ट्रेंडिंग:

>> अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य >> न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने >> महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला >> लिङ्देन र थापाबिच पार्टी एकता वार्ता >> सेयर बजार ३ दिनको ओरालोपछि सम्हालियो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाले माग्यो २४ घण्टे स्पष्टीकरण >> सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद >> मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए शपथ >> प्रधानमन्त्री कार्कीले सोधिन्: त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया कहाँ पुगेको छ ? >> मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (पूर्ण सूचीसहित) >> घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी >> सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव >> उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हुँदैछ : अर्थमन्त्री >> स्थानीय तहका १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा >> सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो >> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो

शितलहरबाट जोगाउ नागरिक

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

हरेक बर्ष जस्तै यो बर्षपनि तराईमा शितलहरको कहर सुरु भैसकेको छ । तराईमा शितलहर, पहाड र हिमालमा हिमपातले जनजीवन नराम्रोसंग प्रभावित भएको छ । शितलहरका कारण खासगरि बृद्धबृद्धा र बालबालिका बढी प्रभावित हुने भएकोले उनीहरूको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने आवश्यकता छ । त्यसो त यो बर्ष चिसोकै कारण अहिलेसम्म कसैको मृत्यु भएको सुन्नु परेको छैन तर अवस्था यस्तै रहेमा र चिसोबाट बच्नेतर्फ पूर्व होसियारी भएन भने दुःखद खबर सुन्नुपर्ने बाध्यता आउन सक्छ । तसर्थ अहिलेदेखि नै चिसोबाट बच्ने उपायको बिषयमा नजरअन्दाज गरिनुहुँदैन । खासगरी पुस १५ देखि तराईमा शितलहर सुरु भएको छ भने हिमालमा हिमपात त्यसपछिमात्रै सुरु भएकोले हिमाल, पहाड, तराई सवैतिर चिसो बढेको छ । चिसो बढेसंगै शितलहरले तराईमा तापक्रम धेरै तल झर्दा जनता प्रभावित भएका छन । हिमालका जनता हिमपातका कारण प्रभावित भएका छन । यतिबेला चिसो मौसमका कारण तराई क्षेत्रका स्थानीय जनता सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । यो अवस्था बढ्दोक्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै चिसो मौसमको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ । मंगलबारदेखि एक्कासी अझै धेरै शितलहरको अवस्थाले जनजीवन नराम्रोसंग प्रभावित भएको छ । शितलहरकै कारण बुटवलमा जारी मदन भण्डारी भलिबलको मंगलबारको दोश्रो सेमीफाईनल खेल अवरुद्ध हुन पुगेको छ । त्यसैले अन्दाज गर्न सकिन्छ– शितलहरको कहर कतिसम्म छ भन्ने कुरा । चिसोले खासगरि गरिब र न्यून आय भएकाहरू बढी प्रभावित भएका छन् । यद्यपि विभिन्न सामाजिक संघ संस्थाहरूले चिसोबाट नागरिकलाई बचाउन न्यानो कपडा समेत वितरण गरेका छन । यद्यपि यो प्रत्येक बर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ । सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसो पीडितहरूलाई सघाउनुपर्छ । सम्वन्धित पालिकाहरूले पनि चिसोबाट प्रत्यक्ष राहत पाउने उपायको खोजी गर्नु जरुरी छ । त्यसमा टोल टोलमा काठ दाउरा बितरण गरेर भएपनि नागरिकले राहतको अनुभूति गर्ने अवस्था हुन सक्छ ।

हरेक वर्ष चिसो बढ्नु र त्यसबाट नागरिक प्रभावित हुनु नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ । यो बेला निशुल्क दाउरा वितरणमा सरकारको ध्यान जाओस् । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले समेत छिटो आक्रमण गर्छ । नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाह र ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । चिसोका कारण ज्येष्ठ नागरिक र बालिबालिकामा निमोनिया, दम, ब्रोङकाईटिस जस्ता रोगजन्य समस्या देखापर्ने भएकोले पूर्व होसियारीमा ढिलाई नगरौं । सानो असावधानीले ठूलो समस्या निम्तिन सक्छ । शितलहरको कहर अझै केही दिन कायमै रहने अवस्था देखिएकोले चिसोबाट प्रभावितलाई सुरक्षित राख्ने कुरामा ढिलाई नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?