ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

बर्दघाट, २५ पुस ।
सबैको चासो रहेको बुटवल–नारायणघाट सडक विस्तार परियोजनाको ढिलाइको सास्ती जनताले भोगिरहेका छन । नेपालकै ब्यस्त र महत्वपूर्ण सडकको रूपमा रहेको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्ग) अन्तर्गत बुटवलदेखि नारायणघाट (१ सय १४ किलोमिटर) सडक स्तरोन्नतीको लागि ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले तोकिएको समयमा सडक निर्माण सम्पन्न नगर्दा राजमार्ग छेउछाउका जनता धूलो र खाल्टाखुल्टी सडकका कारण सास्ती भोग्न बाध्य भएका हुन ।
धूलो र खाल्टाखुल्टीको सास्ती ब्यहोर्दै आएका जनता र सवारी साधनले पुस २२ गते बेलुकीदेखिको भारी सितलहरको समेत सामना गर्न सकेन फलस्वरूप बुधबार रातिदेखि नै दाउन्ने सडक खण्डमा घण्टौँसम्म जाम प¥यो, दिउँसोबाट मात्र आँशिक रूपमा एकतर्फि सवारी आवागमन सुचारु हुन सक्यो ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने दाउन्ने सडक खण्डको खुर्सानीखोला क्षेत्रमा सितलहरका कारण बाटो हिलाम्य भएपछि सवारी चिप्लीएर अघि बढन सकेनन् । पहाड काट्दा र सडक चौडा गर्दाको चिम्टाइलो माटोले अत्याधिक सितका कारण सवारी नै अवागमन हुन नसक्ने गरि सडक चिप्लो बनाए पछि राजमार्ग अवरुद्ध बनेको थियो ।
मध्य हिँउदको सितलहर थेग्न नसकेको सडकले हिउँदे वर्षा र वर्षायामको बेला सडक कसरी संचालन हुन्छ भन्ने संसय समेत पैदा गरेको छ ।
तत्कालिन एवम् हालका समेत प्रधानमन्त्री रहेका केपि ओलीले २०७५ चैत्र ८ गते शिलन्यास गरेर कार्यप्रारम्भ भएको सडक स्तरोन्नतीको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो तर करिब ६ वर्ष वितिसक्दा समेत सडक स्तरोन्नती ५५ प्रतिशत पुग्न सकेको छैन ।
बुटवल दाउन्ने र दाउन्ने नारायणघाट गरी सडक २ खण्डमा विभाजन गरि दुबै क्षेत्रको स्तरोन्नतीको काम चाइना स्टेट इन्जिनियरिङले पाएको हो । बर्दघाट दाउन्ने खण्डको ४८ दशमलव ५३ किलोमिटर मा कतै एकतर्फि त कतै दुबैतर्फ गरि जम्मा ३२ किलोमिटर (एकतर्फि र दुइतर्फि दुबै जोड्दा) मात्र सडक कालोपत्रे भएको छ । यस सडक खण्डमा पर्ने मुख्य बजारहरू सितलनगर, सुनवल, भूमही, भुताहामा आँशिक रूपमा एकतर्फि कालोपत्रे गरिए पनि जनघनत्व धेरै भएका बजारहरू खैरेनी, घोडाहा, बर्दघाट क्षेत्रमा एकतर्फि समेत कालोपत्रे नहुँदा जनताले सास्ती खेपेका छन ।
दाउन्ने पश्चिम खण्डमा कुल २ सय ६३ कल्भर्टमध्ये २ सय १० वटा निर्माण सम्पन्न भएका छन भने ५३ वटा अझै बन्न बाँकी रहेका छन । साना पुलहरू ३८ मध्ये १९ अर्थात आधा मात्र बनेका छन । ठूला पुलहरू भने करिव सबै बनिसकेका छन । ९ मध्ये ७ वटा निर्माण सम्पन्न भइसकेका छन ।
‘मुख्य बजार क्षेत्र सुरु भएपछि नै खाल्टे सडक सुरु हुन्छ, सडककै कारण न बस्न सकिन्छ न त ब्यवशाय नै हुन सकेको छ, धुलोको कारण स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गइरहेको छ ।’ बर्दघाटका स्थानियबासी एवम् बर्दघाट उद्योग वाणिज्य सँघका पूर्व उपाध्यक्ष लेखनाथ पौडेलले आक्रोस पोखे । ‘कम्तीमा एकतर्फि भएपनि सडक कालो पत्रे गरे धुलो त उडने थिएन ।’
पौडेल त एक प्रतिनिधि पात्र मात्र हुन, उनीजस्ता कैयनले यो सडक हुँदै यात्रा गर्दा होस वा सडक छेउ बसोबास गर्ने जनताले सडककै कारण धेरै कुरामा सास्ती ब्यहोर्दै आएको गुनासो गर्ने गर्दछन ।
बर्दघाटकै युवा एवम् विद्यायलका प्रिन्सिपल अनिल अधिकारीले साँकेतिक विरोध स्वरूप सार्वजनिक आव्हान गर्दै सडकका खाल्डा पुर्ने अभियान चलाएका छन, र गैती बेल्चा लिएर सरकारले नबनाएको सडक आफै बनाऔँ भन्दै सडकमा श्रम समेत गरेका छन ।
ठेकेदार कम्पनीले कहिले कोभिड त कहिले सडक छेउका सँरचना नहट्दा निर्माणकार्य ढिला भन्दै आएको छ, तर पछिल्लो समय सबै कुराको समस्या समाधान हुँदा समेत भौतिक प्रगती निकै सुस्त गतिमा रहेको छ ।
हालसम्म ५३ प्रतिशत मात्र कार्य प्रगती भएको दाउन्ने पश्चिम खण्डका सूचना अधिकारी बेचन भट्टराइले जानकारी दिए । उनका अनुसार अहिले करिव ४ सय कामदार सडक निर्माणमा खटिएका छन । भट्टराइका अनुसार यहि गतिमा काम भइरहे आगामी २ वर्षमा सडक पूर्ण रूपमा निर्माण हुने छ । अहिले पश्चिम खण्डको विभिन्न क्षेत्रमा ग्रावेल, माटो भर्ने काम, बेश बनाउने, प्राइम र पूल कल्भर्ट निर्माणको काम द्रुत गतिमा भइरहेको छ । यहि गतिमा काम अघि बढे असारसम्ममा एकतर्फि कालोपत्रे हुने समेत उनले बताए ।
विशेष गरी जंगल क्षेत्रमा तीव्र रूपमा काम भएपनि मुख्य बजार क्षेत्रमा सुस्त गतिमा काम गर्दा दुर्घटना जोखिम समेत बढेको छ । बर्दघाट बजार क्षेत्रको करिव २ किलोमिटर दुरीमा ४ वटा कल्भर्ट निर्माणको क्रममा छन, निर्माण सामाग्री र खनिएको खाल्डोको माटोको कारण दुर्घटना जोखिम समेत बढेको छ ।
बुटवल नारायणघाट सडक खण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण मानिने दाउन्ने सडकखण्डको करिव १६ किलोमिटर सडक सर्वाधिक जोखिम रहेको छ । उक्त सडकखण्डमा यातायात सहजताको काम नहुँदा सवारीसाधन निकै जोखिमका साथ सँचालन भइरहेका छन । मात्र १६ किलोमिटर सडक छिचोल्न कम्तिमा १ घण्टा लाग्ने गरेको छ भने दुर्घटना जोखिम पनि धेरै नै रहेको छ । अझै पनि दाउन्ने पहाड खण्डको विभिन्न ठाँउमा गरी करिव २ किलोमिटर पहाड काट्न अझै बाँकी रहेको छ ।
निर्माण कम्पनीले धुलो न्यूनीकरणका लागि समय समयमा सडकमा पानी हाल्ने गरेपनि खाल्डाखुल्डी पुर्न भने उदासिनता देखाएको छ । साना सवारी चालकहरू दाउन्ने खण्ड छिचोलेपछि ठूलै युद्ध जितेको अनुभूति गर्ने गरेका छन ।
पूर्व पश्चिम सडक हुँदै यात्रा गर्ने यात्रु हुन वा मालवाहक सवारी, सबैको आशा समयमै सडक निर्माण सम्पन्न हुने छ र सबै क्षेत्र लाभान्वित हुनेछन तर आशा निराशामा बदलिँदै गएको छ । सडक विस्तारको काम ४२ महिनामा सम्पन्न गर्ने प्रतिवद्धता गरेको कम्पनीले एक सय महिना (८ वर्ष बढिमा) पनि सम्पन्न गर्ने सम्भावनामा शँका उव्जिएको छ, यसले यस सडकमार्गका प्रयोगकर्ता, स्थानियबासी र आन्तरिक एवम् बाह्य पर्यटकलाई समेत कहिल्यै यो सडकको प्रयोग गर्न नपरे हुनेथियो भन्ने छाप पार्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?