अनि सिप अनि मौलिकता । हाम्रो सभ्यता र संस्कृति र सिपलाई आधुनिकताले अतिग्रहण गरेको वगनासकाली गाउँपालिका बराड्डदीका निवर्तमान जनप्रतिनिधि गणेश बस्याल बताउँछन् ।

रम्भा गाउँपालिका पिपलडाँडाकी खेम कुमारी शारु पनि उमेरको हिसाबले ५ दशक पुरा गरेकी महिला हुन् । उनीले यसपटक जसो तसो गरेर खरको डोरी होइन बजारमा पाइने सुतरी कोडोरीले ५ वटा परालका गुन्द्रीहरू बुनेको बताउँछिन् । पहिले पहिले उनीसँगै गुन्दी बुन्ने उनका टोल छिमेकमा होडबाजी नै चल्थ्यो तर पछिल्ला वर्षहरूमा उनी मात्र भएको बताइन् । नया पुस्ताले परालको गुन्द्री देख्नै छाडे । बजारमा पाइने आकर्षक प्लाष्टिकका गुन्द्रीहरू प्रयोग गर्न थालेको उनी बताउँछिन् ।

पुराना पुस्तादेखि बिचको पुस्ता सम्म आइपुगेका सबै महिलाहरूमा यो सिप अनिवार्य जस्तै सिक्नुु पर्दथ्यो । जब नयाँ पुस्ता आए उनीहरूमा यो सिप हराएर गएको हुगींको पुराना पुस्ताकी पार्वती भट्टराई बताउँछिन् । पुराना पुस्ताका महिलाहरूको लागि यो सिप घरमै सिक्ने गरे पनि आजभोलि व्यवहारिक ज्ञान भन्दै विद्यालयमा पनि सिकाउँदा नयाँ जस्तै भएको छ । विद्यालयमा यस्ता व्यवहारिक शिक्षा अनिवार्य नै हुनुपर्ने हो । यस्ता सिपको अनुभव भएका नयाँ पुस्ता नै नभएको पुर्वखोला गाउँपालिकाको पुर्वखोलाकी अम्बिका दर्लामी बताउँछिन् ।
हाम्रो धर्म, संस्कृति र परपरागत सिप र कला माथि पश्चिमेली संभ्यताले नराम्रो संग गाज्न थाल्यो । तब हाम्रो परपरागत, संस्कृती महŒव बोकेका यस्ता सिप र कलाहरू एक पछि अर्को गरी हराएर गएको स्थानिय इश्वरी खनाल बताउँछन् । पहिले पहिले घरयासी प्रयोजनका लागि मात्र नभएर बिक्रीका लागि पनि गुन्द्री बुन्ने प्रचलन थियो । २ ,४ वटा ठुला गुन्द्री बिक्री गर्दा राम्रै कमाई हुन्थ्यो । त्यसै बाट नुन चिनी किनेको निस्दी गाउँपालिकाको मुठाबासकी सिता सोती बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?