Butwal Today

मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

२५ पुष २०८१, बिहीबार
अ+
अ-

लमही ,२५ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको बताए।मुस्लिम आयोगद्वारा बिहीबार दाङको लमहीमा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तिकरण तथा क्षमता विकास कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायका बालबालिका र किशोरीहरूका लागि सरकारको प्रयास उल्लेखनीय रहेको बताए मुस्लिम समुदायका बालबालिकाहरू अझै शिक्षाबाट बञ्चित रहेको उल्लेख गर्दै, किशोरीहरूलाई उच्च शिक्षाका लागि प्रदान गरिने पूर्ण छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउन समुदायका अगुवाहरूको सक्रियता आवश्यक रहेको बताए। भने समावेशी मुस्लिम समुदायको ७५ प्रतिनिधित्व निजामती सेवामा सुनिश्चित गरिएको जानकारी दिए।मदरसा शिक्षालाई समयानुकूल बनाउँदै सुधार गर्न प्रदेश सरकारले सहयोग गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायमा बालविवाह, मातृ मृत्युदर, बाल मृत्युदर, र कुपोषण जस्ता समस्या समाधान गर्न सामाजिक मूल्य–मान्यतामा परिवर्तन आवश्यक रहेको बताउदै पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेर लागू गरिएको जानकारी दिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन तहका सरकारले मुस्लिम समुदायको सहभागिता र सशक्तिकरणका लागि विशेष कार्यक्रम प्याकेज निर्माण गरी लागू गर्नुपर्नेमा जोड दिए।शिक्षा, स्वास्थ्य, र रोजगारीको सुनिश्चितता गर्दै, राज्यले प्रदान गर्ने सबै अवसरमा मुस्लिम समुदायको पहुँच स्थापित गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?