ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

मनमा केही गरौं भन्ने हुटहुटी बोकेका साथीहरू जागौ केही गरौं । बाघखोर बिकास र समृद्धिले भरिपूर्ण भएको गाउँ बन्छ, बन्नेछ आउनुहोस् संकल्प गरांै । गाउँलाई सुन्दर र नमूना गाउँ बनाउन पहल गरौ । स्वास्थ्य, शिक्षा, बेरोजगारी, गरिबी, संचार, सडक, यातायात कुनै किसिमको अभाव नहोस् । जनतालाई खुशी राख्ने समृद्ध बाघखोर आत्मनिर्भर बाघखोरबासीको सपना साकार बनाउने जिम्मेवारी हाम्रै हो । वैदेशिक रोजगारी र केरा खेती लगायत यहाँको कृषि पेसाले निर्वाहमुखी जीवनयापन बिताइरहेका बाघखोरबासीको लागि अब केही गरांै । जनतालाई राम्रोसँग खान पुग्ने बाताबरण बनाउनुपर्नेछ । गाउँ निर्वाहमुखी नभएरै पूरै आत्मनिर्भर र व्यावसायी बन्नुपर्छ । शिक्षा, स्वास्थ्य, सशक्तीकरण, आर्यआर्जन, रोजगारी, स्वरोजगार लगायतका बिषयहरूमा विशेष ध्यान दिदै अब हामी फराकिलो गरि सोचौं र महत्वपूर्ण ठूला योजना निर्माण अभियानमा जुटौ । सबैलाई साथ लिएर समृद्धिको अभियानमा जुट्नुपर्ने आजको आवश्यकता हो । अहिलेसम्म केही नभएको भने होइन । केही न केही पक्कै भएका छन् । सडक, खानेपानी, बिजुली लगायत केही आधारभूत पूर्वाधारका कामहरू, जेष्ठ नागरिक, असक्तहरूको घर घरमा स्वास्थ्य परिक्षण जस्ता सामाजिक क्रियाकलापहरू भएका छन् । यसलाई सकारात्मक नै मानौँ । टोलस्तरका ती तमाम आधारभूत विकास योजनाहरूको क्रमशः सम्बोधन गर्नुपर्नेछ ।

बाहिर गएका युवाहरूलाई गाउँमा नै केही न केही पेसा अगाल्नुपर्छ भनी फर्कने बाताबरण बनाउनुपर्नेछ । व्यावसायिक कृषि फर्म तथा कुखुरा पालन, बाख्रा पालन, यहाँको केरा खेती, मत्स्यपालन, होमस्टे, जडिबुटी उत्पादन लगायत धेरै सम्भावना हरूको राम्रोसँग अध्ययन गरौं । हाम्रो गाउँमा सबै क्षेत्रबाट आएका धेरै जातजातिका मानिसहरू बस्ने हुनाले सबैका आ–आफ्ना आस्था अनुसारका धर्म, संस्कृति, परम्परा लाई सम्मान एवं संरक्षण गर्नुपर्ने छ । सामाजिक संघसंस्था, क्लबहरूका प्लेट फर्महरूलाई सकृय बनाउनु पर्नेछ ताकि सामाजिक अभियान उपलब्धिमूलक होस् । युवाहरूलाई ब्यस्त र स्वस्थ्य राख्न विभिन्न खालका खेलकुदका कार्यक्रमहरू संचालन गर्नुपर्ने हुन्छ । खेलकुद गतिविधिले राम्रा खेलाडीहरू उत्पादन गर्न सकिन्छ । तिनै खेलाडीमार्फत गाउँको नाम राष्ट्र र अन्तरास्ट्रिय स्तरसम्म चिनाउन सकिन्छ । गाउँका युवाहरू खेलकुदमा रमाउनको लागि खेल मैदान आवश्यक थियोे । यसको पहल युवा क्लबले गरिरहेको देख्दा खुसी लागेको छ । त्यसमा हामी सबैले साथ दिनुपर्ने छ । गैरीटोलको दुर्गा मन्दिर र शिवालय मन्दिरमा एउटा व्यवस्थित पार्क बनाउन सकिन्छ । त्यहाँ बच्चाबच्ची खेल्ने रमाउने, घुम्ने बाल उद्यान बनाउन सकिन्छ । यसको लागि पहल गरौँ । गाउँमा रहेको निम्न माध्यमिक बिद्यालयलाई कमसेकम माध्यमिक तहसम्म अध्ययन गर्ने बाताबरण बनाउनुपर्छ । बिद्यालयमा अहिलेको प्रबिधिको प्रयोग गराउने तथा तालिम प्राप्त बिषयगत शिक्षकहरूको ब्यवस्था गर्नेसँगै पुस्तक र पत्रपत्रिका पढ्न सकिने व्यवस्थित पुस्तकालय बनाउने । बिद्यालयको जमिनमा उक्त बिद्यालयकै पूर्व विद्यार्थीहरूको लागि सामूहिक उद्यम संचालन गर्ने बाताबरण पनि बनाउन सकिन्छ । युवा बिद्यार्थीलाई उद्यमसँग जोड्न विभिन्न सीप बिकास तालिम दिन सकिन्छ ।

स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको राम्रो प्रबन्ध हुनुपर्छ । गाउँको स्वास्थ चौकी अल्ली अपाई भयो भन्ने जनगुनासो छ । यसलाई स्वार्थकर्मीहरूले टोलटोलमा घुम्ती शिबिर चलाई सेवा दिनुपर्छ । गाउँमा एउटा एम्बुलेन्सको आवश्यक छ । यसको पहल गरिहालौं । घर घरमा खानेपानीको धारा जोडिएको छ । यो राम्रो कुरा हो तर यहाँको पानीमा केही खराबी पो छ कि भन्ने गुनासो पनि सुनिन्छ । त्यसैले बाघखोरको खानेपानीलाई ल्याब टेस्ट गरि शुद्ध खानेपानी उपलब्ध गराउनुपर्ने छ । सामूहिक कृषि फर्म संचालन गर्ने, वडामा भेटनरी खोल्ने, पशु चिकित्सक राख्ने विभिन्न खालका मल बीउ अनुदान तथा औजार मेसिन ट्याक्टर लगायत सामाग्री उपलब्ध गराउनुपर्ने छ । किसानबाट उत्पादित जुनसुकै बस्तुको खरिद स्थानीय सरकारले गर्ने बाताबरण बनाउन सके किसानलाई कहाँ बेच्ने भन्ने तनाव हुदैन । सिंचाइको लागि पनि केही प्रयत्नहरू भएको देखिन्छ । यसलाई सफल बनाउनुपर्छ । बाघखोरको केरा खेतीलाई ब्यबस्थित बनाउदै बजारीकरण लगायतका क्षेत्रमा सहजीकरण गर्नुपर्ने छ । जनतालाई राम्रोसँग खान पुगोस्, गाउँ निर्वाहमुखी मात्र नभै पूरै व्यावसायी बनुपर्नेछ । हो हामी फराकिलो गरि सोचौ । निर्वाहमुखी होइन गाउँ करोडौमा खेल्नुपर्ने छ अब । म सम्झन चाहन्छु साबिक नारायणी गाबिस हुँदा म लक्षित बर्गको प्रतिनिधित्व गर्दै हरेक वर्ष योजना तर्जुमा समितिमा प्रतिनिधित्व गर्ने गर्थेँ । त्यतिबेला बिकास बजेट जम्मा सोह्र देखि अठार लाखसम्म आउँथ्यो । वडाहरूमा जाने बजेट भनेको त्यही आठ नौ लाख हुन्थ्यो । मुस्किलले बाघखोर साबिक ९ नं. वडा ले एक डेढ लाख बजेट पाउने गरेको सम्झना छ । त्यतिबेला मैले एउटा योजना तर्जुमा बैठकमा समृद्ध बाघखोरको लागि केन्द्र सरकारलाई पठाउन तीनवटा योजनाको प्रस्ताव राखेको थिएँ । ती प्रस्ताव हुन ।
१) सेतापानीदेखि दाउनबारीसम्म उल्टिखोला कोरिडोर निर्माण गर्ने जसबाट नदी कटानको समस्या अन्त्य हुनेछ र त्यहाँ जनताहरूले होमिस्टे निर्माण गरि आत्मनिर्भर बनाउने ।
२) दाउन्ने खोलामा मस्यपालन, सामुदायिक वनदेखि दाउनबारीसम्म दाउन्ने खोलामा मस्यपालन गर्ने । जसबाट धेरै किसानलाई ब्यवसायी र आत्मनिर्भर बनाउन सकिन्छ ।
३) तेस्रो योजना थियो– सामुदायिक वनमा जडिबुटी उत्पादन गर्ने । जसबाट ठूलो आम्दानी गर्न सकिन्छ र पुरै बाघखोर आत्मनिर्भर बन्छ । देश बिदेशका पर्यटकलाई गाउँमा भित्राउन पनि सकिन्छ । त्यसपछि त बाघखोरबासी निर्वाहमुखी नभै ब्यवसायी बन्नेछन । गाउँ समृद्ध बन्ने छ र एउटा सुन्दर नमुना गाउँ बन्ने थियोे । यो गाउँको बिकास देखेर देशका सबै गाउँहरूलाई बिकास गर्ने प्रेरणा मिल्नेछ । हाम्रो गाउँको बिकास मोडल अरूले सिक्नेछ्न । हो यो सम्भव छ । हाम्रै पालामा हामीमा जबसम्म फराकिलो सोचको बिकास हुन सक्दैन तबसम्म बिकास नारामा मात्र सिमित रहनेछ । आउनुहोस् संकल्प गरौँ– गाउँ बिकासको सपना साकार हुनेछ । हाम्रा सामाजिक संघ संस्थाहरू, सामाजिक ब्यक्तिहरूलाई प्रयोग गर्दै समृद्ध बाघखोर निर्माण गर्न सकिन्छ भन्ने बुझौ ।
अन्त्यमा :
जनभावनाहरूलाई सम्मान गर्दै हाम्रा सामाजिक प्लेटफर्महरूलाई चलायमान गराउदै समृद्ध गाउँ आत्मनिर्भर गाउँबासीको सपना साकार बनाउनतिर अघि बढ्नुको विकल्प छैन ।
मध्यबिन्दु ५ बाघखोर नवलपुर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?