Butwal Today

पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला

२५ पुष २०८१, बिहीबार
अ+
अ-

विराटनगर ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती पुल नजिक, पूर्वपश्चिम राजमार्गमा चारवटा सिलिन्डर बम फेला परेको छ। यी बम द्वन्द्वकालका रहेको अनुमान गरिएको छ। बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बमको सूचना प्राप्त भएपछि, नेपाली सेना र प्रहरीको टोलीले खोजी थालेको थियो। राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा बमको खोजी सुरु गरिएको थियो। खोजीका क्रममा चारवटा सिलिन्डर बम गाडिएको अवस्थामा फेला परे र त्यसमा तार पनि जडित थियो।

प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, बम द्वन्द्वकालका हुन् र डिस्पोज गर्ने तयारी गरिनु भएको छ। बमको खोजीका क्रममा, राजमार्गलाई बन्द गरिएको थियो।