Butwal Today

रवि लामिछानेसहित ७ आरोपीलाइ अदालत लगियो

२५ पुष २०८१, बिहीबार
अ+
अ-

पोखरा, २५ पुस।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जना आरोपीलाइ अदालत लगिएको हो।

उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो।

रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाइँ र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन्। आज सरकारी वकिलले जवाफी बहस गरेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?