ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

बुटवल, २५ पुस । नेपालको राष्ट्रिय खेल हो, भलिबल । २०७४ जेठ ८ गते मन्त्रिपरिषद् बैठकले नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको हो । राष्ट्रिय खेल घोषणा भएको ७ वर्ष पुग्दासमेत भलिबल काठमाण्डौ केन्द्रि त नै भएको छ । नेपालमा इन्डोर खेल खेलाउन काठमाण्डौमा त्रिपुरेश्वर कवर्ड हलबाहेक अन्य कुनै बिकल्प छैन । भलिबल खेल ईन्डार खेल मानिन्छ । सुविधासम्पन्न पूर्वाधारमा खेल खेलिन्छ । पूर्वाधारको अभाव रूपन्देहीमा जारी भलिबल प्रतियोगितामा भयो ।

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मौसम प्रतिकुलता कै कारण स्थगित हुनुले भलिबलको अवस्थालाई झल्काउछ । मंगलबार त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बिच दोस्रो सेमीफाईनल खेल शुरु भएको १० मिनेटमा नै स्थगित गरियो । सितलहर र चिसो बढ्दा खेल अघि बढाउन कठिनाई भयो । ईन्डोर खेलमा प्रयोग हुने प्लाष्टिङ कोटिङ म्याट चिसोले भिजेर खेलाडी लड्न थालेपछि खेल रोकियो । प्राविधिक टिम र आयोजकबाट अर्को दिन खेलाउने गरि खेल स्थगित भएको जानकारी गराईयो । यसरी खेल सारिदा आयोजकलाई ब्ययभार बढ्ने गर्दछ ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका पूर्व सदस्यसचिव जयप्रकाश भट्टराईले खेलमा संघियता नआएको गुनासो गर्छन । सबैजसो खेल संस्था काठमाण्डौ केन्द्रित हुँदा खेल पछि परेको उनले दुखेसो गरे । ‘एउटा प्रदेश एउटा भलिबल कवर्ड हल जरुरी छ ।’– उनले भने । प्रदेश सरकारबाट पौडी पोखरी र कर्वड हल निमार्णको लागि बजेट छुटाएको भएपनि काम रोकिएको उनले बताए । नेपालगंजमा बहुउद्देश्यीय हल निर्माण भएको भएपनि त्यो भलिबल खेलको लागि उपयुक्त नदेखिएको उनले बताए । आफनो कार्यकालमा रामपुरमा राष्ट्रिय महिला भलिबल खेल आयोजना गरेको स्मरण गर्दै उनले संरचनागत विकासमा सरकारको कमजोरी देखिएको दुखेसो गरे ।

नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदका पूर्व सदस्यसचिव भिम ओली भने राष्ट्रिय खेलको रूपमा घोषणा भएको आठ वर्ष पुग्दा समेत ठोस विकासका योजनाहरू बन्न नसकेको दुखेसो गरे । ‘हामीले राखेप, खेलकुद मन्त्रालय लगायत सरोकारवालाहरू निकायहरूमा लिखित र मौखिक रूपमा जानकारी गराएका छौं,’–उनले भने । जग्गा उपलब्ध र पूर्वाधार विकासमा कुनै पनि सरकारको ध्यान जान नसकेको उनले बताए । सधैभरि २०४२ सालमा बनेको एउटा कवर्ड हलकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगिता चलेको उनले बताए । आउँदो बर्ष सरकारको प्याकेजमा भलिबल खेलको पूर्वाधार निमार्णको योजिना पर्नेमा आशाबादी रहेको उनले बताए । लुम्बिनी प्रदेशमा उजिरसिह रंगशालाको योजना अलपत्र हुनु दुर्भाग्य भएको उनले बताए । ‘पूर्वाधारको लेखाजोखा गर्ने हो भने भलिबललाई राष्ट्रिय खेल घोषणा हुनु र नहुनुले खासै फरक पारेको छैन ।’– उनले भने ।

अहिले नेपालमा काठमाण्डौस्थित त्रिपुरेश्वर कवर्ड हलबाहेक भलिबल खेलाउने अन्य कुनै बिकल्प छैन । जहाँ बास्केटबल, बक्सिङ लगायतका खेलकै कारण समय पाउन मुश्किल पर्छ । भलिबल खेल ईन्डोर खेल भएको हुँदा त्यस प्रकारको पूर्वाधार आवश्यक पर्ने भलिबल खेलका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन । ईन्डोर खेलका धेरै हलहरू देशभर निर्माण गरिएको भएपनि त्यो भलिबल खेलको लागि उपयुक्त नरहेको उनले बताए । ‘न्यूनतम साढे १२ मिटर उचाई भएको ईन्डोर भवन चाहिन्छ,’–उनले भने । यसैगरि २० मिटर चौडाई र २८ मिटर लम्बाईको क्षेत्रफलमा खेलमैदान तैयार हुन्छ । यसबाहेकको प्याराफिट र डिजाईङ, पार्किङ समेत थप्न सकिने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?