ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट

२०६५ सालबाट किवी लगाउन शुरु गरेका त्यहाँका कृषकहरूको बारी यतिवेला किवीका लहराहरूले ढपक्कै ढाकेको छ । भार्सेका कृषकहरूले किवी बिक्री गरेर वार्षिक ८० लाख भन्दा बढी आम्दानी गर्न थालेका छन् ।
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

गुल्मी, २५ पुस । किवी खेतीबाट पैसा हातमा परेपछि गुल्मी भार्सेका कृषकहरू यतिबेला व्यवसायिक रूपमा लागेका छन् । अन्य खेतीको तुलनामा किवी खेतीबाट कृषकहरूको आकर्षण किवीमा बढेको हो । जिल्लाको सत्यवति गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकहरूले किवी बिक्री गरेर वार्षिक ८० लाख भन्दा बढी आम्दानी गर्न थालेका छन । २०६५ सालबाट किवी लगाउन शुरु गरेका त्यहाँका कृषकहरूको बारी यतिवलेला किवीका लहराहरूले ढपक्कै ढाकेको छ । भार्षेका कृषकहरू यतिबेला किवीको व्यववसायिक उत्पादन शुरु गरेपछि उनीहरूको आर्थिक स्तरमा समेत बृद्धि हुँदै जान थालेको छ ।

जिल्लामा सबैभन्दा धेरै किवी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किवीको व्यवसायिक रूपमा उत्पादन हुँदै आएको छ । ४० हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरूले ८० टन भन्दा बढी किवी उत्पादन गरेको स्थानीय कृषक एवं वडा सदश्य यम बहादुर थापाले जानकारी दिए । भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । बजारमा उपलब्ध किवीको तुलनामा भार्षेमा उत्पादित किवीको औषत मूल्य दुई सय रूपैंया रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी खेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेसँगै किवी उत्पादनमा स्थानीयहरूको आकर्षण बर्षेनी बढ्दै गएको हो । किवी खेतीको व्यवसायिक उत्पादनका लागि कृषकहरूलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, विरुवा, पोल निर्माण र सिँचाई लगायतका क्षेत्रमा सहयोग गदैं आएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए । यसवर्ष पनि गाउँपालिकाबाट नर्सरी सपना, बगैंचा व्यवस्थापनसँगै किवीको जाम र वाईन बनाउने तालिम समेत प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिएका छन । भार्षेमा रहेको रानीबन होम स्टेसँगै जोडिएको किवी खेतीले यस क्षेत्रको पर्यटन प्रर्बद्धनलाई समेत सहयोग पुराउने भुसालले बताए ।

भार्षेका कृषक यम बहादुर थापाले व्यवसायिक रूपमा किवी खेती गर्दै आएका छन । उनले लगाएका एक सय ५० वोटहरू मध्ये एक सय ३० बोटहरूले फल दिन थालेको बताए । यसपटक थापाले २५ क्वीन्टल किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छ । गत वर्षको तुलनामा यस पटक उत्पादन बढेसँगै किवीको मूल्य घटेको उनको भनाइ छ । उहाँको बारीमा रेडकिबी, हेवार्ड, एलिसन, ब्रुनो गरि चार जातका किवीहरू रहेका छन । अन्य खेतीको तुलनामा किवी खेतीवाट राम्रो आम्दानी हुने थापाकोे अनुभव छ । यी मध्य एलिसन जातको किवी मिठो र स्वादिलो हुने थापाले बताए । यहाँका कृषकहरूले न्यूनतम पचास हजारदेखि वार्षिक पाँच लाख भन्दा बढी आम्दानी गर्दैै आईरहेका छन ।
सिजनमा भार्षेका कृषकहरूका अधिकाँस बारीहरू किवीले ढपक्कै ढाकिएका हुन्छन । किवीको बिरुवा रोपेको तीन बर्षबाटै फल दिन शुरु गर्दछ । यसले एउटै बोटवाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । । लगाएको तीन वर्षमा किवीले आम्दानी दिन थालेपछि कृषकहरू पनि दंग छन । शुरुशुरुमा किवी लगायर के होला र भन्ने स्थानीयहरू समेत यतिबेला किवीबाट राम्रो हुन थालेपछि उनीहरूकोे दैनीक जीवनमा समेत परिवर्तन आएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताईन ।

अहिले भार्षेका महिलाहरूलाई घरखर्च चलाउनका लागि निकै सहज भएको छ । पछिल्लो समयमा बाँदर, बँदेल र चराचुरुङ्गीहरूबाट अन्य खाद्य वाली जोगाउन समस्या परेको अबस्थामा किवी खेती त्यहाँका कृषकहरू लागि यतिबेला बरदान सावित जस्तै भएको छ ।
अन्य खेतीको तुलनामा किवी बढी झुसिलो हुने भएका कारण पनि अन्य बन्यजन्तुहरू पनि टाढै बस्ने गरेको बताईएको छ । जसका कारण कृषकहरूलाई खेती जोगाउन पनि खासै समस्या छैन । जिल्लामा १२ सय मिटरदेखि २ हजार मीटर उचाईसम्म किवी खेती गरिदै आएको छ ।
गुल्मीमा सत्यवती गाउँपालीका लगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट लगायतका पालिकाहरूमा किवीको व्यवसायीक खेती गर्न थालिएको छ ।

किवी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किवीमा भिटामिन सी धेरै हुने भएका कारण यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर समेत पाईने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादको रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समुहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?